‘भरतपुर भ्रमण वर्ष, २०२४’‘घुमौँ भरतपुर’ भन्ने नाराका साथ शुक्रबार उद्घाटन

नयाँ कुरा,१ मार्च ,शुक्रबार ,चितवन ,

‘भरतपुर भ्रमण वर्ष, २०२४’‘घुमौँ भरतपुर’ भन्ने नाराका साथ शुक्रबार प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचन्ड)को प्रमुख अतिथिमा नारायणी तिरमा उद्घाटन भएको छ ।

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको अध्यक्षतामा नेपाली राजनीतिकदलका सभापति ,पुर्ब प्रधानमन्त्रीहरु पुष्प कमल दाहाल (प्रचन्ड),शेर बहादुर देउबा ,के पि ,शर्मा ओली,माधब कुमार नेपाल ,झलनाथ खनाल ,खिलराज रेग्मी ,, कुटनितिक नियोग,अन्य नगर प्रमुख ,जनप्रतिनिधीहरु तथा सर्बसाधारणको बाक्लो उपस्थिती रहेको थियो ।

जनवरी २०२४ मा उद्घाटन गर्ने भनिएतापनी बिबिध तयारी पुरा नभएकाले शुक्रबार गरिएको छ ।

चितवन निकुन्ज ,गैडा ,पानी जहाज, जङल सफरी,पर्यटकिय स्थल सौराहा ,देबघातघाम,बिभिन्न जातजातीका रहनसहन ,बिभिन्न नेपाली खानाका परिकार तथा नेपाली कला र सस्कृतिको प्रचारप्रसार गर्न मद्घत पुग्ने विश्वाश लिएको ‘भरतपुर भ्रमण वर्ष, २०२४ अन्तरास्ट्रिय प्रचार प्रसार समन्यन प्रमुख  गैर आवासिय नेपाली संघका उपसचिब सोम सापकोटाले हाम्रा समबाददाता संगको कुराकानीमा बताउनु भएको छ ।

स्वदेश तथा बिदेशमा काम,अध्ययन ,पेशा ब्यवसाय ,कर्मचारी , नेपाललाई माया गर्ने बिदेशी पर्यटकहरुलाई  यो भ्रमण वर्षमा एक पटक आन्तरिक भ्रमण  तथा बिदेश बाट पनि एक पटक चितवन भ्रमणका  लागि आबहवान गरिएको छ ।

भ्रमण वर्ष २०२४को अन्त्य सम्म नै मनाईने भएको छ ।

Please follow and like us: