गुरुङ समाज नेदरल्याण्डको आठौ अधिबेशनले पृथ्वी मान गुरुङको नेत्रित्वमा पूर्ण कार्यसमिती सर्बसहमत घोषणा

नयाँ कुरा ,२२ फेब्रुअरी ,बिहिबार ,आमस्ट्रडम, –

गुरूङ समाज नेदरल्याण्डले १९ फेब्रुवरी २०२४ का दिन आम्स्टर्डममा बसेको आठौ भेलाले पृथ्वी मान गुरूङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

 

गुरुङ समाज नेदरल्याण्डको आठौ अधिबेशनले समाजका गतिबिधी तथा गुरुङहरुको आफ्नो भाषा सस्क्रिती तथा गतिबिधिहरुका बारेमा गहन छलफल गरेको छ ।

बिदेशमा हुर्कदै गरेका साना- साना नानी बाबुहरुलाई गुरुङ भाषा ,सस्क्रिती तथा समाजका गतिबिधिमा सकृय बनाउन समितिको जिम्मेवारी पनि हस्तान्तरण गरेको छ ।

आठौ अधिबेशनले सघन छलफल गरी पूर्ण कार्यसमिती सर्बसहमतिमा घोषणा गरिएको छ ।

समितिको उपाध्यक्षमा द्वय अमिर गुरूङ र साबु गुरूङ चयन भएका छन् भने महासचिवमा आशा गुरूङ, सचिव मा लक्ष्मी गुरूङ, कोषाध्यक्षमा जुनकुमारी गुरूङ, सह-कोषाध्यक्षमा सीमा (माया) गुरूङ ,सदस्यहरुमा निरज गुरूङ, साइरस गुरूङ, अमिर गुरूङ र इन्द्रजंग गुरूङ चयन भएका छन् ।

 

 

समाजले समयसापेक्ष योजनागत तथा केही महत्वकान्क्षी योजना घोषणा गरेको छ ।

१. संस्थागत रुपमा एकआपसमा भातृत्वको विकास गर्दै आपसी सहयोगको भावना अभिवृद्दि गर्ने योजनाहरु ल्याउने ।

२. आफ्नो भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षण एवं सम्बर्धन गर्न र भावी पुस्तालाई आफ्नो मौलिकता बारे जानकारी दिने खालका ठोस कार्यक्रमहरु गर्दै जाने ।

३. संस्थालाई व्यवस्थित र विधिसम्मत ढंगले संचालन गर्नका लागि विभिन्न नियमावली, निर्देशिका र आचारसंहिताहरु निर्माण गरि कार्यन्वयन गर्दै लैजाने ।

४. समाजमा आबद्द हुन प्रोत्साहन स्वरुप विभिन्न रणनीतिक योजनाहरु ल्याउने ।

५. भावी पुस्ताको मनोविज्ञानलाई मध्यनजर गर्दै सिर्जनात्मक एवं रचनात्मक कार्यक्रमहरु गर्दै जाने ।

६. विशेष गरी दुखः पिडा वा शोक पर्दा समाजका सदस्यहरु सम्बन्धित परिवारको सारथी बन्ने योजनालाई आधारभूत रुपमा कार्यान्वयन गर्दै जाने ।

७. नेदरल्याण्ड मा स्थापित नेपाली लगायतका अन्य संघसंस्थाहरुसंग समन्वय र सहकार्य गर्दै जाने कार्यनीति अबलम्वन गर्दै जाने ।

८. नेपाली डायस्पोराले आर्जेको ज्ञान, सिप र अनुभवलाई आफ्नो मातृभूमिको विकास र समुन्नत भविष्यको लागि सिर्जनात्मक एवं रचनात्मक सहयोग पुर्याउने ।

९. नेपालमा तमू सांस्कृतिक प्रतिष्ठानसंगको सहकार्यमा २०१४ देखि हरेक शैक्षिक सत्रको लागि दुई जना गरिब तथा जेहन्दार विद्यार्थीलाई दिंदै आएको छात्रवृतिलाई अवका दिनहरुमा अझै विस्तार गर्दै लैजाने ।

१०. परोपकारी तथा कल्याणकारी सामाजिक कार्यहरुलाई विभिन्न संघसंस्थाहरुसंग समन्वय र सहकार्य गर्दै भावी दिनहरुमा अझ प्रभावकारी ढंगले कार्यान्वयन गर्दै जाने ।

११. आर्थिक समृद्दीका लागि विभिन्न कार्ययोजनाहरुको रुपरेखा तयार गरी कार्यन्वयन गर्दै लैजाने ।

नेदरल्याण्डमा रहेका संघ सस्थाहरुसँग सामाजिक कामहरुमा हातेमालो गर्ने निर्वाचित अध्यक्ष पृथ्वी मान गुरूङले हाम्रा समबाददाता सँगको समबादमा बताउनुभएको हो ।

अध्यक्ष गुरुङ लामो समय देखी नेदरल्याण्डलाई कर्मथलो बनाई बसोवास गर्दछन भने नेपालमा गोरखा सिरानचोक ५, चित्रे तल्लोपाम निवासी हुन् ।

Please follow and like us: