राष्ट्रपति देश र जनताको प्रतिक हुन कि नेकपाको

जय भद्र सापकोटा -पोर्तुगल , नेपालमा जब बहुमतका सरकारहरू देश र जनताका लागि बन्ने गर्दछन तब ति सरकारहरू कि त आफ्नै कार्य अनुभवको अभाव कि बिधी र नियमसंगत चल्न नसक्दा कि पार्टीभित्र पद पैसा र शक्ति संन्तुलन हुन नसक्दा ढल्ने र ढालिने गरिएको छ !

यतिबेला नेपालको राजनितिक इतिहासमा ७० बर्षपछि नेपाल कम्युनिष्ट पार्टी जनताबाट चुनिएर सरकार बनाई शासन गरिरहेको झन्डै ३ बर्ष भैसकेको छ ! नेपालको सुनौलो भबिष्य र नेपाली जनताहरूलाई सुखी बनाउन यो सरकारले जस्तो काम गर्न चाहे पनि हुनसक्ने राजनितिक वातावरण छ तर सरकार र नेकपा पार्टीभित्रको आपसी गुटबन्दी कहल र सत्ताको भागबन्डाको कारण केन्द्र देखि स्थानीय तहसम्म मनपरी कामहरू भैरहे ! अझ प्रदेश सभाहरूको अवस्था मितब्यितताका कारण संघीयता नै आवश्यक नरहिछ भन्ने पनि राजनितिक माहौल बनिरहेको छ !

कतिपय समूहहरू यो ब्यवस्थाको बिरूद्व लागिरहेका छन त कोहि अड्कलबाजी गरिरहेका छन, केहि समयभित्रै ठुलो आन्दोलन हुन सक्ने तर्फ गतिबिधीहरू बन्दै गैरहेको छ ! यो सरकार बने पश्चातका समयमा देखिएका शासन संचालनका किर्याकलापहरूले यो ब्यवस्थामाथि नै प्रश्न चिन्ह उठ्न सक्नेतर्फ संकेतहरू देशी बिदेशी तत्वहरूको चलखेलले देखाउदैछ !

जनताको अभिमतद्वारा लेखिएको संबिधानका धेरै बिषयहरूमा अस्प्रष्टता, संबिधान निर्माणमा सक्रिय भूमिका खेलेका राजनितिक दलहरूले नै संबिधानभन्दा माथि रहेर पार्टीका बिधी बिधान र प्रकियाहरू संचालन गर्ने, त्यसको आफ्ना राजनितिक स्वार्थसिद्वीका लागि ब्याख्या गर्ने गराउने र संबिधानमा निर्दिष्ट गरिएका मौलिक हक अधिकारहरूप्रति नै गैर जिम्मेवारी रहनु देश जनता र यो ब्यवस्थाबिरूद्वको खेल हो !

कहिले छिमेकी देशका राजदुतहरू पार्टीका बिबाद मिलाउन नेताका कोठामा चाहकिरहेको घटना होस वा राष्ट्रपति महामहिम श्री ३ बिध्यादेवी भण्डारी ज्यूले पार्टीको बिबाद मिलाउन प्रत्यक्ष रूकना खेलेको भूमिका होस वा प्रधानमन्त्री ओली ज्यूको रअ प्रमुखसंग गरेको अब्यबहारिक र अलोकतान्त्रिक भेटघाट ! यसबाट के प्रष्ट हुन्छ भने हामी स्वतन्त्र छौ, स्वभिमानी र सार्वभौम छौ भन्ने बिषयमाथि गम्भिर संकट पैदा गरेर छ ! किन त संबिधान संशोधन गर्नु पर्यो, नत्र आफू खुशी निति नियम र कानुन बनाएर काम गर्ने परिपार्टी बन्द हुनुपर्यो !
राष्ट्पति महामहिम ज्यू समग्र देशका जनताको प्रतिक हो कि नेकपाको ? यो अर्को बहशको बिषय बनेको छ ! पार्टीको झैझगडामा राष्ट्रपति जस्तो गरिमामय पदमा आसिन ब्यक्तित्वले नेकपा भित्रको बिबाद मिलाउन खेलेको भूमिकाले पनि यो सेरमोनियल प्रेसिडेन्टीय पद्वति पुर्ण रूपमा असफल जस्तो मानिसको छ त्यसैले अब प्रत्यक्ष चुनाबी प्रकियाबाट चुनिएर आउने कार्यकारी राष्ट्रपतिय पद्वति सहितको ब्यवस्था यो संबिधान शंसोधनबाट हुन सकेन भने राष्ट्रप्रमुखहरूले आफ्नो संबैधानिक हैसियत लत्ताएर पार्टीको राष्ट्रपति हो जस्तो गरी राजनितिमा खेल्ने काम गैर संसदीय र गैर संबैधानिक हो जुन काम आज राष्ट्रपतिबाट भैरहेको छ !
यो लोकतन्त्र बिरूद्वको गतिबिधी हो, यो लोकतान्त्रिक ब्यवस्था माथिको हस्तक्षेप हो ! अब यस्ता खाले गैर चरित्र र नैतिक पतन हुने क्रियाकलाप गर्ने जो कोहिका बिरूद्व पनि आम नागरिकहरू एक भएर लोकतन्त्रको संरक्षण र सम्बर्धनमा लाग्नु पर्ने समय आएको छ !

Please follow and like us: