सबैले हत्केलाहरू बढाउदै जाऔ :
बाहिर जतिसुकै चिसो बढ्दै जॉओस यहॉ भित्री मनमा रापहरू दम्किएपछि,
सपनाहरू जतिसुकै थुप्रिदै जॉऊन यहॉ आशाहरू अध्यारा कुनामा थन्किए पछि,
पानी पर्नुको पनि अर्थ छैन यहॉ ज्वारभाटहरू घन्किए पछि! !
यो त कसैको जिवनसंग मेल खानसक्छ साथी – प्रश्न छ यहॉ देश र जनताको ,
चिसो बढ्दै गयो त्यहॉ हावा चल्न थाल्यो,
छिमेकबाट बहकिएको हुरीले सुस्तामा ति डुब्लाएका पिल्लरहरू ढल्न थाल्यो !!
जहॉ बलिया किर्ना झै टॉसिएका छन बहुदले चोर,
कठै मेरो देशको राष्ट्रीयता दिनदहाडै भयो कति कमज़ोर!!
हिजो चप्पल पड्काएर खुर्सानी बेच्नेहरू आज सत्ताका ठूला ब्यापारी भैसके,
खुर्सानीको त के कुरा यहॉ टोकरीमा मेरो देशको अस्तित्व भरिसके !!
मधेशमा मौजाको कुरा हुदैछैन त्यहा, छिमेकी पौजाको छाप लगाइदैछ जहॉ !
लोकको अस्तित्व मेट्न शुसाशनको जल छर्केर जनताको मुटुमा साप लगाइदैछ यहॉ !!
के गर्न सक्छु म त्यहॉ भोको पेटले टुलुटुलु हेरिरहेर दिनदिनैको चित्कारलाई !
चिताको खरानी सम्झन्छन जहॉ बहुदलेहरू जनमतको सत्कारलाई,!!
जनता मात्र रूदै छैनन यहॉ लोकले हार्दै गर्दा मातृभूमि रोइरहेछ !
छिमेकीका लच्छा कच्छा समातेर बहुदलेहरू काठमाडौमा धोईरहेछ !!
मेरो आमाको छातीमा कापालिलेलिधुतिर बुटहरू परेड खेल्दैछन !
यता काठमाडौमा ढॉडेबिरालाहरूले नरवाने र गोयल बोलाएर बदेल पोल्दैछन !
कठै मेरी आमा तिमी बारम्बार रोइरहेकी छौ तर सुनिदैन, नदेखिने रहेछ !
कराउनेहरूका २/४ हत्केलाले छेकेर त सुर्यलाई नछेकिने रहेछ !!
त्यसैले अब तिमीहरू सबैले हत्केलाहरू बढाउदै जाऔ, राष्ट्र, राष्ट्रीयता र लोकतन्त्रका सम्बर्धनका ख़ातिर मैदानमा आऔ !!
जय सापकोटा, पोर्चुगल