पत्रकार युरोप शाखाको ४१औं श्रिन्खलामा महिला आवाज

 

द्रोण रिजाल, नेदरल्यान्ड्स ,

नेपाल पत्रकार महासंघ युरोप शाखाले श्रिन्खलाबद्ध कार्यक्रम अन्तरगत डिसेम्बर ५ तारिख ४१औं श्रिन्खला भब्यताका साथ सम्पन्न गरेको छ | शाखाले बिशेष अथितिको रुपमा मिडिया एडभोकेसी ग्रुपकी कार्यकारी निर्देसक, घटना र बिचारकी सम्पादक तथा बरिस्ठ महिला संचारकर्मी साथै महिला हिंसा बिरुद्धकी अग्र अभियन्ता बबिता बस्नेतको साथमा बिशेष बहस गरेको थियो |

“लैङगिक बिभेद र हिंसामा महिलाको आवाज “ शिर्षकमा महिलाको अधिकार र महिला हिंसा बिरुद्धमा महिलाहरुको बुलन्द आवाज अरु ससक्त रुपमा उठ्नु पर्नेमा बिशेष जोड दिईएको थियो |

अहिले पनि महिला माथि शारीरिक तथा मानसिक रुपमा हिंसा बिभिन्न ठाउहरुमा बड्दो क्रममा रहेको प्रसँग उल्लेख गर्दै महिलाहरु आफुमा पनि सक्षम हुनुपर्नेमा अतिथी बबिता बस्नेतले आग्रह गरेकी थिईन |

राज्यको बिभिन्न छेत्रमा अहिले महिलाहरुको उल्लेख्य सहभागिता रहेकोमा खुशी ब्यक्त गर्दै निडर भएर अगाडि बड्न आग्रह गर्दै आफ्नो प्रकाशित कृति “सन्बन्ध हिन सम्बन्ध “ कथा संग्रहमा जिवनका भोगाईहरु र यात्रा सॅंकरणहरु समाबेश भएको र धेरै पाठकहरुले मन पराईदिएकाले दोस्रो सॅंस्करण प्रकासन्मुख रहेको रहेको जानकारी गराएकी थिईन |

साहित्य र पत्रकारिताको लेखनको व्याख्या गर्दै पत्रकारितामा घटनाको बारेमा सम्बन्धित बिषय बस्तुहरुमा रहेर गहन ढंगले लेखिन्छ भने साहित्यमा लेखक आँफै त्यस बिषय बस्तुमा प्रबेस गरि आफ्नै फिलिङ सम्झेर लेख्नु पर्दा साहित्य लेखन केही जटिल बिषय रहेको अतिथी बस्नेतले बताईन ।

कार्यक्रम शाखाका अध्यक्ष केजिन राईको अध्यक्षता मा भएको थियो भने कार्यक्रम सन्चालन काबा महासचिब द्रोण रिजाल र सदस्यहरु गोमा खरेल, बाबा राजेश्वरि थापा, इन्दिरा चाम्लिङ साथै रबिचन्द्र भट्टराई, प्रेम परियार, राज कुमार थापा लगायत पत्रकारहरुको सहभागिता थियो |

Please follow and like us: