गैर आवासिय नेपाली संघ युरोप क्षेत्रिय १५ औ सम्मेलन चेक गणतन्त्रको राजधानी प्राग शहरमा हुने

नयाँ कुरा,आईतबार ,
५ मार्च ,आमस्ट्रडम,

गैर आवासिय नेपाली संघ युरोप क्षेत्रले मे ५ देखि ७ मे सम्म युरोपको मध्य क्षेत्रमा अबस्थित चेक गणतन्त्रको राजधानी प्राग शहरमा “Partnership for Progress ” भन्ने  मुल नाराका साथ १५ औ युरोपियन क्षेत्रिय सम्मेलन तथा १३ औ महिला सम्मेलन गर्ने भएको छ ।

 

 

गैरआवासिय नेपाली संघ युरोप क्षेत्रले सार्वजनिक गरेको प्रेस बिज्ञप्ति जस्ताको त्यस्तै-

गैरआवासिय नेपाली संघ युरोप क्षेत्रको
प्रेस बिज्ञप्ति
०४/०३/ २०२३ युरोप क्षेत्र
प्रिय पत्रकार मित्रहरु,  सम्बन्धित संचार गृहहरु,
प्रगतिका लागि पार्टनरसिप “Partnership for Progress ” भन्ने  मुल नाराका साथ गैर आबासीय नेपाली संघ युरोप क्षेत्रले येही आउदो मे ५ देखि ७ तारीकका दिन युरोपको मध्य क्षेत्रमा अबस्थित मुलुक चेक गणतन्त्रको राजधानी शहर प्रागमा १५ औ युरोपियन क्षेत्रिय सम्मेलनको आयोजना गरि रहेको जानाकारी गराउन चाहन्छौ । युरोप क्षेत्रले भेला आयोजनाका निमित्त आन्तरीक तयारी हरुमा क्रमबद्द काम गरिरहेको छ र यो भेलामा युरोप क्षेत्र र संसारभरिका बिभिन्न देशहरवाट करिव ४०० गैर आवासिय नेपाली अभियन्ताहरू र अतिथि तथा  पर्यवेक्षेकहरूको  सहभागिता हुने आलंकन गरिएको छ ।
यो वीचमा तयारी समितीले केहि महत्वपुर्ण बिषयहरुको तयारी पनि पुरा गरिसकेको छ।
भेला आयोजनाका निमित्त क्षेत्रीय संयोजक द्वयको अध्यक्षतामा गठन गरिएको मुल आयोजक कमिटीमा  युरोप क्षेत्रका पधाधिकारीहरु , क्षेत्रबाट प्रतिनिधित्व गर्ने अन्तराष्ट्रिय समन्वय परिषद सदस्यहरु , सम्बन्धित रास्ट्रिय समन्वय परिषदका अध्यक्ष्य र महासचिब हरुलाई पदेन सदस्यको रूपमा रहनु भएको छ भने , युरोप क्षेत्रमा रहनुभएका अन्तराष्ट्रिय पदाधिकारीहरु लाइ  पदेन सल्लाहकारको रूपमा चयन गरिएको छ। साथै,  समितिको सदस्य सचिबको जिम्मेवारी बिगतको परम्परा लाइ निरन्तरता दिदै आयोजक राष्ट्रका अध्यक्ष येदु राम पन्थी लाइ दिइएको छ।  भेलाको तयारी कार्यको समन्वयका लागि युरोप क्षेत्रका पदाधिकारीहरू र चेक गणतन्त्रका अध्यक्ष  र आइसिसी सदस्य रहेको स्टेरिङ्ग  कमिटी गठन गरिएको छ। स्टेरिङ्ग  कमिटीको सदस्य सचिवको जिम्मेवारी  चेक गणतन्त्र बाट आईसीसीमा  प्रतिनिधित्व गर्ने सदस्य  चिरन्जिवी खड्का (पीएचडी) लाई  दिइएको छ।
प्रिय पत्रकार मित्रहरू, संचार गृहहरु ,
गैर आबासीय नेपाली संघ पछिल्लो अवधिमा निकै कठिन परिबेश वाट गुज्री रहेको छ। त्यसैले हाम्रा सामु थुप्रै चुनौतीका पहाडहरु छन।  एकातर्फ हाम्रा आफ्ना कार्यक्रमहरुको निरन्तरताका बिषयहरु छन् भने अर्को तर्फ संस्थागत शाख लाइ वचाउन र एकिकृत अभियानको रूपमा अघि बढाउन हामी वीच बृहत्तर एकताको आबश्यकता छ । संघले  अहिले सम्म आर्जन गरेको बिश्वासको बाताबरण लाइ जोगाउनुपर्ने दाईत्व पनि आज हाम्रो काँधमा आइपरेको छ। यो असहज र  चुनौतीपुर्ण  परिस्थितीमा हामीले आपसका स-सना मतभेदहरूलाइ बिर्षदै  सवै गैर आबासीय नेपालीहरु वीचको वृहत्तर एकता हुनेछ भन्ने बिश्वास हामीले लिएका छौ र  त्यसै अनुरूप सहकार्यको लागि  हामी बिशेष जोड दिदै एकताको वातावरण तयार पार्नको लागि हामी प्रतिवध्द भएको कुरा जानकारी गराउन  चाहन्छौ ।
गैर आबासीय नेपाली संघ जस्तो संस्थाले डायस्पोरामा  आफ्नो समुदायका सवै संघ संस्थाहरू संग सहकार्य गरदै सवैको सह-अस्तित्व र सहमतिको आधारमा अघि बढ्नु नै आजको आवस्यकता हो भन्ने मानेको छ। त्यसैले सरोकारका सवै पक्ष संग सहकार्यको आधारमा अघि बढ्दै नेपाल र नेपालीहरूको प्रगतीको  सुनिश्चितता गर्नकै लागि  क्षेत्रिय भेलाको मुख्य नारा  “पार्टनरसिप फर प्रोग्रेस”  राखिएको हो । यो भेलाले यहि सन्दर्भमा आफ्नो कार्यसम्पादन गर्दै नेपाल र नेपालीहरूको  प्रगतीको पक्षमा अर्को एक इट्टा थप्ने विश्वास रहेको छ।
यो क्षेत्रिय भेला प्राग शहरको Hotel International in Prague, Koulova 15, 16000 Praha 6, Czech Republic  मा सम्पन्न हुनेछ। भेलामा भाग लिनको लागि युरोप तथा युरोप बाहिर रहेर गैर आवासिय नेपालीको अभियानमा सक्रिय रहनु भएका सम्पुर्ण अभियन्ताहरूलाइ हार्दिक आमन्त्रण गर्न चाहन्छौ। क्षेत्रिय भेलामा सहभागि हुनको लागि लाग्ने शुल्क निम्न अनुसार रहनेछ।
साधारण प्रति व्यक्ती शुल्क – १५० युरो
परिवार दुइ व्यक्ती   संयुक्त शुल्क -२५० युरो
महिला र युवा, संचारकर्मी, स्थानिय सदस्यहरू  प्रति व्यक्ती -१०० युरो
कार्यक्रम स्पोन्सरसिप गर्नका लागि निम्नानुसारको व्यवस्था गरिएको छ।
Sponser Type Amount(€)
Event Partner – 6000
Event co-partner- 4000
Platinum partner – 2500
Sponser Type         Amount(€)
Diamond Partner  -1000
Gold – 500
Supporter  -200
भेलामा मुख्य रूपमा सवै गैर आवासिय नेपालीहरू विचको एकता, नेपाली सामानहरूको प्रवर्धन, नेपालमा संभावित संयुक्त लगानी, एनसिसीहरूको प्रभावकारि भुमिका महिला समस्याहरू, युवा सिर्जनशिलता युवा इन्टरप्रेनरसिप तथा ज्ञान सिप र पूँजीको  मातृभूमिमा  स्थानान्तरणका बिषयमा बिशेष छलफल हुनेछ भन्ने जानाकारी  गराउन चाहन्छौ।
अन्तमा, भेला लाइ सफल तुल्याउनका निमित्त यहाँ अबस्थित क्षेत्रीय पदाधिकारी हरुको बैठकले बिभिन्न समिति , उपसमितिको गठन प्रक्रिया संगसंगै भेला लाई चुस्त बनाउनका निमित्त सरोकार राख्ने व्यक्तिहरु तथा निकायहरु संग छलफल गरिरहेको छ। छलफलवाट आउने सुझावहरूका आधारमा क्षेत्रिय सम्मलेलनका  छलफलका बिषयहरूको व्यवस्थापन गरिनेछ र त्यस अनुरूप  केन्द्रिकृत कार्यक्रमहरु छिट्टै सार्बजनिक गरिनेछ। कार्यक्रमको सफलतामा यहाँहरूको सकारात्मक भूमिका संगै सहकार्यको समेत अपेक्षा गर्दछौ।
हार्दिक धन्यवाद।
चिन्ता मणि सापकोटा
युरोप संयोजक
सन्तोष भट्टराई
संयोजक युरोप क्षेत्र
युरोप भेला आयोजना समितिको अध्यक्ष
Please follow and like us: