बेल्जियमको लुभेन नगरपालिका सदस्यमा चयन भए नेपाली मुलका कृष्ण क्षेत्री

बेल्जियम,जि एन एन –
मध्य युरोपियन देश बेल्जियमको स्थानीय नगरपालिकामा नेपाली मुलका एकजना युबा ब्यबसायी नगरपालिका सदस्य पदमा निर्बाचित भएका छन ।
तीन दशक अघिबाट सुरु भएको नेपालीहरुको बेल्जियम बसाईमा बेल्जियमको सरकारी पदमा प्रतिनिधित्व गर्ने अबसर पाउने पहिलो नेपाली हुन कृष्ण सगुन क्षेत्री । बिगतमा नेपालीहरु संघीय संसद, प्रदेश संसद र स्थानीय तहमा चुनाव लडे पनि निर्बाचित हुन सकेका थिएनन ।
नेपालको पर्बत जिल्लाको जलजला गाउपालिकामा जन्मेका क्षेत्री, दस बर्ष नेदरल्यान्डमा बसेर बसाई सराई गरि बिगत छ बर्ष देखि बेल्जियमको लुभेन नगरपालिकामा बस्दै आएका छन ।
नेपालमा आईए सम्मको औपचारिक शिक्षा लिएका क्षेत्री फ्ल्यान्डरेन क्षेत्रमा बोलिने डच भाषामा राम्रो दख्खल राख्दछन । श्रीमती सगुन केसी , छोरा अभियान र छोरी आर्याना सहित चार जनाको परिवार भएका उनि रेस्तुरेन्ट ब्यबसायी हुन । दुई बर्ष अघि भएको स्थानीय निर्वाचनमा बेल्जियमको राष्ट्रबादी पार्टी एनभीआबाट चुनाव लडेका क्षेत्री पार्टीको उम्मेद्वार सुचीमा १२ औ नम्बरमा थिए । एनभेआले ४७ सदस्यीय नगरपालिका परिषदमा ११ सिट जितेको थियो । सोसलिस्ट पार्टीहरुको गठबन्धन सरकार रहेको लुभेन नगरपालिकामा एनभेआ प्रमुख प्रतिपक्षीको भूमिकामा छ ।
उनको पार्टीबाट चुनाव जितेकी तिने एरलिङेनले पद छोडे पछि १२ औ नम्बरमा रहेका क्षेत्री स्वत: नगरपालिका सदस्य भएका हुन । आगामी २५ जनवरीमा सपथग्रहण पष्चात औपचारिक रुपमा उनले पदभार ग्रहण गर्ने छन । युरोपको प्रसिद्ध क्याथोलिक विश्वाबिद्यालय रहेको लुभेन संसारभरका विद्यार्थीहरुको आकर्षणको केन्द्र हो ।
करिब २ हजार नेपाली समुदायको बसोबास रहेको ज्ञान , बिज्ञान र कलाको क्षेत्रमा युरोपको केन्द्र मानिने यो शहरमा नेपालीहरुको सामाजिक व्यबहार प्रशंसनीय रहेको स्थानीयबासीले बताउने गरेका छन । आफु होरेका ( होटेल रेस्तुरेन्ट र काफे ) ब्यबसायी भएको र साना ब्यबसायीहरुको मर्का बुझेकोले नगरपालिकाको नीति निर्माण तहमा बसेर कोरोना काल पछिको अर्थतन्त्रमा साना ब्यबसायीको हितमा हुने गरी काम गर्ने उनको चाहना छ ।
आप्रबासीहरु प्रति सधैं सकारात्मक रहेको बेल्जियमको उक्त नगरपालिका र नेपाली समुदायको अन्तरसम्बन्धलाई अझ मजबुत बनाउन आफ्नो कार्यकालमा परिणाममुखी भूमिका निभाउने पनि उनको मुख्य लक्ष रहेको छ ।
Please follow and like us: