एन आर एन नेदरल्यान्ड्सको चौथौॅं साधारण सभा उद्घाटन

द्रोण रिजाल,, नेदरल्यान्ड्स ,

गैर आवासिय नेपाली संघ नेदरल्यान्ड्सको चौथोॅं भर्चुयल साधारण सभाको उद्घाटन सत्र आज डिसेम्बर ७ तारिखका दिन सम्पन्न भएको छ |

संघका अध्यक्ष श्री श्रीराम कडेल अध्यक्षतामा सम्पन्न साधारण सभामा प्रमुख अतिथी गैर आवासिय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदका अध्यक्ष कुमार पन्त रहेका थिए |

बिशेष अतिथीहरुमा क्रमस : उपाध्यक्ष डा. बद्री केसी, उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठ, केन्द्रिय सह-कोषाध्यक्ष् लोक बहादुर थापा, केन्द्रिय सल्लाहकार कुल आचार्य, युवा सम्योजक हिमाल गुरुङ, युरोप सम्योजक नारायण आचार्य, महिला युरोप सम्योजक योगिता थापा, युरोप सह सम्योजकहरु मुक्त गुरुङ, कृष्ण राज तिमल्सिना, शुक्राराज न्यौपाने, आई सि सि सदस्यहरु ठाकुर प्रसाद शर्मा ( नेदरल्यान्ड्स), चिन्तामणी सापकोटा ( स्पेन), राम शरण शिम्खडा ( बेलायत), सुबाश जोसी, बिधान सम्सोधन समितिको उप सम्योजक तथा जन सम्पर्क समिती युरोपका महामन्त्री गंगाधर गौतम, एन आर एन बेल्जियमका अध्यक्ष चित्र सुबेदी, महासचिब तिर्थ राज धमला र लक्जम्बर्गका महासचिब युबराज खत्री साहितको उपस्थिती रहेको थियो | त्यसैगरि नेदरल्यान्ड्स शाखाका सन्थापक अध्यक्ष शशी पौडेल, पुर्व अध्यक्ष हरी पौडेल, कृष्ण राज अधिकारी, नेपाल पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजिन राई, काबा महासचिब द्रोण रिजाल, बरिस्ठ बिबिसिका पत्रकार भागीरथ योगी, लगायत नेदरल्यान्ड्सका बिभिन्न संघ सन्थाका अध्यक्ष र प्रतिनिधिहरुको बाक्लो उपस्थिती रहेको थियो |

अतिथिहरुले शुभकामना सन्देश दिदै फ्री मेम्बरसिबका साथसाथै एन आर एन अभियानहरुको बिषयमा खुल्ला बहस गर्दै ठोस निर्णयहरु पारित गर्न अनुरोघ गरेका थिए | कार्यक्रमको सन्चालन महासचिब संघर्सशिल केसीले र स्वागत मन्तब्य बरिस्ठ उपाध्यक्ष्य मिम पुर्जाले राखेका थिए |

Please follow and like us: