नेदरल्यान्ड्समा लकडाउन र कर्फु हटाउदै डच सरकारले गर्यो घोषणा

नेदरल्याड्स, डच सरकारले कर्फ्यू हटाउदै कोरोनाभाइरस बिरुद्धको लकडाउन अन्त्य गर्ने दिशामा ‘पहिलो सतर्क कदमहरू’ घोषणा गरेको छ | आन्तरिक भ्रमणहरूलाई अनुमति दिँदै दिनको समयमा बार र क्याफेहरू खोल्न पाउने भएका छन् |

अहिलेको अवस्था भयङ्कर जोखिमपूर्ण छ तरपनि आधारभूत सामाजिक दुरी कायम गर्दै तनावका बाबजुत पनि यो पहिलो कदम चाल्न तयार रहेको डच कार्यवाहक प्रधानमन्त्री मार्क रुट्टले अप्रिल २० तारिखको पत्रकार सम्मेलनमा भने |

उनले यो कदम “जोखिमपूर्ण तर जिम्मेवार” हो किनकि संक्रमणको चरम दृश्यमा आउँदैछ, तर आधारभूत सामाजिक दूरीका नियमहरूको पालना गर्न जोड दिए। ‘ठूलो नियममा परिवर्तन भएको त छैन, तर पर्याप्त छ,’ ‘तनाव बढी छ तर हामी यसको बावजुद यो पहिलो कदम चाल्न तयार छौं।

हामी जोखिम बिना कुनै काम गर्न सक्दैनौं, तर ती जोखिमहरूको जिम्मेवारी हुनै पर्छ। ’रुट्टले भने। स्वास्थ्यमन्त्री ह्युगो दि योंगले सरकारले प्रत्येक वयस्कलाई जुलाईको शुरुमा कम्तिमा एउटा खोप डोज दिने वाचामा रहेको छ जानकारी गराए | अप्रिल २८ बुधबार ( २९ बिहिबार बिहान ४:३०) देखि लागु हुनेगरी , जनावरीको अन्त्य देखि लागू भएको कर्फ्यूको समाप्ति हुने भएको छ ।

टेरेस खुला बारहरू, क्याफेहरू र रेष्टुरेन्टहरू ग्राहकहरूलाई अप्रिल २८ तारिख देखि मध्य दिन १२ बजे देखि बेलुका ६ बजेसम्म सेवा प्रदान गर्न अनुमति दिइएको छ , तर दुई भन्दा बढी घरपरिवारका दुईजना व्यक्तिहरू सँगै बस्न पाउने छैन,तर एकै परिवारलाई भने नियम नलाग्ने र ग्राहकले अग्रिम वा ढोकामा बुक गर्नुपर्नेछ साथै उनीहरूको विवरण दर्ता गर्नुपर्नेछ, र एक क्याफेमा भौगोलिक अवस्था हेरेर अधिकतम ५० जनालाईमात्र अनुमति दिइएको छ । १.५ मिटरको सामाजिक दुरी कायम गर्दै ग्राहकलाई सेवा दिन सक्ने छन् | कलेजका बिद्यार्थीहरुका लागीभने अर्को हप्ता सोमबार देखि हप्तामा एक दिन कलेज जान दिईने भएको छ |

यदि परिस्थिति अनुकुल हुदै गएमा दिनहरु थप्दै जाने जनाइएको छ | पसलहरूले ग्राहकहरूलाई अर्को बुधवारदेखि अपोइन्टमेन्ट बिना नै प्रवेश अनुमति दिन सक्ने , तर संख्यामा भने प्रतिबन्ध लगाइएको छ। सानो पसलले एक पटकमा दुई ग्राहक लिन सक्नेछ, जबकि ठूलो पसलहरुले भने पसलको आकारको आधारमा ग्राहक लिन पाउने भएका छन् तर दुबैले भने ग्राहकहरुलाई सामाजिक दुरी कायम गर्नुको साथै मास्क अनिवार्य लगाउनु पर्नेछ | धेरै भीड भएका सार्वजनिक स्थानहरू अस्थायी रूपमा बन्द गरिएको छ |

नेदरल्यान्ड्समा अहिले सम्ममा १४२६२४३ जनामा कोभिडको सिम्टम देखिएपनि ११९०८२३ जना रिकोभर भएका छन् भने १६९८३ जनाको मृत्यु भैसकेको स्वास्थ्य मन्त्रालय अन्तर्गत कोरोना विभागले जनाएको छ |

Please follow and like us: