‘भरतपुर भ्रमण वर्ष, २०२४’मुल आयोजक समितिको सदस्यमा संघर्ष के. सि मनोनित

नयाँ कुरा,२ मार्च, शनिबार ,आमस्ट्रडम ,

नेदरल्याण्ड बाट ‘भरतपुर भ्रमण वर्ष, २०२४’‘घुमौँ भरतपुर’सफल बनाउन मुल आयोजक समितिको सदस्यमा संघर्ष के .सि मनोनित हुनु भएको छ ।

‘भरतपुर भ्रमण वर्ष, २०२४’‘घुमौँ भरतपुर’ भन्ने नाराका साथ शुक्रबार प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचन्ड)को प्रमुख अतिथिमा नारायणी तिरमा उद्घाटन भएको हो ।

 

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको अध्यक्षतामा नेपाली राजनीतिकदलका सभापति ,पुर्ब प्रधानमन्त्रीहरु पुष्प कमल दाहाल (प्रचन्ड),शेर बहादुर देउबा ,के पि ,शर्मा ओली,माधब कुमार नेपाल ,झलनाथ खनाल ,खिलराज रेग्मी ,, कुटनितिक नियोग,अन्य नगर प्रमुख ,जनप्रतिनिधीहरु तथा सर्बसाधारणको बाक्लो उपस्थिती रहेको थियो ।

चितवन निकुन्जमा रहेका हात्ती ,गैडा ,पानी जहाज, जङल सफरी,पर्यटकिय स्थल सौराहा ,देबघातघाम,बिभिन्न जातजातीका रहनसहन ,बिभिन्न नेपाली खानाका परिकार तथा नेपाली कला र सस्कृतिको प्रचारप्रसार गर्न मद्घत पुग्ने विश्वाश लिएको छ ।

स्वदेश तथा बिदेशमा काम,अध्ययन ,पेशा ब्यवसाय ,कर्मचारी , नेपाललाई माया गर्ने बिदेशी पर्यटकहरुलाई यो भ्रमण वर्षमा एक पटक आन्तरिक भ्रमण तथा बिदेश बाट पनि एक पटक चितवन भ्रमणका लागि आबहवान गरिएको छ ।

भ्रमण वर्ष २०२४को अन्त्य सम्म नै मनाईने भएको छ ।

नेदरल्याण्ड बाट ‘भरतपुर भ्रमण वर्ष, २०२४’मुल आयोजक समितिको मनोनित  सदस्य संघर्ष के. सि नेपाली जनप्रगतिशिल मन्च नेदरल्याण्डको अध्यक्ष , गैर आवासिय नेपाली संघ नेदरल्याण्डको उपाध्यक्ष ,तथा सफल रेस्टुरेन्ट ब्यबसायी हुन ।

नेदरल्याण्ड बाट ‘भरतपुर भ्रमण वर्ष, २०२४’ सफल बनाउन आफ्नो समपर्कमा रहेका नेपाली तथा बिदेशी साथीहरु लिएर आफुपनी छिट्टै चितवन घुमन जाने बताउनु भयो ।

Please follow and like us: