पूर्वेली समाज नेदरल्यान्ड्सको सम्योजककमा नन्दा राई

नेदरल्यान्ड्स, अप्रिल १९ तारिखका दिन नेपालको पुर्वान्चल क्षेत्रको भाषा, कला,संस्कृति, पर्यटन प्रवर्धन गर्ने र प्राकृतिक बिपत्ति, आर्थिक र भौतिक समस्याहरुमा सहयोग गर्न सकियोस भन्ने उदेश्यका साथ नेदरल्यान्ड्समा बसोबास गर्दै आइरहेका नेपालको पुर्वान्चल क्षेत्रका नेपालीहरुलाई संगठित गर्ने अभिप्रायले नन्दा राईको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन भएको छ |

सदस्य सचिबमा निरज बिष्ठ सहित सदस्यहरुमा डम्वर कोइराला, अच्युत कट्टेल, प्रकाश शुब्बा, चन्दना खड्का, धर्म कार्की, अर्जुन अधिकारी, बिर्ख शुब्बा, डम्बर क्षेत्री र बिकाश पोख्रेल रहेका छन् | त्यसैगरी अनलाइन मार्फत भएको उक्त भेलाले पुष्प बरुवाल, डम्वर चुडाल, द्रोण रिजाल, शारदा बराइली, बर्षा खड्का, प्रकाश गिरी, चन्द्र पौडेललाई सल्लाहकार चयन गरेको छ | भेलाले संथाको बिधान तयार गर्न, दर्ता प्रक्रिया, वेबसाइट निर्माण, संथाको बैक खाता खोल्न र अधिवेशन सम्पन्न गर्नकालागी तदर्थ समितिलाई जिम्मेवारी दिइएको छ |

नेदरल्याण्ड्समा नेपाली समुदायको कान्छो सस्था भएको छ् । सम्योजकराई  ले यहारहेका संघ सस्था संग मिलेर  काम गर्ने  हाम्रा सम्बाददाता सङबताउनु भयो।

 

Please follow and like us: