अमेरिकी मूल्य-मान्यतामा परिवर्तन आउँदै छ

अमेरिका अहिले साँच्चै संकटमा छ । हुन त अफ्रिकन अमेरिकीले अहिले चलाइरहेको नश्लीय विभेदविरुद्धको आन्दोलन आक्रोश पोख्ने अभियानजस्तो मात्र देखिन्छ । यो सन् १९६० को सिभिल राइट मुभमेन्टजस्तो संगठित र उद्देश्य प्राप्तिका लागि सैद्धान्तिक आधारसहित खडा भएको छैन, तर पनि यसले उठान गरेका मागले अमेरिकी राजनीतिमा ठूलो उथल-पुथल ल्याउनेछ । प्रदर्शनकारीले अमेरिका पत्ता लगाउने क्रिस्टोफर कोलम्बसको सालिकलगायत ऐतिहासिक श्वेत सर्वोच्चतावादी सांस्कृतिक बिम्ब भत्काइरहेकाले पनि मूलधारको परम्परागत तप्काले यो आन्दोलनलाई रुचाएका छैनन् ।

नेट न्यान्सी पावेलले ‘क्यापिटल्स नेसनल स्टाच्युरी हल कलेक्सन’का ११ कन्फेडरेटका मूर्तिहरू हटाउन भनिसकेकी छिन् । केही वरिष्ठ सैन्य अधिकारी पनि कन्फेडरेट अधिकारीको नाममा राखिएका सैन्य शिविरको नाम परिवर्तन गर्नुपर्ने मागप्रति सकारात्मक बन्दै छन् । कतिपय अधिकारी एउटा पनि शिविरको नाम अश्वेत सेनाको नामबाट नराखिएकोमा अपशोच व्यक्त गर्दै छन् । त्यसैले पनि सजिलै आकलन गर्न सकिन्छ कि अहिलेको आन्दोलनले अमेरिकामा गहिरो ऐतिहासिक र सांस्कृतिक प्रभाव पार्नेछ ।

अमेरिकाको श्वेत वर्चस्वको मूल्य-मान्यता धर्मराउँदै छ । यसको पछाडि थुप्रै कारण छन्, तर मेरो विचारमा भने बदलिँदै गएको अमेरिकाको जनसंख्याको विविधता नै यसको प्रमुख कारण हो । सन् १९६० को सिभिल राइट मुभमेन्ट अश्वेतहरूको लामो समयको त्याग र बलिदानको उपज थियो भने श्वेत साम्भ्रान्तहरूले मेलमिलापको नीतिद्वारा त्यसलाई थुमथुम्याएका थिए । त्यति वेला श्वेत–अश्वेतबीच एउटा आपसी समझदारी कायम गरिएको थियो । 

तर, यसपटकको विरोध र आन्दोलन अचानक चर्केको हो । हुन त यो छोटो समयका लागि चर्कियो र यसले भौतिक क्षति पनि नगण्य रूपमा मात्र पु¥यायो, तर यसले अमेरिकी साम्भ्रान्तमाझ एकदमै व्यापक प्रभाव पार्दै छ । डेमोक्र््याट्सहरू यो आन्दोलनप्रति सहानुभूति देखाइरहेका छन् । यसको पछाडिको खास कारण के छ भने अमेरिकामा बहुल अल्पसंख्यकको संख्या ठूलो छ । तिनको विपक्षमा उभिँदा राजनीतिक फाइदा पुग्छ या तिनको मागको समर्थन गर्दा भने विषय निर्णायक हुन पुग्छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अझै श्वेत सर्वोच्चतावादी विचारधारालाई जोड दिइरहेका छन् । खासमा उनलाई पहिलाकै मान्यतामा अडिग रहनुको विकल्प पनि छैन । बरु उनले अहिलेको नश्लीय ध्रुवीकरणको फाइदा उठाउन सक्छन् । यसैले उनलाई फेरि चुनाव नजिताउला भन्न सकिँदैन । उच्च ओहोदाका सैन्य अधिकारीहरूले बिस्तारै ट्रम्पसँगको दूरी बढाउँदै छन्, जुन निश्चय नै ट्रम्पका लागि राम्रो संकेत होइन । अहिले अमेरिकाको श्वेत जनसंख्या मात्र ५२ प्रतिशत छ । त्यसैले पनि श्वेत सर्वोच्चतावादीको वर्चस्व अब गाह्रो छ ।

ल्याटिन अमेरिकी र अश्वेतको संख्या बढ्दो छ, त्यसैले अमेरिकाको मूल्य-मान्यता पनि अब बहुलतामा आधारित हुने कुरा अपरिहार्य छ । अश्वेत तथा अल्पसंख्यकको पक्षमा उभिनु नोभेम्बरको चुनाव जित्ने एक मात्र हतियार भने होइन, तर यसले विशेष अर्थ राख्नेछ । त्यसैले त ८० वर्षीय पेलोसीले इम्यान्सिपेसन हलमा ८ मिनेट ४६ सेकेन्ड घुँडा मारेर अश्वेतप्रति माफी मागेकी थिइन् ।

निश्चय नै अमेरिकामा श्वेत सर्वोच्चतावादको अन्त्य आउँदै छ । यसले मूलधारका मूल्य-मान्यता र ऐतिहासिक दृष्टिकोणमा ठूलो परिवर्तन ल्याउनेछ । यो अमेरिकी समाजको क्रान्तिकारी परिवर्तनको प्रक्रिया हुनेछ, यसले ठूला झडप, संघर्ष र पीडा पनि निम्त्याउनेछ । श्वेत सर्वोच्चतावादी चिन्तनबाट अभिप्रेरित अमेरिकी राजनीतिक र न्यायिक संयन्त्रले यी परिवर्तनलाई सहज ढंगले आत्मसात् गर्छ या गर्दैन अहिले नै केही भन्न सकिन्न । आगामी दशक अमेरिकालाई घरभित्र र बाहिर दुवैतिर चुनौती छ । सबै इतिहासकार अब के होला भन्ने चासोमा छन् ।

(सिजिन ग्लोबल टाइम्सका प्रधान सम्पादक हुन्)

Please follow and like us:

21 Comments on “अमेरिकी मूल्य-मान्यतामा परिवर्तन आउँदै छ”

  1. At the beginning, I was still puzzled. Since I read your article, I have been very impressed. It has provided a lot of innovative ideas for my thesis related to gate.io. Thank u. But I still have some doubts, can you help me? Thanks.

  2. I may need your help. I’ve been doing research on gate io recently, and I’ve tried a lot of different things. Later, I read your article, and I think your way of writing has given me some innovative ideas, thank you very much.

  3. I may need your help. I tried many ways but couldn’t solve it, but after reading your article, I think you have a way to help me. I’m looking forward for your reply. Thanks.

  4. Your article gave me a lot of inspiration, I hope you can explain your point of view in more detail, because I have some doubts, thank you.

  5. Your article gave me a lot of inspiration, I hope you can explain your point of view in more detail, because I have some doubts, thank you.

  6. Your article gave me a lot of inspiration, I hope you can explain your point of view in more detail, because I have some doubts, thank you. 20bet

Leave a Reply

Your email address will not be published.