नेपाली राजदूतावास ब्रसेल्सको राहदानी घुम्टी टोली आमस्ट्रडम आउँदै

 

 

नयाँ कुरा ,५ अक्टोबर बिहीवार , आमस्ट्रडम,

नेपाली राजदूतावास ब्रसेल्स देखि राहदानी घुम्टी टोली १० अक्टोबर २०२३ मंगलबार   नेपाली कन्सुलरको आमस्ट्रडम कार्यालयमा आउने भएको छ ।

नेपाली नयां राहदानी लिन वा पुरानो MRP नविकरण गर्नु पर्ने नेदरल्याण्डसमा बसोवास गर्ने नेपाली नागरिकहरुले नेपाल सरकारले तोकेको नियम अनुसार राहदानीको अनलाईन फर्म भरेर (Biometrics) फोटो को लागी निम्न स्थान, मिति र समयमा समपर्क गर्न सकिने भएको छ ।

नेदरल्याण्डसमा रहेका नेपालीहरुलाई राहदानी नाबालक परिचय पत्र ,वारीस नामा लागाएतका कागजात एकै ठाउमा सेवा दिने उद्देशयले गैर आवासीय नेपाली संघ नेदरल्याण्डको पहलमा राजादुताबासको घुम्टी टोली आमस्ट्रडम आउन लागेको हो ।

राहदानी फारम भर्दा अपलोड गर्नुपर्ने कागजातहरु :-

१. हाल भैरहेको राहदानीको अगाड़ी र पछाडीको Scan Copy
२. नागरिकताको अगाडी पछाडीको Scan Copy
३. ID card
४. १६ बर्ष मुनिका बालबालिकाको हकमा नाबालक परिचय पत्र। नाबालक राहदानीको लागी आमा / बुवाको नागरिकता समेत Upload गर्नुपर्नेछ।
५. फारम भर्ने क्रममा Book Your Appointment मा क्लिक गरेर NE Brussels अप्सन छानेर उपलव्ध कुनै पनि मिति छनौट गर्नु होला। १० अक्टोवर अघिको मिति नपाउन सकिन्छ तसर्थ अन्य कुनै पनि मिति छनौट गर्नु होला।
६. राहदानी फाराम भरि सकेपछि डाउनलोड गरेर डाउनलोड गरेको फारम, पुरानो राहदानी र नागरिकताको कपि mofapassport015@gmail.com मा इमेल गर्नु पर्नेछ। इमेलको Subject मा : Amsterdam + आफ्नो पुरा नाम लेख्नु पर्ने छ ।

Note: राहदानीको फारम अनिवार्य रुपमा ७ अक्टोवर भित्रमा अनलाइन भरिसक्नु पर्नेछ।

राहदानी शुल्क विवरण:-
– नयां राहदानी वा राहदानी नवीकरण (३४ पेज): युरो १२०
– हराएको, च्यात्तिएको वा नष्ट भएको राहदानीको सट्टामा नयां राहदानी (३४ पेज): युरो २४०
– नावालकको राहदानी: ६० युरो
पिन मेशिन नहुने भएकोले, शुल्क नगद लिएर आउनु पर्ने छ।

घुम्टि टोली आउने स्थान, मिति र समय:-

– स्थान: CONSULATE OFFICE OF NEPAL IN AMSTERDAM
Herengracht 562, 1017 CH Amsterdam

– मिति: १० अक्टोबर २०२३
– समय: १०:०० -१६:०० बजे

राहदानीको लागी अनलाइन फाराम भर्ने लिंक:-

Passport

आवाश्यक   सम्पर्क नम्बर- ०६८३७१०२३९

 

Please follow and like us: