अमेरिकाको न्युजर्सीमा अध्ययनरत नेपाली बिद्यार्थी बेपत्ता खोजी गर्न नेपाली समुदायमा अनुरोध

जिएनएन ,

नेपाल घर सिरहा भएका र हाल अमेरिकाको न्युजर्सीमा अध्ययनरत एक नेपाली बिद्यार्थी बेपत्ता भएकोले नेपाली समुदायलाई उनलाई खोजीमा सहयोग गर्न अपिल गरिएको छ ।

अजय शाह नाम गरेका उक्त बिधार्थी गत जनवरी १८ देखि हराइरहेको उनका दाई शिव शाहले जानकारी गराएका छन् । शाह विगत साढे २ बर्षदेखि ड्रु विश्वबिद्यालयमा अध्ययनरत रहेको बुझिएको छ ।

उनका दाजु पनि अमेरिकाकै टेक्ससमा बसोबास गर्दै आएकाले उनि भाईको खोजीको लागि टेक्ससबाट न्युयोर्क आई न्युजर्सी तर्फ लागेका छन् भनि अमित कुमार शाहले सामाजिक संजाल मार्फत जानकारी दिएका छन् । बेपत्ता भएका शाहलाई अन्तिम पटक न्युजर्सीको नेवार्क-पेन स्टेसनमा राती ११:३७ मिनेट, जनवरी १९,२०२१ को दिन सम्म देखिएको थियो ।

उनका दाजु शिव शाहका अनुसार बिगत ६ दिन देखि प्रहरीहरुले सुस्त रुपमा चाख लिएको र उनि हराएको बारेमा न्युजर्सीको म्याडिसन र पेन स्टेसनमा जडान भएका चित्रग्राहिणी(क्यामरा)पनि राम्रो संग नहेरेकोमा दुख व्यक्त गरेका छन् । करिव १०:५३ देखि ११:५२ सम्म उनि त्यतै भएकोले त्यहा देखि उनि हराई रहेको दाजुले जानकारी दिएका छन् । र, म्याडिसन प्रहरीलाई र न्युयोर्क प्रहरीलाई समेत कुरा गर्न नेपाली समुदायलाई आग्रह गरेका छन् । विगत ६ दिनदेखि सामाजिक सञ्जाल र दूर संचार (फोन)मा समेत कुनै क्रियाकलाप नभएको उनका दाजुले जनाएका छन् । जनवरी १९ मा न्युयोर्कमा आउनका लागि टिकट किनेको जस्तो देखिएको छ ।

जनवरी ११ मा विहान ११ बजेतिर टिकट किनेको देखिएपनि त्यसपछि बैंक कुनै कारोवार नदेखिएको जनाइएको छ ।तर उनी टिकट लिएर न्युयोर्क आए नआएकोबारे केही खुलेको छैन । दाई शिव शाहका अनुसार हराई रहेका उनका भाई शाह ५ फिट ७ इन्च उचाई रहेको छ भने उनको कालो आँखा र कालो कपाल रहेको छ । उनि त्यस दिन देखि कसैसंग कुरा नगरेको उनका दाजुले बताएका छन् ।

उनका मातापिता नेपालमा भएकोले कैयौ पटक उनलाई खोजेको खोजै गरि रहनु भएको दाजुले लेखेका छन् । दाजु शिव शाहले सबैलाई खोज गरि दिनु हुन् बिशेष बिशेष अनुरोध र आग्रह गरेका छन् ।

Please follow and like us: