बेल्जियमको माघे संक्रान्ति चाड भब्यताका साथ सम्पन्न

केजिन राई ,बिहीवार १८ जनवरी ,आन्त्वेर्पेन बेल्जियम,

 

विश्व मगर संघ बेल्जियमद्वारा आयोजित माघे संक्रान्ति चाड भब्यताका साथ समपन्न भएको छ l आन्त्वेर्पेन स्थित star plaza मा सम्पन्न विश्व मगर संघ बेल्जियमद्वारा आयोजित माघे संक्रान्ति भब्यताका साथ भएको हो ।

 

विश्व मगर संघ बेल्जियमका अध्यक्ष लोक राना मगरको सभापतित्वमा बेनेलक्स र युरोपियन युनियनका लागि महामहिम राजदूत गेहेन्द्र राज भण्डारीको प्रमुख आतित्यथामा जेष्ठ नागरिक प्रमुख सल्लाहकार ,राम बुढा मगर , सस्थाका संरक्षक मार्के मगर ,लाल प्रसाद पाईजा मगर , र विशेष अतिथीहरु अन्तराष्ट्रीय मगर महासंघ महासचिब तथा आदिबासी जनजाती महासंघ बेल्जियमका अध्यक्ष बीरमान मगर ,एनआरएनए बेल्जियमकी अध्यक्ष सीता सापकोटा र अन्तराष्ट्रीय मगर महासंघ युरोप संयोजक नेत्र मगर ,यूकेबाट मगर समाज युके कल्चरल डाईरेक्टर सरू गुरूॅग राना मगर र ओशिन राना मगरको बिशेष उपस्थिति रहेको थियो ।

 

शेर्पा किदुकका अध्यक्ष पेम्बा शेर्पा , तमु समाजका अध्यक्ष होम गुरूंग , किरात राई सोसाईटी बेल्जियमका महासचिब सबनम राई , तामांग समाज प्रतिनिधि अनिता लामा , तमु धी अध्यक्ष संगिता तमुस्यो , पाशा पुचका महासचिब शूर्य नारायण श्रेष्ठ , किरात याक्थुम चुम्लुंग अध्यक्ष बदन योंगहांग, थकाली सेवा समिति अध्यक्ष सरोज गौचन , युरो कलाकार संघ अध्यक्ष बलराम पुन ,ब्यबशायी संघ अध्यक्ष चिरण खवास , प्रवासी मंच अध्यक्ष चन्द्र कुमारी ( ईशा ) गुरुंग , जन सम्पर्क समिति सभापति सुबास गुरूंग ,जन प्रगतिशिल मंच उपाध्यक्ष मनिस गुरूंग , राप्रपा अध्यक्ष अनिल थापा ,रास्वपाका प्रकाश कार्की लगायत अतिथी हुनुहुन्थ्यो । युरोपका भिभिन्न देशहरु लगायत र बेल्जियममा स्थापित बिभिन्न जातीय, क्षेत्रिय, बैचारिक, सामाजिक संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधिको आतिथ्यतामा संपन्न औपचारिक कार्यक्रममा अतिथि, बिशेष अतिथिहरू, सम्पूर्ण संघ सस्थाका अध्यक्ष ,प्रतिनिधिहरुलाई मगरहरूको फेटा खादा र ब्याज़द्वारा सम्मान गरिएको थियो l

 

मगरहरुको पितृ पूजा गरी शुभ आरम्भ कार्यक्रम मगरहरुको प्रचलन धनुषवाण हानी पाहुनाहरुले मनोरंजन लिनु भएको थियो । साथै विश्व मगर संघ बेल्जियमकी सचिव सुश्री सुशीला रोका मगरको संचालनमा सस्थाका सल्लाहकार टोइना आलेद्वारा स्वागत मन्तब्य् साथै प्रमुख अतिथि ,बिशेष अतिथि,अतिथिहरुले आफ्नो शुभ कामना मन्तब्य् दिनु भएको थियो l विश्व मगर संघ बेल्जियमका अध्यक्ष लोक राना मगरद्वारा औपचारिक् कार्यक्रम समापन संगै दोस्रो चरणको सांस्कृतिक कार्यक्रममा स्थानीय कलाकार गायीका पानु रोका मगर ,तारा पुन मगर र गजीन जुग्जाली मगरद्वारा विभिन्न लोक गीत सालैजो भाकामा गीतहरुद्वारा आआफनो प्रस्तुतिहरु दिनु भएको थियो ।

 

साउण्ड सिस्टममा DJ मिन पुन मगर फोटो, भिड़ियो , फेसबुक लाइभको लागि तेस्रो आँखा ( Third Eye) का रामचन्द्र थापाले साथ दिनु भएको थियो । कार्यक्रम समापन पश्चात बिभिन्न लोक दोहोरी भाकामा सालैजो गीतहरुबाट नाचगान गरी भरपुर मनोरन्जन लिएको थियो l समय अनुकुल, कार्य ब्यस्थता, बिविन्न परिस्थितिको बावजुट पनि सम्पूर्ण दाजु भाई तथा दिदी बहिनीहरु,पॉहुनाहरुको बाक्लो उपस्थिती रहेको थियो l

Please follow and like us: