गैरआवासिय नेपाली संघ नेदरल्यान्ड्सको चौधौ वार्षिक साधारण सभा ऐतिहासिक बन्दै सम्पन्न

द्रोण रिजाल, नेदरल्यान्ड्स ,

गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्यान्ड्सको चौधौ वार्षिक साधारण सभा ०७ डिसेम्बर २०२० बिहान ११:०० बजे बाट आरम्भ भई साँझको २०:४५ मा समापन हुदै म्याराथोन वार्षिक साघारण सभा संघका लागि ऐतिहासिक बन्न सफल हुन पुगेको छ।

१५ मिनेटको ब्रेक बाहेक लगभग १० धण्टा सम्म निरन्तर भैरहेको वार्षिक साधारण सभा उद्घाटन सन्त्र र बन्द सन्त्रमा बिभाजित हुदै सम्पन्न भएको छ। सभाको सभापतित्व गैरआवासिय नेपाली संघ नेदरल्यान्ड्स का अध्यक्ष श्रिराम कंडेलले गरेका थिए भने कार्यक्रम संचालन महासचिव संघर्षशिल के. सि. बाट भएको थियो ।

गैरआवासिय नेपाली संघको १८ वर्षे ईतिहासमा नेदरल्यान्ड्स ले गौरवपूर्ण ईतिहास बोकेको साथै मार्गदर्शित र प्रसंशनिय भूमिका निर्वाह गरेको भन्दै संघका केन्द्रिय अध्यक्ष कुमार पन्त, बरिस्ठ उपाध्यक्ष बद्री के.सी., सलाहकार कुल आचार्य लगायत सहकोषाध्यक्ष लोक दाहाल, युवा सम्योजक हिमाल गुरुङ र युरोप सम्योजक नारायण आचार्यले उद्घाटन सन्त्रमा क्रमस प्रमुख अतिथी, बिशिष्ट अतिथी र केन्द्रिय अतिथीको तर्फबाट शुभकामना ब्यक्त गरेका थिए । सभामा पत्रकार महासंघ युरोप शाखा , केन्द्रिय बिधान संसोधन समिती र अन्तरार्ष्ट्रिय समन्वय परिषद सदस्यहरुको पनि सहभागिता रहेको थियो ।

गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्यान्ड्सका संस्थापक अध्यक्ष तथा केन्द्रिय पुर्व सल्लाहकार शशी पौड्यालले स्थापना काल देखिनै संघको बिभिन्न कालखण्डमा संस्थागत बिकास र बिस्तारमा लागि परेको भन्दै संघका कुनै पनि चुनौतीलाई समाना गर्न केन्द्र देखि राष्ट्रिय स्तर सम्म हातेमालो गर्ने प्रतिबद्धता जनाएका थिए |

गैरआवासिय नेपाली संघ आफैमा गैर आवासिय नेपालीहरुको एक सामाजिक साझा संस्था भएकोले संघले नेदरल्यान्ड्समा बसोबास गर्ने सबै जातजाती,वर्ग भेग र बिचारलाई समेटी उनिहरुको बिचको सम्बन्ध मजबुत गराउने, आपसी सद्भावको ब्रिद्धि गर्ने साथै नेपाल- नेदरल्यान्ड्सको मैन्त्रि सम्बन्ध प्रगाढ पार्ने साथै परोपकारी र सामाजिक क्षेत्रमा निरन्तरता दिनु पर्ने कुरामा पनि संस्थापक अध्यक्षले जोड दिएका थिए।

बन्दसन्त्रमा एनआरएनए नेदरल्यान्ड्सका महासचिव संघर्सशिल केसिले संघको एक वर्षको कार्यकालमा भयगरेका गतिबिधीको उच्च स्तरिय प्रतिवेदन प्रस्तुत गर्दै सभा बाट अनुमोदन गराएका थिए भने संघका कोषाध्यक्ष खेम सपकोटाले आर्थिक प्रतिबेदन स्पस्ट पारदर्शी ढंगले प्रस्तुत गरि अनुमोदन गराएका थिए । त्यसै गरी महिलाहरु को सामाजिक गतिबिधिहरु सक्रिय सहभागिताको विवरण सहित महिला सम्योजक राधा देबी कॅंडेलले आफ्नो प्रगती प्रतिबेदन प्रस्तुत गरी अनुमोदन गराएकी थिईन |

कोरोना भाईरसको माहामारिका बाब्जुत पनि कार्यसमितिले एक वर्षको कार्यकालमा अतिनै उल्लेखनिय कार्य गरेको प्रसंशा गर्दै सर्वसम्मतबाट ताली बजाइ कार्यसमितिलाई बधाई पनि दिइएको थियो । बिधान संशोधन समितिको तर्फबाट सम्सोधन समितिका सम्योजक शालिक गौतमले संशोधित बिधानका बुंदाहरु बाचन गरि अनुमोदनको लागि प्रस्ताव सभामा राखेका थिए। बिधान संशोधनको एजेन्डामा धनिभुत छलफल पश्च्यात बिधान संशोधनका बुंदाहरु पास गरिएको थियो ।

संशोधित बिधानमा मुख्यतय संरक्षक परिषदमा कुन योग्यता भएको व्याक्तित्वलाई राख्दा संघको ब्रिहत्तर हित हुन्छ भन्ने बारेमा बिशेष छलफल भएको थियो । अन्त्यमा प्रमुख संरक्षकको हकमा संघको अध्यक्ष वा आइ सि सि को नेत्रित्व गरि संघलाई बिशेष योगदान पुर्त्याएको हुनु पर्ने र संरक्षक सदस्यको हकमा भने नेत्रित्वको भूमिका निर्वाह गरेका वा संघको लागि बिशेष योगदान पुर्याएका ब्यक्तित्वलाई कार्यसमितिले मनोनयन गर्न सक्ने भनि बन्दसत्र बाट पास भएको अध्यक्ष कॅंडेलले जानकारी गराएका थिए । केही पन्जिक्रित सदस्यहरुको सुझाबलाई मध्यनजर गर्दै बिधान सम्सोधनमा केही सुधार गर्न सम्योजक गौतमलाई शुझाइएको थियो |

गैरआवासिय नेपाली संघको केन्द्रिय नेत्रित्वको पनि बिशेष नजरमा रहेको नेदरल्यान्ड्सको वार्षिक साधारण सभालाई सभ्य, भब्य र पूर्ण सफलताका साथ सम्पन्न भई सभा ऐतिहासिक बनेको थियो ।

Please follow and like us: