मगर समाज नेदरल्याण्डसको अध्यक्षमा नेत्र राना मगर सर्बसहमत निर्वाचित

नयाँ कुरा १९ जनवरी,शुक्रबार ,आमस्ट्रडम,

मगर समाज नेदरल्याण्डसले १५ जनवरी २०२३ सोमबारका दिन बिबिध सास्कृतिक कार्यक्रमका साथ माघे सन्क्रान्ती भब्य रुपमा मनाएको छ ।

सास्कृतिक कार्यक्रमका लागि स्थानिय कलाकार तथा पोर्तुगल बाट आएका कलाकारहररुले दर्शकलाई छम छम नचाएका थिय ।

सास्कृतिक कार्यक्रम टिका पुनको अध्यक्षतामा , प्रमुख अतिथि अन्तरास्ट्रिय मगर महासंघका महासचिब बिरमान घर्ति मगर , बिशेष अतिथीहरु विश्व मगर संघ बेल्जियम का अध्यक्ष लोक राना मगर , अन्तरास्ट्रिय मगर महासंघका सदस्य तथा एन आर एन नेदरल्याण्ड का आइ सी सी सदस्य मिम पुर्जा , एन आर एन नेदरल्याण्डस का अध्यक्ष थानेस्वर कंडेल , नेदरल्याण्डस स्थित सामाजिक ,ब्यबसायी ,बिध्यार्थी क्षेत्रिय संघ सस्था ,भार्त्रीसंगठनहरु , देशी बिदेशीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

 

बिदेशमा रहदै गर्दा पनि आफ्नो चाड पर्बलाई प्रचार प्रसार तथा प्रब्रर्धन गर्दै हरेक बर्ष कार्यक्रम गर्दै आयोजना गर्दै आएको समाजले जनाएको छ ।

आगामी दुई बर्षको कार्यकलका लागि समाजले नेत्र राना मगरको नेत्रित्वमा नयाँ कार्यसमिती सर्बसहमत घोषणा गरेको छ ।

नब निर्वाचित नयाँ कार्यसमितिहरु

अध्यक्ष – नेत्र राना मगर
उपाध्यक्ष – जय पुन मगर
उपाध्यक्ष  -ज्ञानेन्द्र आले मगर
महा-सचिव – मिन थापा मगर
सचिव -बिपना थापा मगर
कोषाध्यक्ष -यम पुन मगर
सह-कोषाध्यक्ष-जीवन पुन मगर
सदस्य -यज्ञ घर्ती मगर
सदस्य-कुल बहादुर रोका मगर

Please follow and like us: