सरकार संचालनमा पार्टीबाटै अबरोध गरिन्छ, प्र.म.का प्रेश सल्लाहकार थापा

द्रोण रिजाल, नेदरल्यान्ड्स – पत्रकार महासंघ युरोप शाखाले सेप्टेम्बर २९ तारिख ३९ औ शृंखलामा प्रधानमन्त्रिका प्रेश सल्लाहकार, प्रचार बिभाग उपप्रमुख तथा नेकपाका केन्द्रीय सदस्य शुर्य थापाको समसामहिक बिषयबस्तुमा छलफल गर्दै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ |
२०१५ मा बिपी कोइराला को नेतृत्वमा दुई तिहाइ बहुमत प्राप्त सरकार र पंचायत काल हुदै अहिले सम्म धेरैको नेतृत्वमा सरकार परिवर्तन हुदै गर्दा रास्ट्रिय बहसमा अहिलेको सम्माननीय केपी शर्मा ओलीको सरकारले धेरै महत्वपूर्ण कामहरु गरेको बिशेष कार्यक्रमका अतिथि शुर्य थापाले बताए | सरकारलाई सबै छेत्रबाट सहयोग भएको भएतापनि आफ्नै पार्टीका केहि ब्याक्तिहरु बाट असहयोग हुदैगएको र सरकारको हरेक क्रियाकलापमा पार्टीको हस्तछेप हुनाले सोचेको जस्तो र जनादेश अनुसारको काम गर्न नसकिएको तितो यथार्थ प्रस्तुत गरेका थिए |
पार्टीले पार्टीकै नियम र बिधान अनुसार चल्नुपर्ने तर सरकार सबैलाई समान भावना लिएर विधिको शासन अबलम्बन गर्दै चल्नुपर्नेमा जोड दिदै पार्टीले सरकारको हरेक क्रियाकलापमा स्वतन्त्र भएर काम गर्न पाउनुपर्नेमा पार्टीपंतिमा रहनुभएकाहरुको ध्यानाकर्सण गराएका थिए | पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको प्रधानमत्री माथि लागाइएको आरोप सहितको प्रतिबेदन माथि खण्डन गर्दै सबै आरोपहरु गलत रहेको जिकिर गरेका थिए |
पत्रकारको पटक पटक प्रधानमत्री ओली पहिलो बरियतामा रहेको तपाई मात्र भन्नुहुन्छ अरुले भन्दैननि ? भन्ने जिज्ञासाको जवाफ दिदै पार्टीको माइन्युट बमोजिम प्रधानमन्त्री केपी शर्मा ओली बरियताको पहिलो स्थानमा अध्यक्ष रहेको र पुष्पकमल दाहाल दोस्रो बरियतामा रहेको भन्दै प्रचण्डले आरोपहरु लगाउदा प्रमाणित हुन नसक्ने र बिधि सम्मत नभएका र प्रधानमन्त्री ओलीले ५३ बुदे प्रतिबेदन पदाधिकारी समितिमा पेश गरेको जानकारी गराएका थिए | अन्य देशको शासकिय व्यवस्थाहरुको उदाहरण सहित हाम्रो देशको शासकीय ब्यबस्था कस्तो रहेको छ भन्ने पत्रकारको जिज्ञासामा जवाफा दिदै अरु देशको भन्दा फरक प्रकारको र संबिधान बमोजिम संसदीय ब्यबस्था अनुसार सुधारिएको संघिय संसदीय ब्यबस्था रहेको विश्वको उत्क्रिस्ठ ब्यबस्था रहेको हुनाले समाजबाद उन्मुख सुधारिएको व्यबस्थाको रुपमा बुझ्नुपर्ने, जनताको इच्छा बमोजिम र मौलिक ढंगले बनाइएको ब्यबस्था हो |
बहुदलीय ब्यबस्थामा प्रधानमन्त्री लाइ निर्दलीय व्यवहार गर्न मिल्छ? भन्दै प्रतिप्रस्न गरेका थिए | गुमेको नेपालको भूभाग लिपुलेक, लिम्पुवाधुरा र कालापानी नेपाली नक्सामा राख्न सफल प्रधानमत्री वलीकै पालामा फिर्ता हुनेमा कुनै संका नगर्न आग्रह गरेका थिए | पार्टीभित्र बहस घनिभूत रुपमा चल्छ तर, पार्टी फुट्ने कुरा हुँदैन् ।
दुवै अध्यक्षले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । सदस्यहरुको तहमा प्रतिवेदन पुगेको छ । बहस र छलफल चल्दैमा पार्टी फुट्ने कुनै संभावना देखिदैन’, अन्तमा पत्रकारको प्रश्नमा जवाफ दिएका थिए | झन्डै दुई घण्टा लामो लाइभ बिशेस कार्यक्रमको सभापतित्व संघका अध्यक्ष केजिन राई ले गरेका थिए भने कार्यक्रमको संचालन कावा महासचिब द्रोण रिजाल लगाएत कार्यसमिति सदस्यहरु राज कुमार थापा, रविचन्द्र भट्टराई,प्रेम परियार, सरला कट्टेल, गोमा खरेल, प्रेम पोमु र बेलायत बाट पत्रकार चिरण शर्मा समेतको उपस्थिति थियो |
झन्डै दुई घण्टा लामो लाइभ बिशेस कार्यक्रमको सभापतित्व संघका अध्यक्ष केजिन राई ले गरेका थिए भने कार्यक्रमको संचालन कावा महासचिब द्रोण रिजाल लगाएत कार्यसमिति सदस्यहरु राज कुमार थापा, रविचन्द्र भट्टराई,प्रेम परियार, सरला कट्टेल, गोमा खरेल, प्रेम पोमु ,कलश खरेल र बेलायत बाट पत्रकार चिरण शर्मा समेतको उपस्थिति थियो |

sent Today at 12:12 PM

Please follow and like us: