डच सरकारको बुद्धिमत्ता निर्णयले क्षति न्यूनिकरण गर्न सफल ! विषम परिस्थितिमा नेपालीहरुको अवस्था

द्रोण रिजाल, नेदरल्यान्ड्स |

चिन को हुवान सहरबाट सुरुभएको COVID19 कोरोना भाइरस अन्तत:संसारको कुनै मुलिकलाई अछुतो राख्न सकेन | कुनै रास्ट्रले यस्तो विषम परिस्थितिलाई बुद्धिमता पुर्वक नियन्त्रण गर्न सफल भएभने कुनै राष्ट्रले ठुलो धन जनको क्षति व्यहोर्नु पर्यो | जब यूरोपियन मुलुकहरुमा भाइरसका संक्रमण देखिन थाल्यो तब नेदरल्यान्ड्समा सरकारले बुद्धिमता पुर्वक यहाका नागरिक र रास्ट्रिय अर्थतन्त्र जोगाउन विभिन्न विज्ञहरुको राय र सुझाबका साथ भाइरसको रोकथामका उपायहरु सहित विभिन्न चरणमा नियमहरु लागु गर्दै गयो | जस्ले गर्दा मानबिय र आर्थिक क्षति न्यूनीकरण गर्न डच सरकार सफल भएको छ |

मार्च १५ तारिख :-

क्याबिनेट को बैठकबाट निर्णय गर्दै डच सरकारले दैनिक उपभोग्य सामग्रीका पसल बाहेक सम्पूर्ण बन्द गर्ने निर्णय |
( रेस्टुरेन्ट , क्याफे , स्विमिंग पुल , खेलकुद मैदान जस्ता सार्बजनिक ठाउहरु )

मार्च २२ तारिख :- अर्ध लकडाउन को नीति लागु ;

मार्च २३ तारिख देखि जुन १ तारिख सम्म लागु हुने गरि थप नियम |

१) ३ जना भन्दा बढीको संख्यामा जमघट हुन नपाउने र अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किन आग्रह गरिएको |
२) एक अर्कामा दुरी घटीमा १,५ मिटर को सोसियल डिस्टेन्स कायम राख्नुपर्ने |
३) एकै परिवारका सदस्य भएपनि बाहिर नियम पालना गर्नुपर्ने |
४) बालबालिकाहरुलाई बचाहरुको खेल मैदानमा खेल्न पाउने तर अभिभावकहरुले भने सामाजिक दुरी कायम गर्नुपर्ने |
५) सुपरमार्केट र खाद्यान्नका पसलहरु खुल्ला रहेपनि उपभोक्ताहरुले पनि सामाजिक दुरी कायम गर्नुपर्ने |
६) माथि भनिएका नियमहरुको सहजीकरण र नियन्त्रण का लागी स्थानीय नगरपालिका र प्रहरीहरुलाई अधिकार दिएको |
७) यदि कुनै ब्याक्तिले नियम उलंघन गरेमा प्रति ब्याक्ति ४ सय युरो र कम्पनि वा संथा भए ४ हजार युरो जरिवाना समेत तोकिएको थियो |

अर्ध लकडाउन किन गरिएको थियो ?

– डच नागरिकहरु सरकार प्रति बफादार ,इमान्दार भएकाले सरकारले लागाएका नियमहरुमा इमान्दारीपुर्वक पालना गर्नेछन भन्नेमा डच सरकार बिस्वस्थ हुनु |
– पूर्ण लक डाउन गर्दा राज्यको अर्थतन्त्र र नागरिकको जनजीवनमा अझ गम्भीर असर पर्नेहुनाले क्षति न्यूनीकरण गर्नका लागि |
– अत्यावस्यक काम बाहेक बाहिर ननिस्कनका लागि सरकारको आदेसलाइ यहाका नागरिकहरुले पूर्ण पालना गर्नेछन भन्नेमा सरकार बिस्वस्त हुनु |
– यो भन्दा अगाडिका कडा खालका भाइरसहरुसंग लडेर सफलता देखाइसकेको र यहाका नागरिकहरुले सरकारी नियम पालना गर्दै आत्मरक्षा गर्न सक्छन र भन्ने सिद्दान्तलाइ अनुसरण गर्दै असक्त र दिर्घ रोगीहरूलाइ सरकारले अबिलम्ब सुरक्षाका उपायहरु अबलम्बन गर्नेछ भन्ने बिस्वासका साथ बहुसंख्यक जनताले आफ्नै घरबाट कोरोना भाइरसलाई पराजित गर्न सक्छन भन्ने बिस्वास का साथ पूर्ण लकडाउन नगरिएको हो |
– सरकार ग्रुप इम्मुनीटि सोलुसन चाहन्थ्यो | यसको मतलब सबै प्रकारका भाइरस संग आफै लडेर परास्त गर्न सकिन्छ भन्नेमा बिस्वस्त हुदै आफु सुरक्षित रहे अरुलाई पनि सुरक्षित राख्न सकिन्छ भन्ने धारणा सहित एक प्रकारको परिक्षण गर्न चाहन्थ्यो |

डच सरकारले लगाएका थप नयाँ नियम हरु :-

नेदरल्यान्ड्स सरकारले मई ६ तारिख पत्रकार सम्मेलन गरेर स्टेप बाइ स्टेप थप नया नियम लागु गरेको थियो |

मई ११ तारिख प्रथम चरण :-

– प्राथमिक बिद्यालय र किन्डर गार्डेन खोलिने साथै स्कुलमा हप्ताको पाचै दिन पढ़ाई हुने तर बालबालिकाहरुलाई आलो पालो गरेर स्कुलको परामर्स लिएर मात्र बालबालिकाहरुलाई स्कुल पठाउनु पर्ने |
– पेशा संग सम्बन्धित ;
हेयर ड्रेसर, ब्युटिपार्लर , फिजियोथेरापीहरुले ग्राहकलाई सेवा दिन सक्ने तर ग्राहक बिरामी भए नभएको निर्कियोल गरेर अपोइन्टमेन्ट ( appointment) बनाएर मात्र सेवा दिन सकिने र कुर्सि र हातको कुमको १,५ मिटर दुरी कायम हुनेगरी टेबल कुर्सि राख्नुपर्ने |
बाहिरि स्पोर्ट ( outdoor sport ) गर्न पाउने तर सामाजिक दुरी कायम गर्नुपर्ने |

जुन १ तारिख दोस्रो चरण :-

– माथिका परिस्थिति अनुकुल हुदै गए माद्यमिक बिद्यालयहरु स्कुल ब्यबस्थापनले सामाजिक दुरी कायम गर्दै र स्कुलको परामर्स अनुसार खुल्ला गर्न सकिने |
– रेस्टुरेन्ट र क्याफेहरुमा सामाजिक दुरी कायम गर्दै बढीमा ३० जना सम्म लाइ सेवा दिन सक्नेछन तर ग्राहकको अवस्था अनुसार बिरामी भएको नभएको जानकारी हुन जरुरि छ |
– रेस्टुरेन्टहरुले टेरास खोल्न सक्नेछन तर सामाजिक दुरी कायम गरि टेबल कुर्सि राख्नुपर्ने र ३० जनालाई मात्र सेवा दिन सक्नेछन |
– सार्बजनिक यातायातहरु जस्तै ट्रेन ट्राम ,मेट्रो र बसहरुमा यात्रा गर्दा माक्स अनिवार्य लगाउनु पर्ने र अत्यावस्यक परेमा मात्र सार्बजनिक यातायात प्रयोग गर्न भनिएको छ |

जुलाई १ तारिख तेस्रो चरण :-

यदि परिस्थिति अरु सुधार हुदै गएमा ;
– रेस्टुरेन्ट ,क्याफे र सिनेमाहल हरुले सामाजिक दुरी कायम राखेर १०० जना सम्मलाइ सेवा दिन सक्नेछन |
– नेदरल्यान्ड्स भित्र मात्र छुट्टी मनाउन जान पाउने गरि होलिडे पार्कहरु खुल्ला गरिने र सामाजिक दुरी भने कायम गर्नुपर्ने छ |
– कुनै पार्टी वा सेमिनार गर्नुपरेमा बडीमा १०० जना सम्म रहने गरि सामाजिक दुरी कायम गर्दै कार्यक्रम गर्न सकिने छ |

सेप्टेम्बर १ तारिख चौथो चरण :-

परिस्थिति अझ अनुकुल बन्दै गएमा जिम खाना स्पोर्ट्स स्कुल र क्यासिनो अनि खेलकुद प्रतियोगिता गर्न सकिने छ तर दर्सकलाई भने अनुमति हुने छैन |

मई १४ मा सरकारको पत्रकार सम्मेलनमा नयाँ सुचना सार्बजनिक :-

– नेदरल्यान्ड्स सरकारले युरोपियन युनियन संगको सहकार्यमा यस विषम परिस्थितिको समय ब्यबशायिहरुलाई आर्थिक भार नपरोस भन्ने उदेश्य अनुरुप बैकको ग्यारेन्टी बसिदिने ब्यबस्था गरेको छ | रुपान्तरण ऋण (Overbruggings kredit) को ९०% सम्म ब्यबस्था गरेको छ |

– आम्दानीको ट्रान्जिट ( omzet)अवस्था हेरेर साना ब्यबसायीहरुलाई ९५% सम्म बैंक ग्यारेन्टी सरकार बसिदिने जनाएको छ जस्को लागि मासिक ५० हजार युरो आम्दानि हुनुपर्नेछ | बर्तमान अवस्थाको कारण कुनै ब्यबसायिहरु भोलिको कस्ठकर अवस्था र समस्यामा नपरुन भन्ने उदेश्य हो |
– Flexwerker students :- मेन पावर मार्फत काम गर्ने कामदारहरु र बिद्यार्थीहरुका लागि माषिक ६ सय युरो दिने निर्णय सरकारले गरेको छ | जस्मा माषिक ६ सय युरो बराबरको अधिल्लो अवस्थामा काम गरेको हुनुपर्ने र साहुले UWV मार्फत रकम लिएर उनीहरुका कामदारहरुलाई दिन सक्नेछन |

सरकारी राहत किन र कस्कालागी ?

कोरोना भाइरसले उत्पन्न गरेको परिस्थितिलाई नेदरल्यान्ड्समा जनजीवन थप कष्ठकर नहोस भन्नाकालागी सरकारले ब्यबशायीहरु , उद्द्योगीहरु र कामदारहरुका लागि राहतका प्याकेज अधि सरेको थियो | नेदरल्यान्ड्स सरकारले क्षति न्युनीकरण गर्न नागरिकहरुका लागि राहतका प्याकेजहरु ल्याएको थियो । त्यसमा सरकारले १० देखि २० बिलियन युरो खर्च हुनसक्ने अनुमान गरेको थियो । व्यवसायीहरुले सरकारबाट राहतका लागि आ-आफ्ना एकाउन्टेन्ट मार्फत प्रकृया पुर्याइ लिन सक्नेछन् भने कर्मचारीहरुले भने सम्बन्धित कम्पनी वा व्यवसायी मार्फत लिन सक्नेछन् ।

१) ब्यबसायीहरुले पाउने राहत तथा सुबिधा :- आपतकालिन राहत ; ४ हजार युरो |

RVM – Rijksdienst Voor Ondernemend Nederland. मा आफ्ना एकाउन्टेन्ट मार्फत निबेदन दिन सक्नेछन |
यदि कर्मचारी नराखी ब्यबसाय संचालन गरेका ब्यबसायिहरु ( freelance ) को हकमा नगरपालिका बाट मासिक १०५० युरो राहत पाउनेछन |

२) कर्मचारीहरुको लागि सुबिधा :-

मार्च १ देखि जुन १ सम्मका लागि सरकारले ७० देखि ९० % सम्म सरकारले ब्यबसायीहरुको खातामा रकम जम्मा गर्ने र ब्यबसायी वा कम्पनीहरुले आआफ्ना कर्मचारीहरुलाई तलब दिनु पर्ने ब्यबस्था मिलाएको छ | यदि कम्पनीको turnover( OMZET) २०% ले मार्च १ देखि जुन १ सम्म घटेको हुनुपर्नेछ |

३) बैंक बाट ऋण लिन पाउने :-

आआफ्नो एकाउन्टेन्ट मार्फत बैंक मार्फत ऋण १० देखि १५ % ब्याजमा ऋण प्राप्त गर्न सक्ने छन् यसमा सरकार बैंक ग्यारेन्टी बस्नेछ तर बैंक लाइ ३.९% सम्म प्रोभिजन दिनु पर्ने छ |
यदि Freelance छ भने बढीमा दस हजार पाच सय (१०५००) युरो स्थानीय नगरपालिका बाट २% ब्याज दरमा ऋण सुबिधा पाउने सकिन्छ |

जुन २४ तारिख :- डच सरकारले प्रेस सम्मेलन गर्दै नयाँ नियमका निर्णयहरु |

जुलाई १ तारिख देखि लागु हुनेगरी रेस्टुरेन्टमा ग्राहकहरुको संख्यामा जतिसुकै भएपनि कुनै नियम नलाग्ने तर सामाजिक दुरी १.५ मिटर भने कायम राख्नु पर्नेछ | रेस्टुरेन्ट तथा क्याफे हरुले बाहिर टेरासमा टेबल राख्दा प्लास्टिक वा सिसाको पर्दाको जरुरि नहुने |
जुलाई १ तारिख देखिने लागु हुनेगरी १८ बर्ष मुनिका कसैले पनि सामाजिक दुरी कायम गर्नु नपर्ने तर १८ बर्ष भन्दा माथिकाले भने सामाजिक दुरी र नियम पालना गर्नुपर्ने छ |
जुलाई १ तारिख देखि सार्बजनिक यातायातमा यात्रा गर्न सामाजिक दुरी कायम नगरेपनि माक्स अनिवार्य लागाउनु पर्ने छ |
सेप्टेम्बर १ तारिख देखि सार्बजनिक खेलकुदहरु स्टेडियममा दर्शक राखेर संचालन गर्न पाउने तर सामाजिक दुरी कायम गर्दै दर्शकले होहल्ला नगरी शान्तिपूर्वक सहभागी हुन पाउनेछन |
सेप्टेम्बर १ तारिख देखि विश्व बिध्यालयहरु र भोकेशनल बिध्यालयहरु पनि सामाजिक दुरी १.५ मिटर कायम गर्दै खोल्न पाउने छ्न |
ब्यबशायीहरुका लागि राहत स्वरुप RVM ( Rijksdienst Voor Ondernemend Nederland.) बाट ४००० ( चार हजार ) युरो लिईरहेको भएपनि त्यहीबाट राहत स्वरुप ( subsidy ) बापत ५०००० ( पचास हजार ) युरो सम्म लिनकालागी निबेदन दिन सक्नेछन |

विषम परिस्थितिमा नेदरल्यान्ड्सका संघसंथाहरुको भूमिका :-

१) गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद नेदरल्यान्ड्स :-

कोभिड १९ (COVID 19 ) ले जनजीवन कस्थाकर भैरहेको अवस्थामा मार्च २८ तारिख एन आर एन नेदरल्यान्ड्सको आकस्मिक अनलाइन बैठकले विभिन्न समिति गठन गरेको थियो |

क ) स्वास्थ्य परामर्श तथा सहयोग समिति :- संयोजक ; फणिन्द्र पन्त |

आकस्मिक स्वास्थ्य सम्बन्धि सहयोग , सम्पर्क , समन्वय र सहजीकरणका उदेश्य का निम्ति गठन गरिएको थियो |

ख ) व्यापारिक परामर्श समिति :- संयोजक ; शशी पौडेल |

नेदरल्यान्ड्स सरकारले बनाएका नीति नियम वित्तीय सहयोग र सुचना अद्यावधिक गर्दै ब्यबशायी र कामदारहरुलाई प्रबिधि र प्रक्रियागत सहयोग गर्ने उदेश्यले गठन गरिएको थियो |

ग ) आर्थिक श्रोत परिचालन तथा वितरण समिति :- संयोजक ; संघर्षशिल के सी |

कोरोना बाट उत्पन्न कस्ठकर जनजीवनमा राहत का लागि आर्थिक र खाद्यान्न संकलन र लक्षित बर्गमा वितरण गर्ने उदेश्यले गठन गरिएको थियो |

कोरोना संक्रमित अभियानमा स्वास्थ्य सामग्री खरिद गर्ने उदेश्य अनुरुप नेपाली रु ३ लाख (२४६५ युरो ) एन आर एन ए केन्द्रलाई पठाएको जानकारी प्राप्त भएको छ |

२) नेपाल बिकाश प्रतिष्ठान नेदरल्यान्ड्स :-

३) नेपाल कोष फाउन्डेशन नेदरल्यान्ड्स :-

नेपाल बिकास प्रतिष्ठान र नेपाल कोष फाउन्डेशन नेदरल्यान्ड्सले स्थापना गरेको कोरोना कोषले नेपालमा कोरोना भाइरसबाट प्रभावित ब्याक्ति, समुदाय र संथाहरुलाई राहत तथा दिर्धकालिन समाधानका लागि उदेश्य अनुरुप करिब १०५०० युरो जम्मा भएको रकम मध्ये ४३०० युरो आपतकालिन राहत कोषको लागी खर्च भएको अवस्था प्रतिष्ठान र फाउन्डेशन ले जानकारी गराएको अवस्था रहेको छ |

४) जनसम्पर्क समिति नेदरल्यान्ड्स :-

जन सम्पर्क समिति नेदरल्यान्ड्सका अध्यक्ष प्रेम जंग गुरुंगले पत्रकार महासंघ युरोप शाखाको पाचौं नेदरल्यान्ड्सको लाइभ अन्तरक्रिया कार्यक्रममा समितिले एक हजार युरो राहत कोष मा जम्मा भएको जानकारी दिनुभएको थियो |

नेपालीहरुको अवस्था :-

नेदरल्यान्ड्समा लगभग २२०० को हाराहारीमा नेपाली हरुको बसोबास रहेको छ | अप्रिल १८ तारिखका दिन कोरोनाका कारण उपचारको क्रममा एक जना नेपाली चेली ४० बर्षीय लक्ष्मी भट्टचनको मृत्यु भएको थियो | नेपालमा म्याग्दी घर भएकी दुई सन्तानकी आमा परिवार सहित नेदरल्यान्ड्समा बस्दै आएकी थिइन् | उनी मुटुको बिमारी समेत रहेको पारिवारिक श्रोतले जनाएको थियो | यो बाहेक नेपालीहरुमा कुनै संक्रमणको नदेखिएको पाइएको थियो र अहिलेको अवस्थामा समेत सबै सुरछित रहेका छन् ||

Please follow and like us: