नेपाल फन्ड फाउन्डेशनको नन्दा राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

नेदर्ल्यान्दस -आईतबार ,

नेपाल फण्ड फाउन्डेशनको जनावरी १७ तारिखमा भएको भर्चुयल माध्यमले तेस्रो अधिवेशनबाट नयाँ कार्यसमिति गठन गरेको छ |

नन्दा राईको अध्यक्षतामा पाच सदस्यीय कार्यसमिति निर्माण गरेको हो |

महासचिबमा साबि पौडेल र सदस्यहरुमा दिलु मैनाली र निरा राई (बेलायत ) रहेका छन् भने कोषाध्यक्षको जिम्मेवारी संथापक अध्यक्ष शशी पौडेलले नै समाल्ने नवनियुक्त अध्यक्ष नन्दा राईले जानकारी गराईन |

त्यसै गरि प्रमुख सल्लाहकारहरुमा हरि पौडेल, शरदा बराइली, डा. शर्मिला प्रधान श्रेष्ठ, रिता थापा र बर्षा खड्कालाइ मनोनयन गरेको छ ।

बिगत लामो समय देखि नेदरल्यान्ड्समा स्थापित नेदरल्यान्ड्सको कर विभागबाट च्यारिटी स्ट्याटस (ANBI)प्राप्त परोपकारी फाउन्डेशनले कोरोना महामारी र बिनासकारी भुकम्पको समयमा पनि आपतकालिन राहत र पुनर्निमाणका साथै सम्रिद्ध नेपालमा थप योगदान गर्न शिक्षा, स्वास्थ, महिला तथा पिछडिएको वर्गहरुलाई सहयोग गरि महत्वपूर्ण कार्यहरुमा समेत महत्वपूर्ण भूमिका फाउन्डेशनले खेल्दै आएको छ ।

Please follow and like us: