विचार प्रसँग – स्थानीय निर्वाचनमा भोट कसलाई र के को आधारमा? 

राजेन्द्र शर्मा(नेपाल प्रेमी ), द हेग ,मंगलबार ,

स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार विजेता बने पनि वा कुनै दल विशेषका उम्मेदवार बहुमतले विजेता बने पनि वर्तमान नियम, कानून, विधी, विधान लगायत नितिगत व्यबस्थालाई परिवर्तन गर्न सक्दैन। स्थानीय निकायले विधमान कानूनी व्यबस्थालाई नियमन र कार्यन्वयन सम्म गर्न सक्ने हो।

निर्वाचन राजनैतीक दलहरुको लागि एउटा परिक्षणको घडी पनि हो। जब कुनै सैद्दान्तिक र नितिगत मेल नभएका पार्टीहरु विचमा केवल चुनाव जित्ने प्रयोजनको निमित्त मात्र तालमेल बन्छ यो सरासर दलीय व्यबस्ताको प्रतिकूल हुनुको साथै यो सर्वसाधारणहरु माथि भएको राजनैतीक ठगी हो।

छुट्टाछुट्टै दल खोलेर मिलिजुली चुनाव लडेर निर्वाचन पश्चात मिलीजुली खाने यो व्यबस्था “काले काले मिलेर खाउं भाले” हो। यसको सशक्त प्रतिकार गरौं।

जीवनभर एउटा पार्टीको समर्थनमा गाउंघरमा इष्ट मित्र साथी भाई हरुसँग शत्रुता गरेर बस्ने हरुलाई थाह छ कि छैन तपाईंहरुका नेताहरुले पदीय स्वार्थको लागि पटक पटक दल परिवर्तन गर्दै आफ्नो स्वार्थ पूरा गरेको? उनिहरुलाई सिद्दान्तको कुनै अर्थ नहुने तपाईंहरु चै आफ्ना, पराइ, असल, खराव छुट्ट्याउने विवेक गुमाएर कट्टर सैद्दान्तिक बनिदिनु पर्ने?

भोट कसलाई हाल्ने?  

के तपाईं वर्तमान सरकारका काम कार्य सँग सहमत र सन्तुष्टी हुनुहुन्छ? हुनुहुन्छ भने तपाईंको स्थानीय सरकार चलाऊने पार्टी वा व्यक्तिलाई भोट गरेर निरन्तरता दिनुस्। यदि सन्तुष्टी हुनुहुन्न भने तपाईंले अर्को रोज्ने बेला यही हो।

अर्को कसरी कुन आधारमा रोज्ने?  

के तपाईं कुनै व्यक्तिको व्यतिगत योग्यता, कार्यक्षमता र इमान्दारिताको आधारमा भोट दिन चाहनु हुन्छ? यदि चाहनुहुन्छ भने कसैको दवावमा नपरी निर्धक्क गोप्य मतदान आफुले रोजेको व्यक्तिलाई दिनुहोस्।

के तपाईं कुनै दल विशेषको उम्मेदवारलाई भोट दिन चाहनुहुन्छ? त्यसो भए गत ५ बर्षमा केन्द्रीय वा प्रदेश सरकारमा नेतृत्व गरेको तर स्थानीय सरकारमा नेतृत्व नगरेको पार्टी मध्ये कुनै खास दलको कार्यशैली प्रति सन्तुष्ट र आशावादी हुनुहुन्थ्यो? यदि हुनुहुन्थ्यो भने अहिले उस्लाई रोज्नुहोस्।

के तपाईं अहिले नेतृत्वमा रहेका र पहिले नेतृत्वमा रहेका व्यक्ति र पार्टी प्रति सन्तुष्टी र आशावादी हुनुहुन्न?

अहिले सम्म सुन हो भनि भ्रममा परेर परिक्षण बाट सुन त के पित्तल पनि होइनन भन्ने पुष्टी भैसकेका दलहरुका विचमा परिक्षण हुनै बाँकी अहिलेको रोजाइ हलो चुनाव चिन्ह भएको रा.प्र.पा परिवर्तनको सम्बाहक हुन सक्छ। नचाखी स्वाद थाह हुँदैन।

पुनश्च: स्थानीय निर्वाचनमा पार्टी भन्दा व्यक्ति रोजौं। चाहे जुनसुकै पार्टी विचको किन नहोस् चुनावी तालमेल राजनैतीक ठगी हुँदा त्यसलाई बहिष्कार गरौं। स्वतन्त्र होस वा दलीय एकल क्षमता र लोकप्रियताको साथमा चुनावमा आउनेलाई मतदान गरौं।

स्वविवेकले मतदान गरी असल र जिम्मेवार नागरिकको कर्तव्य पूरा गरौं।

Please follow and like us: