नेदरल्यान्ड्स सरकारले गर्‍यो कडा लकडाउन

द्रोण रिजाल, नेदरल्यान्ड्स ,

युरोपका बिभिन्न देशहरुमा बड्दै गएको कोभिड १९ अन्न्तत लकडाउनको अवस्थामा पुगेको छ |

दुई दिन अघी मात्र जर्मन सरकारले लकडाउन गरेपछी नेदरल्यान्ड्स सरकारले पनि कडा लकडाउन गरेको हो | आज डिसेम्बर १४ तारिख प्रधानमन्त्रि मार्क रुट्टेले नेदरल्यान्ड्सको राष्ट्रिय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्दै लकडाउनको घोषणा गरेका हुन | नेदरल्यान्ड्समा कोरोना भाईरस संक्रमण तिब्र रुपमा बढ्दै गरेको हुँदा जनस्वास्थलाई ध्यानमा राख्दै नेदरल्यान्ड्स सरकारले जनवरी १९ तारिख सम्म लागु हुने गरी लकडाउन कडा नियम लगाएको हो |

यो लकडाउन डिसेम्बर १४ तारिख राती १२ बजे देखी १९ जनवरी २०२१ सम्म लागु हुने जानकारी गराइएको छ | लकडाउनको अवधिभर अत्यावस्यक काम बाहेक बाहिर नजान र २ भन्दा बढिको संख्यामा बाहिर जम्मा नहुन सकभर परिवारका सदस्यहरुले समेत नियम पालना गर्न समेत भनिएको छ | अत्यावस्यक पसलहरु सुपरमर्केट, फार्मेसी र ग्रोसरी बाहेक अन्य सबै पसल बन्द हुने हुनेछन मार्क रुट्टेले प्रत्यक्ष प्रसारण मार्फत जानकारी गराएका छन | त्यसैगरि हेयर सेलुन, ब्युटी पार्लरहरु बन्द हुने तर फर्मेसीहरु भने खुल्ला रहने भनिएको छ |

प्रार्थमिक र माद्यामिक बिद्यालयहरु, किन्डर गार्डनहरु,स्पोर्ट स्कुलहरु बन्द हुनेछन | रेस्टुरेन्टहरुको डेलिभरी (Delivery) र टेकवे (Take Away ) हरु मात्र खुल्ला रहने छन । सार्वजनिक यातायातमा यात्रा गर्दा सामाजिक दुरी कायम गर्दै माक्सको प्रयोग अनिवार्य भनिएको छ |

यस बिषम परिस्थितीमा सतर्क रहेर नियम पालना गर्दै भाईरसलाई पराजित गर्न सबैको सहयोग आवश्यक रहेको प्रधानमन्त्रि रुट्टेले भनेका छन |

Please follow and like us: