तामांग समाज नेदरल्याण्ड गठन

आमस्त्रडम,

लामो समयदेखि नेदरल्याण्ड बसोबास गर्दै आइरहेको नेपाली मूलका तामांगहरुले सामाजिक सस्था तामांग समाज नेदरल्याण्डको स्थापना गरेको छन |

धेरै समय अगाडी देखि नै आन्तरिक रुपले बिभिन्न सास्कृतिक, भाषिक र मौलिकता झल्किने बिभिन्न कार्यक्रमहरु समेत गर्दै आइरहेको नेदर्लयान्द्स बासी तामांगहरुको अग्रतामा तदर्थ समिति समेत गठन गरि सकेको थियो |

बिश्व कोभिडको बिसम परिस्थितिलाई मध्ये नजर गर्दै यहि मङ्सिर, १३ गते २०७७ साल शनिबार (तदानुसार नोभेम्बर २८ तारिख २०२०, शनिबार) का दिन सम्पन्न अन्लाइन (जुम भर्चुअल) कार्यक्रम द्वारा श्री पेमा लामाको अध्यक्षतामा बैठक बसि बिधान मस्यौदा सम्योजक शान्ती थोकरले बैठकमा प्रस्तुत बिधानलाई उपस्थित समपूर्ण महानुभाबहरु बिच छलफल गरी  सबर्सहमत पारीत गरी सस्थाले अधिकारिकता पाएको छ ।

कार्यक्रममा तामांग समुदायको आफ्नो मौलिक भाषा, लिपि, धर्म, भेष भुषा, कला, सस्कार, सस्कृति जस्ता अत्यन्त महत्वपुर्ण पहिचानमुखी बिषयहरुलाई थप जीवित र बिदेशी भुमिहरुमा पनि यसको बिकास, प्रबर्दन र सम्बर्दन गर्ने मुख्य उदेश्य रहेको भन्दै प्रस्तुत गरिएको थियो र साथै बिदेशी भुमिबाट जन्म थलो नेपालमा आपत विपदमा परेका तामांग समुदायहरुलाई सहयोग गर्ने, शैक्षिक, आर्थिक, राजनैतिक जस्ता समाज रुपान्तरण का मुख्य अंगहरुमा पनि तामांग युवाहरुको पहुचलाई सक्रिय गराउन समन्वयको भूमिका खेल्ने एबम समन्वय गर्दै समाज प्रतिको गहन जिम्मेवारी बहन गर्दै जाने जस्ता धेरै महत्वपुर्ण अभिब्यक्तिहरु सहित कार्यक्रम सम्पन्न भएको थियो |

संस्थापक /तदर्थ समिति कार्यसमितिको विवरण

 

अध्यक्ष  – पेमा लामा
उपाध्यक्ष – राम कुमार तामांग
सचिब – राम बहादुर तामांग
कोषाध्यक्ष – लीला लामा

सदस्य – उषा लामा
सदस्य – लोकमान तामांग

सदस्य – आयुष्मा लामा
सदस्य – पासांग डोल्मा तामांग

सल्लाहकार – शान्ति थोकर
सल्लाहकार – रण लामा
सल्लाहकार – आतिराम तामांग

त्यसै गरि भर्चुअल कार्यक्रममा सस्थाको भावी योजना, समाजप्रति निभाउनु पर्ने उत्तरदायित्व लगाएतका थुप्रै बिचारहरु राख्दै वर्तमान अध्यक्ष श्री पेमा लामाले अबको जिम्मेवारी युवाहरुको हो र तामांग भाषा, सस्कृति र सस्कारलाई हामी विश्वको जुन सुकै कुनामा रहे पनि तनमन देखि नै जगेर्ना गर्न पछी हट्नु नहुने प्रसंग राख्नु भयो | तामांग समाज नेदरल्याण्डको बिधान परिधि भित्र रहेर छिटै नै विभिन्न बिभागहरु जस्तै सन्चार बिभाग, भाषा साहित्य बिभाग, धार्मिक (लामा – बोन्बो) बिभाग, युवा संगठन बिभाग, महिला बिभाग, शैक्षिक बिकाश कोष बिभाग, खेलकुद बिभाग, आदिको पनि बिस्तार गर्ने प्रस्ताब रहेको नब निर्बाचित अध्यक्ष पेमा लामा ज्युद्वारा जानकारी दिनु भयो |

यस तामांग समाज नेदरल्याण्ड सस्थाको स्थापनाले नेदरल्याण्डबासी तामांग समुदायमा हर्ष र सामाजिक सद्भावना जस्ता मानवीय कर्मप्रति प्रेरणा मिल्ने बिश्वास गरेको छ | बिदेशी भूमिमा रहेर पनि अबका दिनहरुमा सबै एकजुट भएर तामांगहरुको चाड-पर्बहरु, मौलिक सस्कृतिसंग सम्बन्धित हरेक कार्यहरु सामुहिक रुपमा सम्पन्न गरि नेपाल र नेपालीहरुको पहिचान तथा लोकप्रियता हरुलाई अन्तरास्ट्रिय स्तरमा प्रबर्धन गर्ने मनशाय रहेको प्रस्ट पार्नु भयो | साथै आगामी दिनहरुमा नेपाल, नेदरल्याण्ड लगायत विश्वको सबै तामांग तथा गैर-तामांग सघ-सस्थाहरुसंग समन्यव र हातेमालो गर्ने प्रतिज्ञा सहित नब गठित कार्यसमितिले जिम्मेवारी बोध गरेको व्यक्त गर्नु भएको छ |

Please follow and like us: