बच्चाबाजी,अमेरिका र तालिबान

सज्जन राज पोखरेल ,काठमाडौं-

अमेरिकाले अफगानिस्तान छोडिसकेको छ । अहिले अफगानिस्तान तालिबानको कब्जामा छ । अफगानिस्तानका राष्ट्रपति अशरफ घानीपनि देश छोडेर भागिसकेका छन्, र तालिबानले आफ्नै राष्ट्रपति पनि घोषणा गरिसकेको छ । सन् १९९६ देखि २००१ सम्म अफगानिस्तान तालिबानको कब्जामा थियो । अन्तर्राष्ट्रिय दवाब र युद्ध सँगै मुख्य गरि अमेरिकाको नेतृत्वमा सन् २००१ मा तालिबानलाई परास्त गरि अमेरिकाले अफगानिस्तानको सत्तामाथि हातलिएको थियो । त्यस युद्धमा ट्रिलियन डलर भन्दा बढी पैसा खर्च भएको थियो ।

यी सब हुँदाहुँदै पनि कुनै पनि हिसाबले अफगानिस्तानको प्रगति हुन सकेन । मानव अधिकारका अधिकांश सूचकांकमा अफगानिस्तान सँधै पुछारमा रहन्थ्यो र छ । सन् २०२१ आए सँगै पुनःअफगानिस्तानमा तालिबानको सत्ता फर्केको छ । अहिले लगभग २ महीना भयो तालिबानले सरकारको नेतृत्व गरिरहेको छ ।

सन् १९९६ मा आफगानिस्तानमाथि तालिबानको सत्ता थियो, त्यो समयमा“बच्चाबाजी” जस्तो भयानक र क्रुर संस्कृतिमाथि तालिबानले धावा बोल्दै यो क्रियाकलापमा प्रतिबन्ध लगाएको थियो । शरिया कानूनलाई आधार मान्दै तालिबानले यो परम्परालाई रोकेको थियो । बच्चाबाजी भनेको भर्खर किशोर अवस्थामा रहेका केटाहरुलाई नर्तक बनाई उनीहरु माथि यौन शोषण गरिनु हो । आर्थिक रुपले विपन्न परिवारका मानिसहरुलाई लोभ र लालच देखाई, त्यस्ता परिवारका साना केटाहरुलाई यो क्रियाकलापमा सक्रिय बनाईन्थ्यो । यस्तो क्रुर कार्य अफगानिस्तानका उपल्लो वर्गका मानिसहरुले गर्थे, जो आर्थिक, समाजिक र राजनैतिक रुपले सम्पन्न थिए र छन् ।

Afghanistan: Executions will return, says senior Taliban official - BBC News

बच्चाबाजी कार्यमा प्रतिबन्ध लागे सँगै यो कार्य गोप्य रुपले गरिन थालियो । यसमा तालिबानका उच्च नेताहरु पनि संलग्न हुन्थे । सन् २००१ मा अमेरिका लगायत यूरोपियन मूलका देशहरुले अफगानिस्तान कब्जा गरेसँगै, सबैले यो बच्चाबाजीमाथि भएको प्रतिबन्ध कायम रहन्छ भन्ने अनुमान गरेका थिए । तर दुर्भाग्यवश, अमेरिकाले यो कानूनको बारेमा केही बोलेन । अमेरिकी सरकारी सेनाले देशमा आक्रमण गर्यो र सत्ता पनि हासिल गर्यो तर बच्चाबाजी संस्कृतिलाई बेवास्ता गरेको आरोप लागेपछि ठूलै विवाद उत्पन्न भएको थियो । अमेरिकी सरकारको यस विवादमा यस्तो भनाई रहेको थियो, “बच्चा केटाहरुमाथि भएको दुव्र्यवहार धेरै हदसम्म स्थानीय अफगान सरकारको जिम्मेवारी रहन्छ” भनेर पन्छियो ।

तालिबानले लगाएको प्रतिबन्धमा पनि अमेरिकी सरकारले यो अफगानिस्तानको सरकारले गर्ने निर्णय हो भन्दै पन्छिएको थियो । सन् २०१० डिसेम्बरमा विकिलिक्स जस्तो संस्थाले एउटा सूचनाको खुलासा गरेको थियो, जसमा डिनकर (म्थलअयचउ) का विदेशी ठेकेदारहरुले उत्तरी अफगानिस्तानको बच्चाबाजीमा थुप्रै पैसा खर्च गरेको भनेर सार्वजनिक गरिएको छ । डिनकर एक अमेरिकी सैन्य ठेकेदार कम्पनी  हो । एक उड्डयन कम्पनीको रुपमा सुरुवात गरिएको यस कम्पनीले उडान सञ्चालन, प्रशिक्षण, खुफिया प्रशिक्षण र आकस्मिक अपरेशन, सुरक्षा , र भूमिवाहनहरुको प्रशिक्षण र संबर्धन गर्छ । तालिबानको विभेदकारी कार्यमा धेरै विषयमा अमेरिकाले धावा बोलेता पनि यो विषयमा भने मौन रह्यो ।

महिलाको हकअधिकार र शिक्षा सम्बन्धिमा थुप्रै कार्य गरेको भन्दै मिडीयाको प्रयोग गरेर अमेरिकाले प्रोपागाण्डा फैलाएको थियो । केहीहदसम्म केटीहरु स्कूल जान लागेका पनि थिए । मलाला युसुफफजाई जस्ता पात्रले यो विषयमा ठूलै हंगामा पनि गरेका थिए । त्यसले उनलाई नोबेल शान्ति पुरस्कारबाट पनि सम्मानित गरिएको थियो । तर जब बच्चाबाजी जस्ता घृणित कार्यको प्रश्न आउँथ्यो अमेरिका चूप बस्थ्यो र साथसाथै यूरोप पनि । यो विषयमाथुप्रै मिडीयामा रिपोर्ट र आर्टिकल नछापिएका भने होइनन्, र थुप्रैले आलोचना पनि गरेका हुन् तर यस विषयमा केही पनि सफल कानून बनाउन अमेरिका र यूरोप चुकेको छ ।

अफगानिस्तानमा केटी सँगै सँगै केटाहरुलाई पनि उत्तिकै रुपमा बलात्कार हुन्छ । यो विषयमा खालेद हुसेनीको उपन्यास “दकाईट रनर” मा पनि  विस्तृत रुपमा लेखिएको छ । कसैको अधिकारको बारेमा बोल्दा वा लेख्दा अरुको अधिकार हनन हुन हुँदैन । यो विषयमा अमेरिका तथा यूरोप बोल्नै पर्छ र संसारका अरु देशले पनि आफ्नो विचार पोख्नै पर्छ ।

Please follow and like us: