बिदेशीयका दोस्रो पुस्ताका नेपाली बालबालिकाले नेपाल सम्झिय

द्रोण रिजाल, नेदरल्यान्ड्स ,
गैर आवासिय नेपाली संघ एसिया प्याशिफिक युवा कमिटिको आयोजनामा बिदेशमा रहेका दोस्रो पुस्ताका बालबालिकाले राष्ट्रको लागि मेरो सपना शीर्षकमा अङ्रेजी तथा नेपाली भाषामा एकल वक्तृत्वकला प्रतियोगितामा २९ देशका ६१ जना सहभागीतामा भब्य रुपमा समपन्न भएको छ ।

एनआरएन एसिया प्याशिफिक तथा एसिया प्याशिफिकका सबै एनसिसीको सक्रियतामा ८ अगस्त २०१९ शनिबारका दिन सम्पन्न भएको थियो ।

अधिकांस बालबालिकाले नेपालको बर्तमान नेपालको राजनीति ,शिक्षा ,स्वास्थ्य ,खेल्कुद र विश्व भरी फैलिएको माहामारी कोभिड १९ शिर्षकमा आफ्ना भनाइइहरु राखेका थिए । यदी यि बालबालिकाहरुले भोली देशको जिम्मेवार ग्रहण का लागि बिदेशमा सिकेका शिप ज्ञान देशका लागि महत्वपूर्ण भूमिकाको अपेक्षा गरिएको छ ।

उक्त ग्लोबल स्पीच कन्टेस्ट मा म्यानमारबाट प्रतिनिधित्व गरेकी अभिलाषा खतिवडा विजेता बनेकी छन । १९ वर्षमुनीका नेपाल बाहेक विदेशमा स्थायी तथा अस्थायि बसोबास गर्ने नेपाली अभिभावकका बालबालिकाबीच भएको ‘ग्लोबल स्पीज कन्टेस्ट’ मा अभिलाषा खतिवडा विजेता बनेकी हुन । विजेता सँगै खतिवडाले एक लाख नगद सहित प्रमाणपत्र प्राप्त गरेकी छन ।

त्यसै गरि साठी हजार नगद प्राप्त गर्दै रसिया बाट प्रतिनिधित्व गर्दै समरिया केसी दोस्रो बन्न सफल भएकी हुन |

बेलायत बाट प्रतिनिधित्व गरेकी टिया आचार्यले तेस्रो स्थान हासिल गरेकी छन । टियाले चालीस हजार सहित प्रमाणपत्र प्राप्त गरेकी छन् । उनी ९ वर्षमुनी उमेरकी सहभागी हुन |

त्यस्तैगरि, अस्ट्रियाबाट प्रतिनिधित्व गर्ने कुञ्जन बोहरालाई ‘राइजिङ स्टार’ र १३ वर्षभन्दा मुनीका ‘लिटल मास्टर’ को टाइटल अस्ट्रियाकै दिब्या ढकालले प्राप्त गर्न सफल भएका थिए । उहाँहरु दुवैले तीस /तीस हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन ।

त्यसै गरि क्रमस: नाइजेरियाका सुहिम थापा र साउदी अरवबाट प्रतिनिधित्व गर्नुहुने जस्मिन सायदले चौथो स्थान हासिल गर्न सफल भए। थाइल्याण्डबाट प्रतिनिधित्व गर्नुहुने दंग तिमिल्सीनाले पाँचौ स्थान हासिल गरे । सान्तवना हुनुहुने सुहिम, जस्मिन र दंग तीनै जनाले बीस-बीस हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्न सफल भएका छन् |

प्रतियोगितामा अमेरिका, यूके, अष्ट्रेलिया, बहराइन, बोस्वाना, क्यानाडा, चीन, हङकङ, आइरल्याण्ड, इटाली, जापान, केन्या, मकाउ, मलेसिया, मोरोक्को, म्यानमार, नाइजेरिया, पोर्चुगल, कतार, रसिया, साउदी अरब, सिंगापुर, कोरिया, स्पेन, थाइल्याण्ड, युएई , अष्ट्रीया, आयरल्याण्ड र स्कटल्याण्डबाट ६१ जनाको प्रतिनिधित्व रहेको थियो ।

कार्यक्रम एनआरएनए केन्द्रीय कार्यालय बालुवाटार र जापानको टोकियो स्थित एक हलबाट एकसाथ प्रत्यक्ष प्रसार गरिएको थियो । जापानको सो कार्यक्रममा आईसिसी कोषाध्यक्ष महेश श्रेष्ठ, आईसिसी सदस्य ईन्दिरा सुजुकी र डिपी कँडेल, एनआरएन जापानका अध्यक्ष देवीलाल भण्डारी, वरिष्ठ उपाध्यक्ष अनीता गुरुङं, कोषाध्यक्ष कालीका थापा, महासचिव जनक विक्रम शाही, प्रवक्ता सिद्धार्थ श्रेष्ठ, एसिया प्याशिफिक भाषा तथा साहित्य संयोजक बेलुकाजी थापा, प्राविधिकतर्फ एनआरएन जापानका उपाध्यक्ष नारायण खडका, कार्यक्रम सञ्चालक सृजना पाण्डे (ज्ञवाली ), प्रथम पुरस्कारको प्रायोजक दिब्य फान्डेसनका सञ्चालक दिपक सुवेदी, बिहुकोट समाज जापान सस्थापक अध्यक्ष ऋषीराम कंडेल र चितवन जापान समाजका अध्यक्ष राजन कुमार श्रेष्ठ सहभागि थिए ।

प्रतियोगितामा गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, पूर्वअध्यक्षहरु जीवा लामिछाने, देवमान हिराचन, शेष घले, भवन भट्ट तथा वर्तमान अध्यक्ष कुमार पन्तले दोस्रो पुस्तालाई प्रोत्साहन गर्ने उद्देश्यले भिडियो सन्देश पनि पठाएका थिए । कार्यक्रममा शुभकामना दिनेहरुमा एनआरएनए आइसिसी उपाध्यक्ष सोनाम लामा, महिला उपाध्यक्ष रविना थापा, युवा संयोजक हिमाल गुरुङ, एसिया प्याशिफिक संयोजक रोविन्द श्रेष्ठ (गोविन्द ), उपसंयोजक खगेन्द्र न्यौपाने, एसिया प्याशिफिक क्षेत्रीय महिला संयोजक कञ्चन थापा (अमृता ) थिए |

अनलाईन जुम मार्फत (अडियो, भिडियो) मा भएको प्रतियोगितामा हाँस्यकलाकार सन्दिप क्षेत्री, साहित्यकार प्रकाश सायमी, पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठ र सञ्चारकर्मी समा थापा निर्णयक मण्डलमा रहेका थिए । यस्तै, कार्यक्रममा संचारकर्मीहरु भूषण दाहाल र रवि लामिछाने विशेष अतिथिको रुपमा सहभागीता जनाएका थिए ।

आयोजक कमिटि तथा एन आर एन ए एशिया प्यासिफिक कमिटिका संयोजक दिपक कडेल ले कार्यक्रम सुरुवात गरेका थिए भने एनआरएन सचिवालयमा प्राविधिकतर्फ महेश श्रेष्ठले सहयोग गरेका थिए ।

Please follow and like us: