गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसी टोली उपप्रधानमन्त्री तथा भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठसँग भेटवार्ता

 

 

नयाँ कुरा ,२८ मार्च , बिहिबार,काठमाण्डु ,

 

गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीको नेतृत्वको प्रतिनिधिमण्डलले उपप्रधानमन्त्री तथा भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठसँग भेटवार्ता गरेको छ ।

संघका अध्यक्ष डा केसीले गैरआवासीय नेपालीले उठाएका मुद्दाप्रति नेपाल सरकारले हालसम्म गरेका विभिन्न नीतिगत व्यवस्था र तिनको कार्यान्वयनका लागि कृतज्ञता व्यक्त गर्दै नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक लगायतका विविध क्षेत्रको समृद्धिको लागि सरकार तथा सरोकारवालाहरुस“ग हातेमालो गर्दै सहकार्यका लागि संघको तर्फबाट प्रतिबद्धता जनाउनुभयो ।

सो क्रममा अध्यक्ष डा केसीले देशको पूर्वाधार विकासका लागि विश्वभरका गैरआवासीय नेपाली मिलेर १० अर्बको लगानी रहेको परियोजना सुरु गरेको जानकारी गराउनुभयो ।

के सि ले भन्नुभयो ‘अहिले १० अर्ब लगानीबाट सुरु गरेपनि भविष्यमा हाम्रो योजना ५० अर्बको लगानी भित्र्याउनेछ ।

त्यसका लागि गैरआवासीय नेपालीहरुको बाहुल्य रहेको देशमा रोड शो समेत गर्ने र त्यसमा नेपाल सरकारलाई समेत सहभागी गराउने योजना रहेको डा केसीले बताउनुभयो ।

लगानी सम्मेलनमा एनआरएनएले सरकार सँगसहकार्य गर्न लागेको जानकारी गराउँदै अध्यक्ष डा केसीले गैरआवासीय नेपालीहरुलाई हालको समयमा लगानीको वातावरण बन्दै गएपनि केही प्रावधानको सहजीकरणका लागि निरन्तर छलफलमा रहेको उल्लेख गर्नुभयो । केन्द्रमा मात्रै नभई नेपालका सातै प्रदेशका लागि बृहत योजना बनाई काम गर्ने रणनीति रहेको उहाँको भनाई थियो ।

सोही अवसरमा आगामी जुन महिनामा संघले प्रथम एनआरएन विश्व महिला सम्मेलन गर्न लागेको अवगत गराउनुभयो ।

जवाफमा मन्त्री महासेठले लगानीका क्षेत्र पहिचान गरेर मात्रै लगानी गर्न आग्रह गर्नुभयो । बिना अध्ययन ठूला ठूला परियोजनामा लगानी गर्नुभन्दा साना तर लगानी सुरक्षित हुने क्षेत्र पहिचान गर्न आवश्यक रहेको उहाँको भनाई थियो ।

फरक प्रसंगमा मन्त्री महासेठले जो जहाँ भएपनि गैरआवासीय नेपालीहरु एउटै कित्तामा उभिएर देशको लागि हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो उहा“ले भन्नुभयो‘मन ठूलो बनाएर सबैस“ग मिलेर अघि बढ्नुस् ।

भेटमा उपमहासचिव सोम सापकोटा संघकी महिला सचिव तथा विदेशमा नेपाली सामान प्रवद्र्धन कमिटीकी संयोजक राधिका गुरुङ(टीका) एनआरएन अभियन्ता तीर्थ भट्टराई र अधिकृत कुनाल मिश्र उपस्थित थिए ।

Please follow and like us: