नेदरल्याण्डमा नेपाली चलचित्र महाजात्रा प्रदर्शनी

नयाँ कुरा,१ अप्रिल ,सोमबार ,आमस्ट्रडम,

नेपाली कथानक चलचित्र ‘महाजात्रा’ नेदरल्याण्डका होफद्रोप ,आलमारे र हारलेम चलचित्र घरमा शनिबार मार्च ३० र आईतबार ३१ तारिख नेपालीहरुको बाक्लो उपस्थितिमा चार सो प्रदशनी भएको छ ।

‘जात्रा’, ‘जात्रैजात्रा’ जस्ता चल्तीका फिल्म बनाएर चर्चामा आएका निर्देशक प्रदीप भट्टराईले नेपाली राजनीतिक लाई नाटकीय रुपमा हुबहुजस्तै ब्यन्ज्ञ गर्ने कोशीस गरेका छन ।

चलचित्रमा बरिष्ठ हास्य कलाकार हरिबंश आचार्य सहित विपिन कार्की,रविन्द्रसिंह बानियाँ,वर्षा राउत,अर्जुनजंग शाही,प्रकाश घिमिरे, राजाराम पौडेल,प्रवीण खतिवडा,दिव्यदेव,सुमन कार्की,शिशिर वाङ्देल,गौमाया गुरुङ,अरविन खड्का लगायतको अन्य चर्चित हास्य कलाकारहरुको बेजोड अभिनय रहेको छ ।

नेपाली राजनीति तथा संघ सस्थाहरुमा चलिरहेको राजनीतिको जात्रा, सामाजिक कामका बाहानामा हुनेगरेका अपराध र तस्करीको कथा नै फिल्ममा अनेकन् उपकथा झलकिने गरी बिषय बस्तुहरु समाबेश भएकोले नेपाली तथा नेपालका लागि कुटनितिक क्षेत्रमा काम गर्नेहरुका लागि सामाजिक तथा पारिवारिक भूमिका लाई देखाईएको छ ।

भट्टराईइले फिल्ममा नेपाली राजनीतिक तथा बिदेशमा रहेका सामाजिक संघ सस्थाहरुका गतिबिधिहरुलाई नाटकिय ढंगमा निर्देशकले कौशल ढंगले सचेतनाको कथा प्रस्तुत गरेका छन  ।

नेपाली चलचित्र नेदरल्याण्डको चलचित्र घरमा पहिलो पटक प्रदर्शन भएको छ ।

Please follow and like us: