किन चढ्छन नेदर्ल्याण्डका राष्ट्र प्रमुखहरु साइकल ?

शशी पौड्याल नेदर्ल्यान्द्स,
नेदर्ल्याण्डका राजारानी र प्रधानमन्त्री नियमित रुपमा साइकल यात्रा गर्ने गर्दछन ।
राष्ट्र प्रमुखहरु यसरी साइकल यात्रा गरेको देख्दा वैदेशिक मिडिया र सामाजिक संजालमा प्रशंसा स्वारुप फोटा र लेखहरु प्रकाशित गर्ने गरिन्छ  विकसित देशका मिडियाले नेदर्ल्याण्डको साइकल चढ्ने सस्कार र बातावरण मैत्री नितिको प्रशंसा गर्ने गर्दछन भने विकासोन्मुख मुलुकका मिडिया तथा सामाजिक संजालले साइकल जस्तो साधारण सवारी साधन चढेर हिंडेको देख्दा आफ्ना देशका राष्ट्रनायकलाई चेतावनी दिने हेतुले नेदर्ल्याण्डका राष्ट्र प्रमुखको साधारण स्वाभावको प्रशंसा गर्ने गर्दछन ।
साइकल चढ्दैमा शालिन र साधारण राष्ट्रनायक बनिदैन । नेदर्ल्याण्डका राष्ट्र प्रमुखहरु साइकल चढ्नुको रहस्य नेदर्ल्याण्डको साइकलको संस्कार, परम्परा र यसको ईतिहाससँग जोडीएको छ । साइकलले नेदर्ल्याण्डमा २०४ वर्षको ईतिहास बोकेको छ । १ करोड ७० लाख जनसंख्या भएको देशमा २ करोड २३ लाख जति साइकलहरु छन र नेदर्ल्याण्डमा एक जना मान्छेले एक वर्षमा ८८० किलोमिटर साइकल चलाउने गर्दछन । परम्परागत साइकललाई नेदर्ल्याण्डको सवारी साधन मध्यको प्रमुख सवारी साधन कै रुपमा लिइन्छ जँहा ८५% भन्दा बढि मनिसहरु साइकल यात्रा गर्ने गर्दछन ।
साइकल यात्राको लागि अत्यावस्यक आधारभुत सँरचनाहरु पनि नेदर्ल्याण्डमा व्याबस्थित र सुरक्षित तवरले निर्माण भएका छन जँहा ३७००० किलोमिटर त साइकलको लागि मान्त्र बाटो बनाइएको छ । साइकलबाट शहरबजारमा यात्रा गर्दा सस्तो र छरितो पनि हुने हुँदा साइकलको प्रयोग प्राय सबैले गर्ने गर्दछन । राष्ट्रप्रमुखहरुले साइकल यात्रा गर्दा नेदर्ल्याण्डका नागरिकहरुले खासै कुनै आश्चर्य मान्दैनन । साइकलमा यात्रा गर्दा ट्राफिक जाम मा नपरिने र गन्तब्वमा छिट्टो र सुरक्षित तवरले पनि पुग्ने हुँदा साइकल यात्रा नेदर्ल्याण्डमा पपुलर भैरहेको छ ।
बातावरणको लागि पनि गाडीहरु भन्दा साइकल धेरै उत्तम हुने र साइकल निशुल्क पार्किङ् गर्न पनि पाइने हुँदा पनि साइकलको महत्व नेदर्ल्यान्डमा बढ्दै गएको छ । नेदर्ल्याण्डका प्रधानमन्त्री मार्क रुट्ट (Mark Rutte) लाई नेदर्ल्याण्डमा हेर्ने नजर त्यति साधारण स्वाभवको देखिदैन । मार्क रुट्ट लिबेरल पार्टी (VVD) बाट तीन कार्यकाल सम्म नेदर्ल्याण्डको प्रधानमन्त्री बन्न सफल भएकाले सबै भन्दा लामो समय सम्म प्रधानमन्त्री बन्न सफल भएका छन ।
लिबेरल पार्टी नेदर्ल्याण्डको पूँजीवाद सिद्धन्तमा आधारित पार्टी हो । मर्क रुट्टको कार्यकालमा अर्थतन्त्रको बिकास राम्रो भएता पनि सामाजिक र स्वास्थ क्षेत्रमा भने यिनी त्यती पपुलर हुन सकेनन । यिनिको पालामा धनी र गरिवको दुरि बढ्दै गयो र आज नेदर्ल्याण्डमा ७% डचहरु गरिबिको रेखामुनी जिउनु परेको छ । करिव ६ लाख डचहरुले खाद्यबैंक बाट रासनपानी लगेर खाने गर्दछन ।
खाद्यबैंक गरिबहरुको लागि निशुल्क खाध्यान्न बितरण गर्ने संस्था हो । मार्क रुट्ट ५३ वर्षका उमेरका छन र यिनि अविवाहित हुन साथै यिनी समलिङी (gay) हुन भन्ने आसंका सबैले गर्ने गर्दछन तर यिनिले आफु समलिङ्गी भएको दाबी अहिले सम्म आफैले गरेका छैनन । मर्क रुट्टको तलव वार्षिक १ लाख ९५ हजार डलर छ भने नेपालको प्रधानमन्त्रीको तलब वार्षिक ९ हजार डलर मात्र भएको बुझिन्छ ।
मार्क रुट्ट अरु डचहरु भन्दा बढि साधारण भन्दा पनि डचहरुको संस्कार नै सरल र साधारण हुने हुँदा नेदर्ल्याण्डका राष्ट्रनायकहरु पनि विदेशीहरुको नजरमा साधारण देखिन्छन । नेदर्ल्याण्डमा पेशा वा पदलाई ठुलो नमानेर ब्याक्तिको आचरण, मेहनत र समर्पणलाई सम्मान गरिने हुँदा बाहिरी देखावटी भन्दा पनि आन्तरिक सम्मानलाई महत्व दिने गरिन्छ ।
डचहरु धेरै मेहनती, व्याबसायिक र आविष्कारशील भएकाले नेदर्ल्याण्ड जस्तो सानो देशलाई विश्वकै उल्लेखनिय स्थानमा पुर्याउने राष्ट्र नायकहरुको भन्दा पनि नागरिकहरुको बिशेष भूमिका भएको यथार्थता सबैको अगाडि छ ।
Please follow and like us: