स्वतन्त्र प्रवास नेपाली सम्पर्क मञ्च बेल्जियम निनोभ शाखा समिति गठन

नयाँ कुरा,२ अप्रिल,बेलजियम,

स्वतन्त्र प्रवास नेपाली सम्पर्क मञ्च बेल्जियम निनोभ शाखा समिति गठन भएको छ ।

नेपाली जनताले अपेक्षा गरे अनुसार शान्ति, सुरक्षा, सुशासन र सम्बृद्दीको सपना साकार बनाउने लक्ष्य लिएर राष्ट्रिय हितलाई सर्वोपरी मानी जनताको जीवनस्तरमा सुधार ल्याउने प्रतिबद्धतासहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापना भएको बताईएको छ ।

 

नया सोच भएका र परिबर्तनशिल साथीहरु लाई एकजुट गरि पार्टीले लिएको लक्ष्य प्राप्तीका लागि देश बाहिरबाट समेत सहयोग गर्नु हामी सबैको दायित्व सम्झिएर बेल्जियममा पनि स्वतन्त्र प्रवास नेपाली सम्पर्क मञ्च – बेल्जियम क्षेत्रिय समिति हरु गठन भएको छ ।

 

सोमबार १ अप्रिल, २०२४ का दिन स्वतन्त्र प्रवास नेपाली सम्पर्क मञ्च – बेल्जियमका प्रमुख  कृष्ण दाहालको संयोजकत्वमा निनोभ वरिपरिका उत्साहित सदस्यहरुको उपस्थितिमा बसेको निनोभ शाखाको भेलाले श्रीमती इन्दिरा खनालको संयोजकत्वमा स्वतन्त्र प्रवास नेपाली सम्पर्क मञ्च – बेल्जियम निनोभ शाखा समिति गठन गरेको छ।

भेलामा केन्द्रिय प्रतिनिधिका रुपमा स्वतन्त्र प्रवास नेपाली सम्पर्क मञ्च – बेल्जियमका उप-प्रमुख  रमेश कंडेल, सचिव डा. गोकर्ण पाण्डेय, कोष नियन्त्रक अर्जुन घिमिरे, सदस्य दीपक न्यौपाने, सल्लाहकारहरु  डिल्लीराम भण्डारी र  प्रकाश कार्की उपस्थित हुनुहुन्थ्यो।

 

भेलामा रास्वपा लाई माया गर्ने स्वतन्त्र प्रवास नेपाली सम्पर्क मञ्च – बेल्जियम निनोभ वरिपरिका करिब ४० जना उत्साहित सदस्यहरुको उल्लासमय उपस्थिति थियो र भेलाले सर्व सम्मतिमा अतिनै समाबेशी र सबै भन्दा राम्रो पक्ष त महिलाहरुको बर्चस्व रहेको निम्न लिखित स्वतन्त्र प्रवास नेपाली सम्पर्क मञ्च – बेल्जियम निनोभ शाखा समिति गठन गरेको छ।

प्रमुख: श्रीमती इन्दिरा खनाल
उप–प्रमुख: श्रीमती सिर्जना दाहाल
सचिबः श्री खेम खनाल
कोष नियन्त्रक: श्रीमती कविता धिमाल
सदस्य : श्रीमती बिमला खनाल
सदस्यः श्रीमती कविता काफ्ले
सदस्यः श्रीमती पदम कुमारी दाहाल
सदस्यः श्रीमती निम माया छन्त्याल
सदस्यः श्रीमती कुषा गुरुङ
सदस्यः श्री गणेश बुढा मगर
सदस्यः श्रीमती दिलु गुरुङ

 

समितिको घोषणा पछि स्वतन्त्र प्रवास नेपाली सम्पर्क मञ्च – बेल्जियमका प्रमुख श्री कृष्ण दाहालज्यूले शपथ ग्रहण गराउनु भएको थियो ।

 

त्यस लगत्तै स्वतन्त्र प्रवास नेपाली सम्पर्क मञ्च – बेल्जियम निनोभ शाखा प्रमुख श्रीमती इन्दिरा खनालज्यू को संयोजकत्वमा बसेको निनोभ शाखाको पहिलो बैठकले निम्न लिखित सल्लाहकरहरु मनोनित गरेको छ।

 

सल्लाहकरहरु:
श्री पूर्ण खनाल
श्री कृष्ण छन्त्याल
श्री श्याम गुरुङ
श्री रुपेन्द्र दाहाल
श्री किरण गुरुङ
श्री सुबास बन्जारा
श्री प्रदिप भट्ट
श्री देबेन्द्र पुडासैनी
श्री सन्तोषी श्रेष्ठ
श्री कृष्ण चन्द्र केसी
श्री उमेश अर्याल

Please follow and like us: