एन आर एन नेदरल्यान्ड्सले साधारण सभा गर्दै

द्रोण रिजाल, नेदरल्यान्ड्स

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्यान्ड्सको सेप्टेम्बर ४ तारिख बसेको आठौ अनलाइन बैठक ले यही डिसेम्बर ७ तारिखका दिन बिहान ११:०० बजे देखी १४:०० बजे सम्म अनलाइन माध्यम बाट वार्षिक साधारण सभा गर्ने भएको छ |

संघका अध्यक्ष श्री राम कडेल को अध्यक्षता मा र सन्थापक अध्यक्ष शशी पौडेलको बिशेष आतिथ्यमा सम्पन्न बैठकमा प्रतिबेदन, आगामी योजनाहरु सहितको कार्यपत्र तयार भैसकेको सम्बन्धित क्षेत्रका सम्योजकहरुले जानकारी गराइसकेको हुँदा र बिधानमा केही सम्सोधन गर्नुपर्ने भएकाले आवश्यक परामर्स भैरहेको र सम्सोधन सहितको बिधान साधारण सभामा पेस गरिने हुँदा सम्पूर्ण तयारी भैसकेको उल्लेख गरिएको छ |

सम्रक्षक परिषदको बिषयमा ब्यापक छलफल हुँदै सम्रक्षकको सम्रचना तोड्न नहुने र कायमै राख्नुपर्नेमा सहभागिहरुको एकमत रहेको समेत महासचिब संघर्सशिल केसीले जानकारी गराएका छन |

Please follow and like us: