आमस्ट्रडम- सोमबार ,
गैरआवासीय नेपाली संघ सूचना तथा संचार समितीले ११ जनवरी २०२१ तारिक सम्म बिशेष महाधिबेशन प्रतिनिधि २,६३८ जना दर्ता भएको जनाएको छ ।
गैरआवासीय नेपाली संघ सूचना तथा संचार समितीले ११ जनवरी २०२१ तारिक सम्म बिशेष महाधिबेशन प्रतिनिधि २,६३८ जना दर्ता भएको जनाएको छ ।
गैरआवासीय नेपाली संघको बिशेष महाधिवेशन यहि जनवरी २३-२४, २०२१ दुइ दिन सम्म जुममा गरिने भएको छ।
यसका लागि संघले जनवरी १०, २०२१ सम्म प्रतिनिधि हुनको लागि गत अक्टुवर २०१९ महाधिवेशनका सम्पूर्ण प्रतिनिधि र नयाँहरुको लागि समेत फर्म भर्न म्याद दिइएको थियो। म्यादको अन्तिम दिन अर्थात जनवरी १०, २०२१ सम्म २,६३८ जनाले प्रतिनिधि हुनको लागि फर्म भर्नुभएको छ।
प्राप्त फर्मका प्रतिनिधिहरुको विवरण सहित सम्पूर्ण राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुलाई प्रमाणीकरणको लागि पठाइएको छ। संघले एनसीसीहरुबाट प्राप्त प्रमाणीकरण गरिएका प्रतिनिधिहरुको दावी-बिरोध सहित भएको अन्तिम लिष्ट आगामी बैठकले पास गरेपछि सार्वजनिक गर्ने छ।
देश र प्राप्त प्रतिनिधिहरुको संख्या
AUSTRALIA 190
AUSTRIA 62
BAHRAIN 53
BELGIUM 123
CANADA 100
CHINA 23
CYPRUS 23
CZECH REPUBLIC 30
DENMARK 75
FINLAND 6
FRANCE 32
GERMANY 68
HONG KONG 91
IRELAND 48
ISRAEL 5
ITALY 10
JAPAN 120
KENYA 1
KOREA (SOUTH) 128
KUWAIT 123
LUXEMBOURG 5
MACAU 97
MALAYSIA 33
MALTA 10
NETHERLANDS 53
NEW ZEALAND 142
NIGERIA 2
NORWAY 35
OMAN 18
POLAND 22
PORTUGAL 105
QATAR 116
RUSSIA 62
SAUDI ARABIA 106
SEYCHELLES 5
SOUTH AFRICA 2
SPAIN 66
SWEDEN 13
SWITZERLAND 15
TANZANIA 1
THAILAND 2
U.K. 167
U.S.A. 180
UAE 60
UGANDA 5
VIETNAM 3
ZAMBIA 2
(blank)
Grand Total 2638