जहाजको ल्याण्डिङ्ग गेयरमा लुकेर १६ बर्षिय युवाले गरे नैरोवी देखि नेदरल्याण्डसम्मको यात्रा

एजेन्सी – केन्याका एक १६ बर्षिय युवक नैरोवी बिमानस्थलबाट जहाजको ल्याण्डिङ्ग गेयरमा लुकेर नेदरल्याण्ड पुगेका छन।

केन्यास्थित नैरोवी बिमानस्थलबाट गत बुधबार एक कार्गो जहाज टर्की र बेलायत हुँदै ८ हजार किलोमिटर टाढा नेदरल्यान्ड पुगेको थियो। उक्त कार्गो बिमानको ल्याण्डिङ्ग गेयरमा उनी लुकेर बसेको बताईएको छ।

उनी अहिले नेदरल्याण्डको मास्ट्रीच्ट शहरको एक अस्पतालमा उपचाररत छन। स्रोतका अनुसार बुधवार दिऊँसो केन्याको नैरोबी देखि A330 नम्बरको कार्गो एयरबसले टेकअफ लिनेक्रममा एकजना १६ बर्षिय युवा जहाजको ल्याण्डिङ्ग गेयरमा लुकेर बसेको बताईएको छ। बिमानले टर्की र बेलायतमा समेत ल्याण्डिङ्ग समेत गरेको थियो।

बेलायतमा ल्याण्डिङ्ग गरेको विमान शुक्रबार दिऊँसो नेदरल्याण्डको मास्ट्रीच्ट बिमानस्थल पुगेको थियो। उक्त बिमानस्थलमा इन्जिनियरले बिमानको नियमित चेकजाँचको क्रममा ल्याण्डिङ्ग गेयरमा लुकेर बसेको अवस्थामा उक्त युवालाई भेटाएका थिए।

उनलाई उक्त स्थानबाट बाहिर निकालेर स्वास्थ्य परिक्षणको लागि अस्पताल लगिएको छ। अस्पतालले उक्त युवा सामान्य अवस्थामैं रहेको बताएको छ भने यति लामो जोखिमजन्य यात्रा गर्दा पनि युवक जिवितै र सकुशल रहेको देखेर अधिकारीहरु पनि अचम्म भएका छन।

यद्यपि लामो यात्राको कारणले गर्दा उक्त युवामा हायपोथर्मिया देखिएता पनि अन्य स्वास्थ्य अवस्था सामान्य नै रहेको अस्पतालले जनाएको छ। हायपोथर्मिया शरिरको तापक्रम खतराको स्तरभन्दा कम हुने अवस्थालाई भनिन्छ भने यसको कारणले नशा जाम भई मान्छेको मृत्यु पनि हुनसक्तछ। तर ती युवक भने सकुशल नै रहेको खबरले उपचाररत डाक्टर पनि अचम्ममा परेका छन। नेदरल्याण्डका उड्डयन अधिकारीहरुले उक्त ब्याक्ति कसरि एयरक्राफ्टसम्म पुग्न सफल भए भन्नेमा अनुसन्धान गरिरहेको बताएका छन।

यति लामो यात्रा तय गरेको बिमानको ल्याण्डिङ्ग गेयरमा मानिस लुकेर बसेको जानकारी किन कसैलाई थाहा लागेन त? ३८ हजार फिट माथीसम्मको उंचाई लिएको जहाजको लेवलसम्म अक्सिजनको मात्रा अत्यन्तै न्यून हुने गर्दछ। यस्तो अवस्थामा मान्छे बाँच्नसक्ने सम्भावना लगभग समाप्त हुन्छ। अर्कोतर्फ जहाज ल्याण्डिङ्ग गर्दा जहाजका सबै चक्काहरु खुल्दछन। चक्काहरु खुल्दासाथ कथं त्यहाँ कोहि रहेको भए पनि जमिनमा खसेर मृत्यु हुनुपर्ने हो, तर ती ब्याक्तिको हकमा भने यस्तो कुनै दुर्घटना नै भएन।

अस्पतालबाट केन्यास्थित आफ्नो परिवारसंग शुक्रवार फोन कुराकानी गर्दै ती युवकले भनेका छन- म बिल्कुलै ठिक छु।´ यसभन्दा अंघि सन् २०१९ मा पनि यस्तै एक घटना घटेको थियो। केन्या एयरवेज लण्डनको हिथ्रो बिमानस्थलमा अवतरण गर्दैथियो, तब सनबाथ लिईरहेका एक यात्रुले जहाजको ल्याण्डिङ्ग गेयरमा कोहि झुण्डिरहेको खवर एयरक्राफ्ट सदस्यलाई दिएका थिए।

१९९७ मा पनि यौटा यस्तै घटना सामुन्ने आएको थियो। उस समय पनि नैरोवीबाटै बेलायतको गेटविक बिमानस्थलमा अवतरण गरेको एक जहाजको ल्याण्डिङ्ग गियरमा केन्याका एक ब्याक्तिको लास मिलेको थियो।

Please follow and like us: