जनसम्पर्क समिति नेदरल्याण्डसले ४८औ राष्ट्रिय मेलमिलाप तथा भेटघाट कार्यक्रम समपन्न

नयाँ कुरा,बिहिबार,११ जनवरी ,

 

जनसम्पर्क समिति नेदरल्याण्डसले ४८औ राष्ट्रिय मेलमिलाप दिवसको सन्दर्भ पारेर नेदरल्यान्ड्सको राजधानी आमस्ट्रडममा बुधवार कार्यक्रम गरेको छ ।

नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्रि कमलेश कुमार शर्मा संग चियापान , अन्तरक्रिया तथा परिचयात्मक कार्यक्रम गरेको थियो ।

भेटघाट कार्यक्रम संघका अध्यक्ष शालिक गौतम को अध्यक्षता तथा नेपली कांग्रेसका नेता तथा पूर्व मन्त्रि कमलेश कुमार शर्माको प्रमुख अतिथ्य रहेको थियो ।
कार्यक्रम जनसम्पर्क समितिका सस्थापक अध्यक्ष नारायण आचार्य, पूर्व अध्यक्षहरु मनोहरि शर्मा, उत्तम कंडेल, एन आर एन सस्थापक अध्यक्ष शशि पौडेल , आर एन आइ सी सी सदस्य मिम पुर्जा, एन आर एन उपाध्यक्ष सिता क्षेत्री लगायत कार्यसमितिका सस्थापक सदस्यहरु , बर्तमान सदस्यहरु लगाएत कार्यसमिति का महामन्त्री द्वय शान्ति ठोक्कर र जितेन्द्र श्रेष्ठ र जनसम्पर्कसमिति संग आबद्द महानुभाब हरुको बाक्लो उपस्थिति रहेको थियो।

छोटो समय सुचनाका बाबजुत पनि समय मिलाएर कार्यक्रम मा उपस्थिति जनाई कार्यक्रम सफल बनाइ दिनु भएकोमा सम्पूर्ण उपस्थिति व्यक्तित्वहरुप्रति जनसम्पर्क समिति नेदरल्यान्ड्स हार्दिक आभार प्रकट गरेको छ ।

जनसमपर्क समितीले पूर्व मन्त्री राष्ट्रको अभिभाबक बिदेशी भुमिमा आउँदा सबै संघ सस्था तथा भात्री संघहरुलाई खबर नगरि यस पटक पनि एक दर्जन ब्यक्तीहरुकै हुलमा कार्यक्रमहरु गर्नुले  धेरै कृयाशिल सदस्यहरुको ध्यान केन्द्रित गरेको छ ।

Please follow and like us: