बाग्लुंग समाज नेदरल्याण्ड्सको अध्यक्षमा थानेश्वर कंडेल

नयाँकुरा डटकम

युरोपेली मुलुक नेदरल्याण्ड्समा बाग्लुंगमा मुल बसोबास भै हाल नेदरल्याण्ड्समा बसोबास गर्ने बाग्लुङलेलीहरुको ३० अक्टोबरको भर्चुअल भेलाले थानेश्वर कंडेलको अध्यक्षतामा बाग्लुङ समाज नेदरल्याण्ड्स गठन गरेका छन् ।

आगामी ६ महिना भित्रमा नेदरल्याण्ड्सको स्थानिय निकायमा दर्ता गर्ने, विधान निमार्ण गर्ने, बाग्लुङेलीहरुको तथ्याँक अध्यावधिक गर्ने र अधिवेसन गर्ने समेत भेलाले निर्णय गरेको छ ।

अध्यक्ष कंडेलले नेदरल्याण्ड्सको नेपाली समुदायहरुको साझा हित र सवालहरुमा हातेमालो गर्दै बाग्लुगंमा सिप तथा प्रविधिहरुको हस्तान्तरणमा काम गरिने बताउनु भएको छ ।
यस पुर्व, एनआरएन नेदरल्याण्ड्स र धौलागिरीको डायस्पोरा र नेदरल्याण्ड्स स्थित नेपाली संघसंस्था र समाजसेवीहरुको सहयोगमा धौलागिरी अस्पातालमा नमुना व्लड बैकको स्थापना भएको थियो । निर्वाचित कंडेलको संयोजकत्वमा उक्त परियोजना संपन्न भएको थियो ।
वाग्लुङ समाज नेदरल्याण्ड्सको समिति छिटै सार्वजानिक गरिने समिति श्रोतले बताएको छ । यस समितिले बाग्लुङको ढोरपाटनमा पुःन निमार्णमा ऐक्यवद्धता तथा सहयोग गर्ने, बाग्लुङ व्लड बैकलाई निरन्तरता दिने आगामी ७ नोभेम्र मा हुन गैरहेको अन्तराष्टिय बाग्लुङ समाजमा सहभागिता जनाउने निर्णय गरेको छ ।
वाग्लुङका दशवटा स्थानिय निकायबाट संभव भएसम्म सवैको प्रतिनिधित्व हुने बताइएको छ ।

Please follow and like us: