केजिन राईको नेतृत्वमा एफएनजे युरोपको सक्रियता र काम उदारणीय : केन्द्रीय सचिव लक्ष्मी पुन

द्रोण रिजाल, नेदरल्यान्ड्स – नेपाली साहित्यमा प्रवासी नेपाली महिलाको भूमिका र योगदानको बिषयमा एफएनजे युरोप ३६ औं शृङ्खला आज २१ तारिख भव्य रुपमा सम्पन्न भएको छ ।

नेपाली साहित्यमा प्रवासका महिलाहरुले खेलेको भूमिका प्रशंसा गर्दै महिलाले भोग्नु परेको समस्याको चर्चा गर्दै पुरुष प्रधान समाजमा महिलाले ठुलो संघर्ष गर्नु परेको अवस्था अझै पनि बिद्यमान रहेको प्रमुख अतिथी नेपाल पत्रकार महासंघ केन्द्रीय समिति सचिव लक्ष्मी पुनले बताउनु भयो ।

पत्रकारहरुको युरोप शाखाको बर्तमान अवस्थाको बारेमा जिज्ञासाको जवाफ दिदै पत्रकार महासंघ केन्द्रिय सचिब लक्ष्मी पुनले युरोप शाखाले गरेको कामको प्रशंसा गर्दै केजिन राईको नेतृत्वमा युरोप शाखाको सक्रियता अत्यन्त उदारणीय र समावेशी रहेकोमा धन्यवाद दिनुभयो । पुनले भन्नुभयो, “युरोप शाखामा केजीन राइको बिकल्प नभएको अझ राम्रा काम गर्दै जानु पर्नेमा विश्वास सहित शुभकामना दिन चाहन्छु ।”

एनआरएनए आईसिसी र एनसिसीमा रहेर सामाजिक अभियानमा आफुले गरेको कामको अनुभव सहित अतिथी जानकी गुरुङले मिठो कबिता सुनाउनु भएको थियो ।

अनेसास नर्वेकी अध्यक्ष अतिथी बिष्णुमाया बिभुले साहित्यमा महिलाको र बर्तमान अवस्थामा युवाहरुमा साहित्यमा सहभागीता गराउन समाजको महत्वपूर्ण भूमिका हुनुपर्नेमा जोड दिदै आफ्नो मिठो कबिता बाचन गर्नुभएको थियो ।

बाल्यकाल देखी साहित्यमा रुची राख्दै आफ्नो जन्म थलोको मनोहर दृस्यबाट प्रेरित भई कबिता कथा र गजलमा छुटै पहिचान बनाउनु भएकी साहित्यकार अतिथी इन्दिरा चाम्लिङको कबिताले मन्त्रमुग्ध बनाएको थियो ।

त्यसैगरि गितकार गजलकार साथै समाजसेवी अतिथी यशु थापाले आफ्नो मिठो गजल प्रस्तुत गर्दै समाजमा आफ्नो गिती एल्बम भब्य कार्यक्रम आयोजना गरेर शुभारम्भ गर्ने इच्छा हुँदाहुँदै पनि कोरोना कहरका बिच भर्चुअल बिमोचन गर्नुपरेको बताउनु भयो ।

कार्यक्रमको अध्यक्षता एफएनजे युरोपका अध्यक्ष केजिन राईले गर्नुभएको थियो भने सन्चालन संचारकर्मीहरु सरला कट्टेल, बाबा राजेस्वरी थापा र गोमा खरेलले गर्नुभएको थियो । कार्यक्रममा काबा महासचिव द्रोण रिजाल, सदस्यहरु राजकुमार थापा, प्रेम परियार, रबिचन्द्र भट्टराईको समेत सहभगिता थियो ।

Please follow and like us: