एनआरएनएद्वारा ब्लड मोबाइल बस हस्तान्तरण

नयाँ कुरा,१८ जनवरी ,बिहिबार , विराटनगर

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बिहीवार संघको सहयोगमा ब्लड मोबाइल बस सुनसरी जिल्ला शाखाद्धारा रक्तसंचार सेवा केन्द्र धरानको लागि हस्तान्तरण गरेको छ ।

 

संघले ७० लाख रुपैयाको लागतमा खरिद गरिएको सो बसलाई संघका अध्यक्ष डा. बद्री केसी र कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले रेडक्रस सोसाइटी सुनसरीका अध्यक्ष उमेश थापालाई सामुहिक हस्तान्तरण गरेका हुन् ।

 

बुधबार गरिएको बस हस्तान्तरण कार्यक्रममा पूर्व सांसद मीना सुव्वा, प्रदेश सांसद रामप्रसाद मेहता, यशोदा कायस्थ, भिम पराजुली, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, रेडक्रस सोसाईटीका उपमहामन्त्री मनोज कुमार थापा, नेपाली कांग्रेसका नेता राजीव कोइराला लगायत संघका केन्द्रीय पदाधिकारीहरु, प्रदेश सांसद, राजनीतिक दलहरुका प्रतिनिधिहरु, धरान उपमहानगरपाललिकाका जनप्रतिनिधिहरु, सरकारी तथा गैर सरकारी निकायका प्रमुखहरु तथा सुरक्षा निकायका प्रमुखको विषेश उपस्थिति थियो ।

संघले यस अघी भरतपुर महानगरपालिका ,गण्डकी प्रदेश ,मा बलड मोबाइल बस सन्चालन गरी सकेको छ ।

संघले सातै प्रदेशमा बस हस्तान्तरण गर्दै जाने सस्ठापक प्रोजेक्टर संघका प्रबक्ता फडिण्द्र पन्तले जनाउनु भएको छ ।

Please follow and like us: