WORLD TOUR WITH SAIGRACE Storyteller कार्यक्रम आमस्ट्रडममा भब्य रुपमा समपन्न

नयाँ कुरा ,सोमबार ,१९ फेब्रुअरी,आमस्ट्रडम,

सुरिलो स्वरका धनी साईग्रेस पोख्रेलले ११ फेब्रुअरी २०२४का दिन WORLD TOUR WITH SAIGRACE कार्यक्रम यात्राको क्रममा नेदरल्याण्डसमा बसोवास गर्ने नेपालीहरुको बाक्लो उपस्थिती बिच भब्य रुपमा आमस्ट्रडम शहरमा आफ्नो प्रस्तुती गरेका छन ।

पोखरेलले WORLD TOUR WITH SAIGRACE कार्यक्रम यात्राको क्रममा आमस्ट्रडममा रहेका थुप्रै नेपालीहरुले पनि आफ्नो प्रस्तुती गरेका थिए ।

युटुबमा नेपाली स्टोरीटेलरका रुपमा युबा युबतिहरु बिच निकै नै चर्चामा रहेका पोखरेल स्पेनमा स्थाई बसोवास गर्दछन ।

कथा उपन्यास लाई युटुब मार्फत पछील्लो समय बिशेष गरी युबा युबती हरुले मन पराएको स्वर हो साईग्रेस ।

साईग्रेसले आफ्नो उपन्यासलाई तथा बजारमा बिशेष चर्चामा रहेका कथा उपन्यास लाई बाचन गर्ने गर्दछन ।

 

आमस्ट्रडमको कार्यक्रम नेपाली लाइफ केयर फाउण्डेसनले ब्यबस्थापना गरेको थियो ।


कार्यक्रमका लागि नेदरल्याण्डसमा रहेका युबा ब्यबसायिहरुले हातेमालोगरेका भने

कार्यक्रमको चाजोपाजो गैर आवासिय नेपाली संघका प्रबक्ता युबा ब्यबसायी फडिन्द्र पन्तले गरेका थिए भने कार्यक्रमको सहजिकरण रस्मिता पराजुलिले गर्नु भएको थियो ।

Please follow and like us: