पत्रकार महासंघ युरोप शाखाले आपतकालिन राहत कोषका लागि रकम सन्कलन गर्दै

द्रोण रिजाल, नेदरल्यान्ड्स |
नेपाल पत्रकार महासंघ युरोप शाखाको बिहिवार १६ जुलाई २०२० का दिनमा अध्यक्ष केजिन राईको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले पत्रकार आपतकालीन कोष स्थापना गर्ने सम्वन्धमा निर्णय गरेको महासंघले जानकारी गराएको छ ।
कोभिड १९ सक्रमणका कारण विश्वभर छरिएर रहेका नेपाली पत्रकारहरुले जागिर गुमाउनु परेको, वेतलवी विदामा बस्नु परेको तथा नियमित पारिश्रमिक भुक्तानी हुन नसकेको जस्ता कारणले पत्रकारहरुको जिवनयापनमै समस्या भएको बिद्यमान अवस्था र यसैगरी विरामी पत्रकारको उपचारका लागि पनि आर्थिक अभाव देखिएको छ ।
पत्रकार महासंघको पहलमा समस्यामा परेका पत्रकारहरुलाई केही दिनका लागि राहत दिने तथा सामान्य उपचार खर्च उपलब्ध गराउने जस्ता कार्य भए पनि यो पर्याप्त छैन । पत्रकारको दैनिक जिवन यापनमा समस्याका कारण पत्रकारहरु पेशावाटै पलायन हुनुपर्ने वाध्यात्मक अवस्था आउन नदिन अति संकटमा परेका पत्रकारलाई राहतका लागि नेपाल पत्रकार महासंघले केन्द्रीय कार्यालयमा ‘पत्रकार आपतकालीन कोष’ स्थापना गर्ने निर्णय गरि सकेको समेत जानकारी उल्लेख गरिएको छ ।
यसै सन्दर्भमा केही दिन अघि महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्य, महासचिव रमेश विष्ट र कोषाध्यक्षको उपस्थितिमा विदेशमा रहेका महासंघका सबै शाखा र अन्य पत्रकार संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधी सहभागी भर्चुअल बैठकमा ‘पत्रकार आपतकालीन कोष’को लागि रकम संकलनको लागि आह्वान भए अनुसार यस युरोप शाखाको भर्चुअल जुम बैठकमा कसरी रकम संकलन गर्ने भन्ने बारे ब्यापक छलफल भएको जानकारी प्राप्त भएको छ |
बैठकले ‘पत्रकार आपतकालीन कोष’ को लागि युरोपमा आर्थिक संकल गर्न युरोप शाखाका अध्यक्ष केजिन राईको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको छ । समितिको सदस्यहरुमा सचिबहरु द्रोण रिजाल, पेम्बा गेलु शेर्पा, महेशकुमार खाती र वाइबी गुरुङ, अन्य सदस्यहरुमा प्रेम पोमु, राजकुमार थापा, शेरबहादुर परियार, दीपेन्द्र गजुरेल,पुष्प बरुवाल, वाइ बि गुरुङ, गणेश पाण्डे, रबिचन्द्र भट्टराई, प्रेम परियार, दिनेश गौतम, युब राज फुयाल र आर्थिक संकलन समितिको कोषाध्यक्षमा सरला कट्टेललाई चयन गरेको महासंघले जनाएको छ ।
युरोपका विभिन्न देशका पत्रकार तथा विभिन्न सामाजिक संघसंस्थाबाट आर्थिक संकलनको लागि सबैलाई अनुरोध गर्ने महासंघका अध्यक्ष केजिन राईले जानकारी गराएका छन |

Please follow and like us: