नेदर्ल्याण्डको सरकार बिघटन

शशी पौड्याल,
नेदर्ल्याण्डको सरकार बिघटन रोजगार गर्ने परिवारका बालबालिकालाई केयर गर्न को लागि सरकारले दिने आर्थिक सहुलियतमा सन २०१० साल देखि नै अनियमितता भएको हुँदा २६००० भन्दा बढि डच परिवार पीडित हुन पुगेको प्रमुख दोषी नेदर्ल्याण्ड सरकार भनि अनुसन्धानको रिपोर्टले निश्कर्ष निकाले पश्च्यात प्रतिनिधिसभामा सरकारलाई बहुमतको समर्थन नहुने भएकाले मन्त्री परिषदले एकमुष्ट राजिनामा गरि आज १५ जनवरी २०२१ मा नेदर्ल्याण्डको सरकार बिघटन भएको छ ।
नेदर्ल्याण्डको कर बिभागबाट भएको गडबडी दोस्रो विश्व युद्ध पछाडिकै सबैभन्दा ठुलो प्रशासनिक त्रुटी भन्दै जिम्वेवार मन्त्री Eric Wiebes ले राजिनामा गरेका थिए । हिजो बिपक्षी पार्टी (PvdA) का नेता Lodewijk Asscher ले आफ्नो पार्टीको नेत्रित्वबाट राजिनामा दिएपछि प्रतिनिधि सभामा सरकारको बहुमत नहुने अवस्था सृजना भएको थियो । प्रतिनिधिसभामा बहुमत नहुने भए पछि प्रधानमन्त्री मार्क रुट्ट Mark Rutte ले विवश भएर मन्त्रिपरिषद बिघटन गर्ने निर्णय गरेका हुन ।
बिघटित सरकार ४ वटा पार्टी मिली प्रतिनिधिसभामा ७६ जना संसदहरुको बहुमत समेटेर लिबेरल पार्टी (VVD) का नेता मर्क रुट्ट चार वर्ष अगाडि तेस्रो पटक प्रधानमन्त्री बन्न सफल भएका थिए । उनिको पार्टीले सरकार गठन गर्न क्रिस्चियन लोकतान्त्रिक पार्टी (CDA), लोकतान्त्रिक 1966 (D66) र क्रिस्चियन युनिएन (Christen Unie) सँग सहकार्य गरेका हुन । नेदर्ल्याण्डको प्रतिनिधिसभामा १५० जना सदस्य छन भने राज्यसभामा (सेनेट) मा ७५ जना सदस्यहरु छन ।
प्रतिनिधिसभा र राज्यसभाको काम सरकारको नितीनियमलाई नियन्त्रण गर्ने र सरकारसँग मिलेर नितीनियम र कानुन बनाउने हो । आन्तरिक सुचना बमोजिम सरकारमै रहेका केहि पार्टीहरुले अनुसन्धानको रिपोर्ट पछि सरकारलाई समर्थन नगर्ने अवस्था सृजना भएपछी मर्क रुट्टले बिपक्षी पार्टीको समर्थनको अपेक्षा राखी सरकार बिघटन गर्न अविस्कार गरेका थिए तर बिपक्षी पार्टीका नेताले पार्टी नेत्रित्वबाट र अर्थ मन्त्रिले आफ्नो पदबाट राजिनामा गरेपछि सरकार प्रतिको बिश्वास न्युन अवस्थामा पुगेको थियो ।
नेदर्ल्याण्ड सरकारले यसरी राजीनामा दिँदा नैतिकता र जनता प्रतिको उत्तरदायित्व वहन गरेको भनि बुझी पीडित पक्षहरुले सन्तुस्टी ब्याक्त गरेका छन तर समस्त जनतामा सरकार प्रतिको विश्वाश भने घट्दै गएको छ किनकी यतिका लामो समय सम्म पनि २६००० डचहरु पीडित भएर बस्नु परेको थियो र अहिले सम्म उनिहरुको कुरा कसैले सुनेको थिएन ।
नेदर्ल्याण्डमा मार्च महिनामा प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । चुनावको मुखमुखमा आएर सरकार बिघटग गरेर जिम्मेवारि बहन गरेको मानिदैन भनि अलोचना पनि निकै आएको छ । निर्वाचनबाट नँया सरकार नबने सम्म बिघटित सरकारले सरकार चलाउने छ ।
नेदरल्याण्डको शासन प्रणाली संवैधानिक राजतन्त्र हो । राजा Willem Alexander राष्ट्रप्रमुख छन तर राजा संविधान भन्दा तल हुने हुँदा संबिधानमा सीमित अधिकार राजालाई निर्धारित गरिएको छ ।
युरोपमा नेदर्ल्याण्ड बाहेक बेल्जियम, स्विडेन, डेनमार्क, स्पेन र युनाइटेड किंगडम जस्ता राज्यहरुमा संवैधानिक राजत्रन्त्र छ । नेदरल्याण्डको लोकतान्त्रिक प्रणालीलाई संसदीय लोकतन्त्र पनि भनिन्छ ।
Please follow and like us: