नेपलि ब्यबसायी संघ नेदरल्यान्डसको दोस्रो अधिबेशन घोषणा

नयाँ कुरा, आमस्त्रडम ,शुक्रबार ,
नेपालि ब्यबसायी संघ नेदरल्यान्डसको बिहीवार बसेको समितिको पूर्ण बैठकले डिसेम्बर ६ तारिकका दिन भर्चुअल जुम मार्फत संघको दोस्रो अधिबेशन गर्ने मितीतय गरेको छ।

संघले नेदरल्यान्डसमा रहेका नेपाली मुलका ब्यबसायिहरुलाई एकबद्धता ,एक आपसमा सहयोग, सुचना आदान प्रदान गर्न कानुनी निती नियमहरु सहजिकरण गर्न अझ सँघका गतिबिधिहरु सरल र सजिलो बनाउन नेपालीमुलका सबै ब्यबसायिहरु लाई संघको निशुल्क सदस्यता हुन सक्ने निर्णय गरेको छ ।
कोरोना महामारिका बेला संघले गैर आवासिय नेपाली संघ सँग सहकार्य गर्दै परिवर्तित नेदरल्यन्द्स सरकारका नियमहरुलाई सामाजिक सन्जाल ,संघको व्हाटस अप ग्रुप र संचार माध्याम मार्फत जानकारी गराउदै आईरहेको छ ।
कोरोना महामारी कारण बर्तमान समितिले बिभिन्न सस्थाहरु सँग मिली संघका धेरै गतिबिधिहरु सुचना मार्फत जानकारी गराउदै आईरहेको छ । नेदरल्यान्द्स सरकार ले अब महामारीका निसेधित नियमहरु पूर्ण रुपमा खुल्ला भएकाले संघले गर्नु पर्ने धेरै कामहरु रहेकाले सम्भावान अबसर र चुनौति थेग्न सक्ने नेत्रित्वको खोजी रहेको बताइन्छ । अब हुने समिती सर्बसहमत बनाई आगामी दिनहरुमा नयाँ तथा पूराना ब्यबसायीहरुका समस्या चुनौती कानुनी झन्झट र अबसरहरुका बारेमा सामुहिक ब्यापक छलफल गर्नु पर्ने देखिन्छ ।

संघले अधिबेशन सम्पन्न गर्नका लागि बिभिन्न समितिहरु गठन गरेको छ । निर्वाचन सम्योजक सशि पौड्याल ,बिधान सम्योजक धन कुमार बोहोरा,निर्वाचन मुल आयोजक समिति सम्योजक श्रीराम कंडेल , सदस्य सचिब बेद राम कंडेल र सदस्यहरु टिकाराम सापकोटा केशब राज पाण्डे ,नारायण आचार्य , पदम बहादुर क्षेत्री ,धन कुमार बोहोरा ,सन्दिप काफ्ले ,सुनिल गुरुङ ,सुमन शर्मा रहेका छन ।

Please follow and like us: