चेक रिपब्लिक, जर्मनी ,फ्रान्स ,माल्टा ,डेनमार्क ,स्पेन,पोर्चुगल,ईटाली दौडाह सकेर दुबई पुगे

नयाँ कुरा ७ अक्टोबर ,शनिबार , काठमाडौं,

गैर आवासीय नेपाली संघ(एनआरएनए)का अध्यक्ष पदका उमेदवार आरके(राजेन्द्रकुमार)शर्मा युरोप भ्रमण सकेर मध्यपुर्वको दुबई आईपुगेका छन्।

चुनावी अभियानस्वरुप युरोप पुगेका शर्मा युरोपका विभिन्न देश र त्यहास्थीत गैर आवासीय नेपालीहरुले आयोजना गरेका विभिन्न छलफल, भेटघाट, र अन्तरक्रिया कार्यक्रममा सहभागी भएर आफ्नो कर्मभूमि मध्यपूर्वको दुबई आइपुगेका हुन्।

दुबईमा गैरआवासीय नेपाली संघ(एनआरएनए) उपाध्यक्ष समेत रहेका अध्यक्ष पदका उमेदवार शर्मालाई दुबईमा त्यहास्थीत गैर आवासिय नेपालीहरुले भव्य स्वागत गरेका छन्।

शर्मा गत हप्ता बुधवार आफ्नो कर्मभूमि कतारको दोहामा अध्यक्षको उम्मेदवारी दिएपछि शर्मा साउदी अरब हुँदै बहराइन पुगेर युरोप भ्रमणमा निस्केका थिए। युरोपको करिब एक साता लामो भ्रमण सकेर शर्मा शनिवार बिहान दुबई आइपुगेका हुन्।

दुबईमा शर्मालाई गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद युएईका अध्यक्ष विकास शाही,निवर्तमान अध्यक्ष तथा आइसीसी कोषाध्यक्षका प्रत्याशी ठाकुर ढुंगाना लगायतका अभियन्ताहरूले स्वागत गरेका हुन्।

अध्यक्षको उम्मेदवारी शर्माले आफ्नो समर्थन जुटाउन तथा विश्वका गैरआवासीय नेपाली अभियन्तासँग छलफल र सुझावको लागि शर्माले yo केही महिना भित्र ४० वटा देशको भ्रमण गरेका छन्। असोजको ३० देखि कात्तिक २ सम्म एनआरएनएको विश्व सम्मेलन काठमाडौंमा हुँदैछ। काठमाडौंमा आउनु अगाडि शर्माले आफ्नो कर्मभूमि मध्यपूर्वका अभियन्तासँग छलफल गर्नेछन्।

अध्यक्षका प्रत्याशी शर्मा बहराईन पछी चेक रिपब्लिक, डेनमार्क, जर्मनी हुदै पोर्चुगल , स्पेन ,माल्टा ,ईटाली र फ्रान्सका प्रतिनिधि(डेलिगेट्स)संग छलफलमा सहभागि भएका थिए ।

बाध्यताले परदेशिनु परेका गैर आबासीय नेपालीको पीडा नै मेरो पीडा हो यसको निदानमा लाग्नु मेरा परम दायित्व हो – आर के शर्मा

गैर आवासीय नेपाली संघ (एनआरएनए)को आगामी महाधिवेशनमा अध्यक्षका उम्मेदवार राजेन्द्र कुमार (आरके) शर्माले सच्चा भिजनमा हिडेकाले यसपाली नेतृत्वमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

एनआरएनएलाई सहि दिशा र गति दिनको लागि सहि भिजन बोकेर हिंडेको भन्दै यसपाली आफुलाई नेतृत्वमा प्रतिनिधिले चुन्नेमा ढुक्क भएको बताएका हुन् । ‘पैसा, प्रभावले चुनाव जित्छु भनेर कसैले नसोचे हुन्छ’, माल्टाको एमसिदामा बुधवार साँझ आयोजित छ़लफलमा कार्यक्रममा उनले भने, ‘एनआरएनए पवित्र संस्था हो, संस्थालाई विवाद होइन एकताबद्ध बनाउन सच्चा भिजन लिएर चुनावी मैदानमा आएको छु, चुन्नु होला भन्ने अनुरोध छ ।

शर्माले नेपालीको संख्या धेरै भएका देशमा ६ महिनाभित्रै नेपाली दूताबास स्थापना गर्न सक्दो सहयोग गर्ने बताए । पोर्तुगल, माल्टा लगायतकादेशमा ६ महिनासम्म नेपाली दूताबास खोल्न आफुले सक्दो पहल गर्ने प्रतिबद्धता जनाए ।

उनले देश छाड्ने रहर कसैलाई नहुने भन्दै चिन्ता लिएर विदेशीएका नेपालीहरुले समृद्ध नेपाल देख्न चाहेको बताए। सामुहिक लगानी प्राधिकरण बनाएर देश विकासमा सहयोग गर्ने योजना कार्यान्वयन गर्ने बताए ।

‘अब आर्थिक क्रान्ति गर्न जरुरी छ, पठाएको रेमिट्यान्स, राष्ट्रिय गौरवका योजनाहरु बनाउन तालमेल गर्न ढिलो भएको छ’ शर्माले भने, ‘हामी लाग्यौँ भने वर्षको १३ खर्ब रेमिट्यान्स पठाउँदै गर्दा १० वर्षमा हामीले १० प्रतिशत सामुहिक लगानी गरेमा पनि १३ खर्ब पुँजी सृजना हुन् सक्छ, त्यसमा हजारौ रोजगारी सृजना हुन्छ ।

बाध्यताले परदेशिनु परेका सबै गैर आबासीय नेपालीका कुनै पनि प्रकारका समस्याहरूलाई आफ्नै ठानेर काम गर्ने प्रतिबद्धता यूरोपका डेलिगेट्सहरूसंग गरेका छन् l

Please follow and like us: