राजेन्द्र शर्मा द हेग बुधवार,
जीवन एउटा चक्रव्युह हो। जुन जन्मबाट शुरु हुन्छ र मृत्युमा टुङ्गिन्छ।
प्राणी जगतमा जन्म पछि को सत्य मृत्यु नै हो। विच विचमा हुने घटना दुर्घटना, माया प्रेम परिवार साथीभाइ हरु क्षणीक मायावी हुन।
मृत्यु पछिको गन्तव्य खासै कसैलाई पनि थाहा हुँदैन। जहाँ गइन्छ एक्लै गइन्छ। कसैको साथ हुँदैन।
धन, दौलत आवश्यकता पुरा गर्ने साधन मात्र हो। जे जति उपभोग गरिन्छ गरिन्छ। बाँकी छोडेर जाने हो। चाहे थोरै होस वा जति सुकै धेरै होस् साथमा लिएर जान मिल्दैन।
साथमा लाने भनेको जीवनमा गरेका राम्रा नराम्रा कर्मको फल मात्र हो।
छोडेर जाने भनेको आफुले गरेका परोपकारी कृति, मिठा, राम्रा नराम्रो कर्तव्यको परिणाम र त्यसको सम्झना मात्र हो।
तसर्थ, सकिन्छ कसैको भलो गरौं। सकिदैन कुभलो गर्नमा साधन, श्रोत र समय वर्वाद नगरौं।
जहिले सम्म बांचिन्छ, सत्कर्म र परोपकारी काम गरौं। असक्तहरुमा दान गरेर पुन्य कमाउं । आत्मा शान्तीको लागि भक्ति आराधाना गरौं।
यसै भनाइको सारलाई लयवद्द गरी भजनको रुपमा गरिएको प्रस्तुति;
सबै छोडि, मरी जाने हो,
पाप, धर्म, कर्मको फल लाने हो।
………… जिन्दगीको चक्र व्युह, जन्म पहिलो चरण
………… अन्तिम सत्य सबैले, भोग्नै पर्छ मरण ।।
जन्म मृत्यु, जीवन चक्र,
भक्तिले पार तरिन्छ, नत्र अलपत्र
………… साथी, भाई, इष्ट, मित्र, हुन्छन एकछिन जम्मा
………… परिवारको साथ हुने हो, तेह्र दिन सम्म।।
विदाइ गर्न पुग्छन घाटमा,
सबै जना फर्की आउछन, कोही जांदैन साथमा।
………… दुखीजनमा यथासक्य, गरौं मनले दान,
………… जति धेरै धन भए नि, मिल्दैन साथ लान।
सेवा गरी, कमाउं पुन्य,
दान, धर्म विना जीवन, हुन्छ शुन्य।
………… कहिले पनि पुग्ने होइन, धनमा धन थप्दा,
………… मनमा शान्ती आउंछ बरु, रामकै नाम जप्दा।
जपौं हरी, शुद्द मनैले,
कुरा बुझौं दिलमा चयन, छैन धनैले।
………… यो जगतमा कोही पनि, छैन अजम्मरी,
………… गरौं कर्म मृत्यु पछि, कृति हुने गरी।
सबै छोडि, मरी जाने हो,
पाप, धर्म, कर्मको फल लाने हो।