प्रवासी मन्च बेल्जियम अध्यक्षमा बिनोद न्यौपाने सर्बसम्मत चयन

नयाँ कुरा,२० मै,सोमबार, केजिन राई अन्तोर्पेन ,

 

नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा विनोद न्यौपाने सर्वसम्मत निर्बाचित भएका छन् ।

 

मंचको आइतवार अन्तोर्पेन शहरमा सम्पन्न सातौ अधिवेशनले न्यौपानेको नेतृत्वमा २५ सदस्सीय नयाँ कार्यसमिति गठन गरेको हो ।

 

अधिवेशनले उपाध्यक्षहरु रमेश पौडेल सचिवमा बुद्धि बराल, उपसचिवमा हरि सिंखडा र लोकनाथ बर्मालाई निर्विरोध चयन गरेको छ ।

 

त्यसैगरी सदस्यहरुमा मुना केसी, जीबन शर्मा, पेमा शेर्पा, सुरज खरेल , सबिता अधिकारी दाहाल , अनिता महर्जन, मुना ताम्राकार, राजु बराल, तिर्थ धमला, सारा अर्याल, हरी भट्टराई, जगत सुबेदी , सुर्यनारायण श्रेष्ठ, कमला सुबेदी , गोबिन्द वली, जनक सुबेदी, कृष्ण सिंखडा ,सन्जित सापकोटा रहने गरी नयाँ कार्यसमिति निर्बिरोध निर्बाचित गरेको हो ।

अधिवेशनलाई नेपाली दुताबास ब्रसेल्सका प्रतिनिधि रमेश गैरे ,प्रवासी नेपाली मंचका अन्तराष्ट्रिय कमिटीका सचिव सचिव हेम शेर्पा, उप सचिब कर्ण शाही अन्तर्राष्ट्रिय कमिटी सदस्यहरू शिब कुमार बरूवाल,सन्तोष भट्टराई, मंचका युरेप इन्चार्ज भक्त बाग्ले ,युरोप संयोजक मुक्त गुरुङ, सचिव सालिक थपलिया, युरोप कमिटी सदस्य इन्द्र प्रशाद ओली ,नेपाल पत्रकार महासंघ युरोप अध्यक्ष केजिन राई, बेल्जियम शाखा अध्यक्ष ओम शर्मा लगायत बेल्जियमस्थित वैचारिक, सामाजिक तथा जातिय संघसंस्थाका प्रतिनिधिले शुभकामना मन्तव्य दिए ।

 

बेल्जियमस्थित वैचारिक, सामाजिक तथा जातिय संघसंस्थाका प्रतिनिधि नेपाली जनसंपर्क समिति बेल्जियमका उपसभापती बिराट जोशी, नेपाली जन प्रगतिशिल मोर्चा बेल्जियम अध्यक्ष मेख गुरुङ, मोर्चाका युरोप अध्यक्ष बदन योङ्हाङ, नेपाली जनप्रगतिशिल मंच बेल्जियम अध्यक्ष प्रकाश पौडेल, मंच युरोप अध्यक्ष चित्र सुबेदी, सँघीय समाजवादी बेल्जियम अध्यक्ष नेत्र मगर, किरात राई सोसाईटी बेल्जियमका संरक्षक मुना राई विश्वमगर संघ बेल्जियमका अध्यक्ष लोक राना, तमु समाज बेल्जियमका अध्यक्ष होम गुरुङ, लगायतका संघ संस्थाका प्रतिनिधिहरुले मंचको आगामी कार्यकाल सफलताको कामना गर्दै अधिबेशन सफलताको शुभकामना दिनु भएको थियो ।

 

प्रबासी नेपाली मंच बेल्जियमकी अध्यक्ष चन्द्र कुमारी गुरुङ इशाको सभापतित्वमा भएको कार्यक्रमको संचालन सचिब रुद्र लम्सालले गर्नु भएको थियो ।

Please follow and like us: