संसदीय निर्वाचनमा भोट कसलाई र किन?  

 राजेन्द्र शर्मा (नेपाल प्रेमी),द हेग,शुक्रबार,११ नोबेमबर,

स्थानीय निर्वाचनमा गठबन्धनको जीत हारको समीक्षा, दोष, आरोप, प्रत्यारोपको रन्को सेलाउन नपाउदै राजनितीक पार्टीहरु संसदीय निर्वाचनमा होमिए। एउटा निर्वाचन लगत्तै अर्को निर्वाचनमा जानु पर्दा एक अर्कालाई खुलेर गाली गर्ने समय पनि भएन। गठबन्धन नगर्दा जे जति हात लाग्न सक्छ त्यही पनि गुम्ने, अर्को सँग सांठगांठ गर्ने समय पनि पर्याप्त नहुँदा पुरानै फुर्को समातेर पार लाग्ने आशाका साथ अहिले कांग्रेसले आफ्ना पुराना नेता कार्यकर्तालाई नजर अन्दाज गरेर माओवादी र नेकपा समाजवादीको गुणगान गाउदैछ भने उता कम्युनिष्टहरु पनि नेपाली कांग्रेसको गुणगानमा ब्यस्त छन।  

टाउकोको मुल्य तोक्ने र टाउको छिनाउनेहरुको अनौठो गठबन्धन एकातिर छ भने उता राजावादी र गणतन्त्रवादिको गठबन्धनले राजनीतिको नाउमा हुने ठगबन्धन नौटंकीको उजागर गरेको छ।  ` 

स्थानीय निर्वाचनमा महत्त्वपूर्ण र सर्वाधिक चासोका क्षेत्रमा केही स्वतन्त्र व्यक्तिहरुले अनपेक्षित जीत हात पारेको देखेर संसदीय निर्वाचनमा पनि धेरै स्वतन्त्र उम्मेदवारहरु चुनावी मैदानमा होमिएका छन्। स्वतन्त्र मध्येका केही रिसले, कोही प्रतिशोधले, कोही टिकट नपाएको कुन्ठाले, कोही अन्तिम समयमा पार्टी प्रवेश गरी छिर्के हानेर अवसरबादी उम्मेदवार भएका छन भने कोही भने सांच्चिकै राजनीति गर्न लायक तर पार्टीमा भएका बेथितिका कारण कुनै दलमा आवद्द नभै स्वतन्त्र उम्मेदवार पनि छन।          

गठबन्धनको आडमा चुनाव लड्नेहरुलाई आफ्नो शक्ति वा प्राप्त मत कति हो भन्ने थाहा पनि हुँदैन। थाहा पाउने मापदण्ड पनि छैन। सबै दलले प्राप्त गरेको समग्र मतमा डुबेर पिसावको तातोमा बसेर न्यानोपनको अनुभव गर्नु बाहेक अर्को विकल्प दलहरुमा छैन। 

राजनीति भनेको निरन्तरको अभ्यास  प्रकृया होपरिवर्तन एकै पटक सम्भव हुँदैन भन्ने कुरालाई आत्मसाथ गर्न नसकि दलिय व्यबस्थामा छुट्टाछुट्टै पार्टीको निति, सिद्दान्त र दलीय संसदीय प्रणाली अवलम्बन गरेको संबैधानिक मूल मर्म समेतलाई लत्याउदै एक पटकको चुनावको परिणाम नै पुरै जीवन र सिङ्गो राज्य व्यबस्थाको जित हार सँग तुलना गरेर चुनावको नाममा  गठबन्धनको नाङ्गो नांच देखाउनु सोझै राजनीतिक ठगी गर्नु हो। कुनै पनि दलले दलिय निती  सिद्दान्तमा अडिक नरही केवल व्यक्तिगत स्वार्थको लागि खेलिएको राष्ट्रघाती खेलको परिणाम सर्वसाधारणले भोग्नु परेको छ। 

निर्वाचन के हो र किन हुन्छ? 

लोकतन्त्रमा निर्वाचन भनेको आफ्नो इच्छा अनुकुलको आफ्नो प्रतिनिधि वा सरकार आँफैले बनाउनु हो। निर्वाचनमा उठेका जति सबै उम्मेदवारले जित्न  सम्भव छैन तर प्रत्येक मतदाताको प्रयत्न के रहन्छ भने आफ्नो व्यबहार,सिद्दान्त  अवस्था अनुकुलको प्रतिनिधी वा सरकार बनोस।  

कुनै पनि निर्वाचित प्रतिनिधि वा सरकार समयक्रम सँगै सत्ता  शक्तिको आडमा निरंकुश हुन सक्ने खतरालाई रोक्नको लागि आवधिक निर्वाचनको व्यबस्था गरिएको हो। निर्वाचित सरकारबाट गरिएका कार्य  परिणामलाई मुल्यांकन गरेर पुननिरन्तरता दिने वा अर्कोलाई मौका दिने भन्ने निर्णय गर्ने मतदातामा निहित अधिकार प्रयोग गर्ने सुनौलो अवसर हो निर्वाचन। यस्तो अवस्थामा मतदाताले आफुले पूर्ण विवेक प्रयोग गरी स्वतन्त्र भै मतदान गर्नु पर्दछ। हचुवाको भरमा वा लोभलालचडर त्रासबाट गरिएको मतदान बाट आउने  बर्षको अवधिमा दास बन्नु पर्ने अवस्था आउन सक्छ।   

भोट कसलाई दिने ? 

सामान्यतया भोट हाल्दा राम्रो ब्यक्तिलाई हाल्नु पर्छ भनिन्छ। कुरा ठिकै हो। तर संसदीय निर्वाचनमा भोट हाल्दा अलिकती थप बुद्दी र विवेक पुर्याउने पर्ने हुन्छ। संसदबाट नितीनियम  कानूनहरु पारीत हुने हुँदा मतदाताले प्रतिनिधि चुन्दा उम्मेदवारको पार्टीको सैद्दान्तिक निती समेतलाई ध्यानमा राखेर चुन्नु पर्ने हुन्छ। कुनै खास उम्मेदवार जतिसुकै सक्षमइमान्दार  राम्रो भए पनि पार्टीको केन्द्रीय नेतृत्वमा भएका ब्यक्तिहरुको इच्छा  निर्देशन बमोजिम नितिहरु पारीत हुने हुँदा व्यक्तिको प्रभाव त्यति धेरै नपर्न सक्छ।  

पार्टीको मूल सिद्दान्तको आधारमा भावी निती, कार्यक्रम  ऐन कानून पारीत गर्ने कोशीस गरिन्छ। स्वतन्त्र रुपमा वा सानो कुनै दलबाट चुनाव जितेर जाने प्रतिनिधिको एकल पहलमा कुनै निती, नियम, वा विधेयक पारीत हुन नसक्ने हुँदा यिनिहरुको खासै प्रभाव हुँदैन। प्रस्तावित बिषय वस्तुमा छलफल हुँदा २-  संख्याको भोटमा तलमाथि पर्ने भएमा भने यिनिहरु आर्थिक चलखेलको प्रभावमा परेर वा कुनै पदको मोलाहिजा गरेर कुनै एउटा दललाई समर्थन गर्न पुग्छन। त्यतिबेला तपाईं हामीले राम्रो व्यक्ति भनेर चुनेर पठाएको व्यक्तिले हाम्रो मत माथि कुठाराघात गर्न पनि सक्छ। तसर्थ कुनै असाधारण  क्षमता भएका  विश्वास गर्न पर्ने वा सकिने कुनै बिशेष  भरपर्दो आधार भएका कुनै खास व्यक्तिलाई बाहेक संसदीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई छान्नको खासै अर्थ रहन्न।  

निर्वाचनको अर्थ आफु अनुकूलको सरकार वा प्रतिनिधि चुन्नु वा चुन्ने प्रयत्न गर्नु हो भन्ने कुरा  माथि नै भनियो।  

आफ्नो अनुकूलको सरकार कसरी चुन्ने यसको लागि मतदाताले सबै भन्दा पहिले आँफैलाई सुन्न  चिन्न सक्नु पर्छ। मतदाताले आँफैले के चाहेको होत्यो पहिले आँफैमा प्रष्ट हुनु पर्छ। यति गर्न सक्यो भने मतदाताले मतदान गर्नु पर्ने वा गर्न नहुने राजनीतिक पार्टीको पहिचान सहज रुपमा हुनेछ। 

के तपाईं तलका मध्ये कुनै एक वा सबै कुरा चाहनु हुन्छ 

 – राजनीति भर्ती केन्द्रको रुपमा रहेको प्रदेश संरचनाको खारेजी चाहनु हुन्छ 

 – राजसंस्था सहितको संसदीय व्यबस्था चाहनु हुन्छ 

 – नेपाललाई पुनहिन्दू राष्ट्रको रुपमा देख्न चाहनु हुन्छ 

 – के तपाईं राज्यव्यबस्थाका हरेक तहमा दलिय, जातिय, धार्मिक वा अन्य आरक्षण वा कोटा प्रथाको 

    अन्त्य चाहनु हुन्छ?        

 

यति कुरामा तपाईं पहिले आफु स्पष्ट हुन सक्नुभयो भने तपाईंले अरु कसैलाई नसोधी आँफैले कसलाई मतदान गर्ने भन्ने कुरा स्पष्ट हुनेछ।  

यदि माथिका  बुंदा मध्ये सबै वा एक चाहनु हुन्छ भने अहिलेको अवस्थामा तपाईंले कुनै पनि हालतमा मतदान गर्न नहुने निम्न पार्टीहरु छन जसले यि कुराहरुलाई सिद्दान्तत  नितिगत रुपमै निरन्तरता दिन चाहन्छन।  

नेपाली कांग्रेसने  पा एमालेने  पा समाजवादीने  पा माओवादी केन्द्रजसपातमलोपा।  

जुन कुरा तपाईं आँफैले चाहनु हुन्न त्यहि कुरा गर्छु भनेर खुलेआम रुपमा गर्जन गर्ने पार्टी वा पार्टीका उम्मेदवारलाई भोट दिनु भनेको आफ्नै खुट्टामा आँफैले बन्चरो हान्नु हो। 

युवाहरुका ढुकढुकीका रुपमा उदाएका रवी लामिछनेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि तपाईंले ढुक्क भएर रोज्ने अवस्था छैन। रवी लामिछानेले यस भन्दा अगाडि गरेका सामाजिक न्यायका कार्यहरु उल्लेखनीय छन। तर यस पटक उनि सामाजिक व्यक्तिका रुपमा नभै राजनीतिक व्यक्तिको रुपमा तपाईं हामी माझ आएका छन। राजनीतिमा पार्टीले लिएको सिद्दान्त  नितीको महत्वपूर्ण भूमिका हुन्छ।  

यि माथि उल्लेखीत बुंदाहरुको बारेमा रवी लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टी मौन छ। उनले यो बारेमा झुक्किएर वा बिर्सिएर नबोलेको होइन। उनले यो बिषयमा बोल्न नचाहेर नबोलेका हुन। तसर्थ यदि तपाईं आफु माथि उल्लेखीत बुंदामा स्पष्ट हुनुहुन्छ भने राष्ट्रिय स्वतन्त्र पार्टी तपाईंको रोजाइमा पर्न मिल्दैन। 

माथिका बुंदाहरु मध्ये सबै वा कुनै एक चाहनु हुन्छ भने यस पटकको चुनावमा तपाईंको रोजाइमा पर्नु पर्ने तपाईंले मतदान गर्न मिल्ने एउटै मात्र पार्टी हलो चुनाव चिन्ह भएको रा.प्र.पा हो। रा.प्र.पा मात्र एउटा पार्टी हो जसले चुनावी घोषणापत्रमा स्पष्ट रुपमा उल्लेख गरेको  कि उनिहरुको बहुमत संसदमा भयो भने यि बुंदाहरुमा संसदबाटै पारीत गर्ने उद्घोष गरेको   

तपाईंलाई खीर खाने मन  भने कम्तिमा पनि पानीमा चामल उमालेको लाइन छोडेर दुधमा चामल उमालेको लाइनमा उभिनु पर्छ। तपाईं जहाँ उभिनु भयो उहीं खीर पाइने होइन। खीर बाड्ने लाइनमा तपाईं आँफै उभिनु पर्छ। 

शेर बहादुर देउवाके पि ओलीमाधव नेपालप्रचण्ड लगायत दलीय सिद्दान्तका बारेमा दिनभर भाषण गरेर नथाक्नेले सिद्दान्त मान्नु नपर्नेतपाईं सामान्य मतदाता, जसले पार्टीको एक ढिका नून पनि  खानु भएको छैनतपाईंले चै कहिल्यै पनि आफ्नो मत बदल्न नसक्ने हो भने देश बदलिने सपना देख्ने अधिकार तपाईंलाई छैन।

तसर्थ , तपाईं पहिले बदलिनुस्, तपाईंको मत बदल्नुस् देश आँफै बदलिन्छ।
बदलिएन भने ५ बर्ष पछि तपाईंले आफ्नो मत पुन: बदल्नु पर्ने हुन्छ। कम्तिमा पनि यस पटक यस अगाडि नै मौका पाएर पनि काम नगरेकाहरुलाई पुन दोहोर्याउने काम गर्नु हुँदैन।
!!! जय जनता, जय मतदाता !!!
Please follow and like us: