एन आर एन नर्थ होल्यान्ड क्षेत्रिय सम्योजक सीता सापकोटाको पहलमा माईती नेपाल लाई आर्थिक सहयोग हस्तान्तण

 

आमस्ट्रडम, सोमबार -गैर आवासीय नेपाली संघ (एनआरएनए ) नेदरल्याण्डले माइती नेपाललाई १ लाख ५६ हजार बढीको आर्थिक सहयोग उपलब्ध गराएको छ । एनआरएनए नर्थ होल्याण्डकी क्षेत्रीय संयोजक सीता सापकोटाको पहलमा संकलीत १ लाख ५६ हजार ५५६ नेपाली रुपैयाँ माइती नेपालमा आयोजीत एक कार्यक्रमकाबीच माइती नेपालकी संस्थापक अनुराधा कोइरालालाई हस्तान्तरण गरिएको हो ।

एनआरएनए नेदरल्याण्डका अध्यक्ष श्रीराम कँडेलले कोइरालालाई सो सहयोग हस्तान्तण गर्नुभएको हो । सो अवसरमा माइती नेपालकी संस्थापक अनुराधा कोइरालाले कोभिड- १९ को कारण समस्यामा परेका चेलीबेटीको लागि सो सहयोग खर्च गरिने बताउँदै सहयोग गर्नुहुने नेदरल्याण्डबासी नेपाली तथा एनआरएनए कार्यसमिति परिवार प्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

एनआरएनए नेदरल्याण्डका अध्यक्ष कँडेलले एनआरएनए एनसिसी नेदरल्याण्डले यसअघि पनि नेपालको सिन्धुपाल्चोकका बाढी पहिरो पीडितलाई सहयोग उपलब्ध गराएको र विभिन्न सामाजीक कार्य गर्दै आएको बताउनुभयो । सो कार्यक्रममा एनआरएनए मिडिया कमिटी नेपालका संयोजक किरण बुढाथोकीको पनि सहभागिता थियो ।

एनआरएनए नर्थ होल्याण्डकी क्षेत्रीय संयोजक सापकोटाले असाहाय बालबालिका बिरामी दिनदुखी हरुलाई यसअघि पनि धेरै पटक सहयोग सन्कलन गरी सहयोग गर्ने एक सामाजीक अभियानता हुनुहुन्छ आगामी दिनहरुमा पनि आफनो सामाजिक सकृय रहने साथै सहयोगी सम्पुर्ण लाई धन्यवाद ब्यक्त गर्नुभयको छ् ।

Please follow and like us: