नेपाल फण्ड फाउन्डेशन नेदर्ल्याण्डसको चौथो अधिवेशन बाट राजेन्द्र कुमार शर्मा अध्यक्ष

नयाँ कुरा ,१४ जनवरी ,आईतबार

नेपाल फण्ड फाउन्डेशन नेदर्ल्याण्डको आईतबार सम्पन्न चौथो अधिवेशनले राजेन्द्र कुमार शर्माको नेत्रित्वमा कार्यसमिती घोषणा गरेको छ ।

 

शर्मा स्याङ्जा जील्लाको चापाकोट जन्मथलो भई देश तथा बिदेशमा रहेका सामाजिक संघ सस्था साथै अन्तरराष्ट्रिय स्याङ्जा सहयोग समाजका उपाध्याक्ष, जनसमर्क समिती नेदर्ल्याण्डका पुर्व महासचिव र नेपाल म्युजिक फाउण्देशानका महासचिव समेत रही काम गरेको अनुभब रहेको छ ।


नबनिर्वाचित शर्माले नेपाल र नेदर्ल्याण्डको मैत्री सम्बधलाई अझ जनमैत्री तथा प्रभावकारी बनाउन सबै संघ सस्थाहरु सँग सहकार्य गर्दै नेपालमा शिक्षा,स्वास्थ्यका क्षेत्रमा बिशेष सहयोग तथा नेपाली कला र सस्कृतिको प्रचार प्रसार , जगेर्ना , प्रबर्धनमा काम गर्ने बताउनु भयो ।

फाउण्देशनको उपाध्यक्षमा साबु पौडेल, महासचिवमा भेषराज काफ्ले र सदस्यहरूमा रमेश श्रेष्ठ र अम्रिता टन्डन सर्बसहमत निर्वाचित भएका छन ।

नेदर्ल्याण्डस सरकारबाट च्यारिटीको लाइसन्स (ANBI) प्राप्त परोपकारी संस्था भएकाले मुलुकको आपतकालिन अवस्थामा राहत वितरण देखि पुनर्निमाणका कार्यहरु पनि फाउण्देशानले गर्दै आएको छ ।

फाण्डेशनको स्थापनाकाल देखिनै नेपाल बिकास प्रतिष्ठानसँग सहकार्य गर्दै सम्रिद्ध नेपालमा इट्टा थप साथै महिला तथा पीडित वर्गहरुलाई हेल्प गरि उनिहरुको जीवनस्तरको अभिव्रिद्धी गर्दै आएको छ ।

Please follow and like us: