महिला फोरम नेदरल्यान्ड्सले मनायो भब्य् रुपमा नारी दिवस

नयाँ कुरा , बुधवार ,८ मार्च ,आमस्त्रडम,
गैर आबसिय नेपाली संघ-महिला फोरम नेदरल्यान्ड्सले ११३ औ अन्तरराष्ट्रिय महिला दिबस रमणिय स्थलको भ्रमण एबम लामो समयदेखि नेदरल्यान्ड्समा बसोबास गरिरहनु भएका अग्रज महिला हरुलाई सम्मान कार्यक्रम गरी आईतवार भब्य रुपमा मनाएको छ।
“लैंगिक समानताको बलियो आधार:सृजनात्मक प्रविधिमा महिला पहुँचको बिस्तार” भन्ने नारा सहित ११३ औ अन्तरास्ट्रिय श्रमिक महिला दिवसको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा,दिदीबहिनी हरुको स्वास्थ्य,रोजगारि तथा सुख र समृद्धिको कमाना गरेका छन।
११३औँ अन्तरास्ट्रिय श्रमिक महीला दिवसको अबसर पारेर एनआरएनए महिला फोरम नेदरल्यान्ड्सले गत आईतवार ५ मार्चका दिन नेदरल्यान्ड्सको Alpen aan de rijn  स्थित Vogelpark Avifauna (bird zoo) को भ्रमण गरेका हुन।
फोरमका दिदिबहिनी र बालबच्चा सहित करिब ६० जनाको बाक्लो उपस्थिति रहेको थियो।भ्रमणको अवसर पारेर पहिलोपटक महिला फोरमले नेदरल्यान्ड्स लाइ लामो समयदेखि कर्मथलो बनाउदै आउनु भएका अग्रज महिलाहरु लाइ सम्मान गरेको छ।सम्मानित महिला हरुलाई महिला संयोजक चन्दना खड्का र पुर्ब महिला संयोजक द्वय अर्चना पाण्डे निरौला र राधा देबी शर्मा कंडेलले संयुक्त रुपमा खादा ऒढाएर मायाको चिनो प्रदान गर्नु भएको थियो।
उक्त अवसरमा महिला संयोजक चन्दना खड्काले अन्तरास्ट्रिय नारि दिवसको अबशरमा सम्पूर्ण दिदिबहिनि हरुमा शुभकामना व्यक्त गर्दै अन्य थुप्रै छुट्नु भएका अग्रज हरुलाई आगामी दिनमा कुनै एक कार्यक्रमको आयोजना गरेर सम्मान गरिने बताउनु भयो।सम्मानित महिला हरुले एनआरएनए नेदरल्यान्ड्स महिला फोरम बाट सम्मानित हुन् पाउदा गर्वान्वित भएको भन्दै खुसि व्यक्त गर्नु भएको थियो।सम्मानित हुनुहुने अग्रज महिला हरुमा लक्ष्मी गैरे,संगीता गुरुङ,रत्न शर्मा अर्याल,पुष्पा क्षेत्री र भुमति गुरुङ हुनुहुन्छ।
भ्रमणकै अबशर पारेर पार्कमा फागुपुर्णिमा को अबशर पारेर एक आपसमा रंग आदानप्रदान गर्दै महिला दिदि बहिनि हरुले होलि मनाएका थिए।साथमा नेपाली मादल र खैजडी बजाउदै बजाउदै नाच्दै,गाउदै मिठा-मिठा परिकार र सेलरोटी खाएर रमाइलो गरेका थिए।भ्रमण अत्यन्तै मनोरन्जनात्मक र् फलदायी रहेको महिला फोरम संयोजक चन्दना खद्काले बताउनु भएको छ।
उक्त कार्यक्रमलाइ सफल बनाउन अहोरात्र खट्नुहुने सम्पूर्ण दिदिबहिनी हरु,आर्थिक सहयोग गरेर थप हौसला र् उत्साह प्रदान गर्ने सहयोगी हात हरु प्रती महिला फोरुम नेदरल्यान्ड्सले हार्दिक आभर एवं धन्यवाद ब्यक्त गरेको छ।
गत बर्ष पनि महिला फोरमले अन्तरास्ट्रिय महिला दिवसको अवसर पारेर भ्रमण कार्यक्रम गरेर मनाएको थियो।
Please follow and like us: