कांग्रेसको निर्वाचन समिति संयोजकमा पूर्वमहान्यायाधिवक्ता यादव

काठमाडाैं- नेपाली कांग्रेसले पूर्वमहान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता महादेव यादवलाई नेपाली काङ्रेसको १४औ माहाधिबेशनका लागि निर्वाचन समितिको संयोजक बनाउने निर्णय गरेको छ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बुधबार बिहान बसेको कांग्रेस शीर्ष नेताको बैठकले निर्वाचन समितिको संयोजक यादवलाई बनाउने निर्णय गरेको हो।

समितिका संयोजक एवं राष्ट्रिय सभा सदस्य  राधेश्याम अधिकारीले केही दिन अघि उक्त समितिबाट राजीनामा दिएका थिए। उनको राजीनामापछि रिक्त रहेको पदमा यादवलाई नियुक्त गर्ने निर्णय भएको कांग्रेस नेता अर्जुनरसिंह केसीले बताए।

Please follow and like us: