डा.बद्री केसीले एनआरएनए ११औ महाधिबेशनका लागि अध्यक्ष पदमा पुन उम्मेद्दवारी घोषणा

नयाँ कुरा ,बुधबार ,राजधानी ,४ अक्टुबर ,

गैरआवासीय नेपाली संघको अध्यक्षमा डाक्टर बद्री केसी ( एनआरएनए) मा उम्मेद्बारी घोषणासँग आफुलाई विजयी बनाउन आग्रह गरेका छन् ।
आज काठमाडौंमा आयोजित घोषणा सभामा आफ्नो समुहको प्रतिबद्धता प्रस्तुत गर्दै डाक्टर केसीले संघ यो अवस्थासम्म आउन विभिन्न उतार चढाव पारगरेको बताउँदै अवको आवश्यकता संघ भित्र ”सम्बृद्धि र रुपान्तरण” नै रहेको बताए।

अध्यक्ष केसीले आफु विगतमा संघ भित्र रहेर नेपाल र प्रवासी नेपालीको सम्वृद्धि र अधिकारका लागि निरन्तर आवाज उठाउँदै आएको बताउँदै अझै केहि अधुराकामहरुलाई सम्पन्न गर्न आफु अध्यक्ष पदको उम्मेदवार बनेका बताए ।

अध्यक्ष केसीले बिनाशकारी महाभूकम्पले गरेको क्षती न्युनिकरणका लागि भूकम्पको केन्द्र बिन्दु रहेको गोरखाको बार्पाकमा भूकम्प पिडितहरुको घर निर्माण, कोभिडको महामारीको समयमा नेपालमा औषधी लगायत अक्सिजन प्लाण्ट, मध्यपूर्वमा बैदेशिक रोजगारी क्रममा गएका नेपालीहरुको लागि सेल्टरको व्यवस्था र घर फर्काउन अन्तर्राष्ट्रिय श्रम संगठनसंग गरेको सम्झौता र कोषाध्यक्ष भएपछि संघको आर्थिक संरचना र अवस्थालाई बलियो बनाएको स्मरण गर्दै संघ मित्र अझै धेरै काम गर्नु पर्ने आवश्यकता महशुस गरी तल्लो स्तरबाटै नेतृत्वको लागि अनुरोध आएपछि अन्तिम नामावली प्रकाशन भैसकेको अवस्थामा आफुले उम्मेदवारी दिएको जानकारी दिए ।

उनले विगतमा सदस्यता बनाउने प्रकृया देखि नै संघ भित्र विभन्न त्रुटीहरु भएकोले आफुहरुले सदस्यता प्राप्ति र निर्वाचनका लागि फेस भेरिफिकेशनलाई अनिवार्य बनाएको बताए । उनले भने विगतका बषएमा संस्था नटुक्रियोस भनेरै संघ भित्रको अर्को पक्षसंग सहमति गरेको र उक्त सहमतिका लागि आफु प्रतिबद्ध भएको जानकारी दिए ।

केसीले संघ भित्र महिला र युवाहरुको सहभागिता र सक्रियता अझै बढोस भन्ने हेतुले मनोनयन शुल्कमा ७५ प्रतिशत रकम छुट दिएको बताउनु भयो ।
केसीले आफुहरुले २० बर्ष देखि उठाएको नागरिकताको बिषयले सार्थकता पाएको बताउनु भयो । उनले संघले बंशजको आधारमा नागरिकता पाउने र मतदानको अधिकार पनि पाउनु पर्ने भएकोले यस तर्फ आफु निरन्तर लाग्ने बताउए ।

डाक्टर केसीले आफ्नो समूहको प्रतिबद्धा सुनाउदै अमेरिक, रुस, भारत लगायतका देशहरुको कल्चर सेन्टर भएको तर धर्म संस्कृतिले भरिपूर्ण देश नेपाल र नेपालीहरुको कुनै पनि देशमा यस्ता केन्द्रहरु नभएको अवस्थामा संघले नेपाली कल्चर सेन्टर निर्माणका लागि पहल गर्ने बताए ।

त्यस्तै उनले नेपाल बाहिर बिशिष्ठ ज्ञान र सीप भएका प्रबुद्ध बर्ग रहेकोमा उहाँहरुको उक्त ज्ञान र सीपलाई नेपालसंग जोड्ने योजना आफुहरुको रहेको बताए ।

त्यस्तै कोभिड पछि नेपालको पर्यटन क्षेत्र कमजोर बनेको अवस्था र सरकारले दशलाख पर्यटक नेपाल भित्त्राउने योजना बनाएकोमा प्रवासी नेपालीहरुको सन्ततिहरुलाई बिदा मनाउन नेपाल जाने वातावरण निर्माण्का लागि संघले पहल गर्ने र यस्तो कार्यक्रमबाट लाखौ पर्यटक नेपालमा लग्न सफल हुने र यस्ले नेपालको पर्यटन क्षेत्र पुनः माथि उठ्ने बताए ।

डाक्टर केसीले प्रवासमा भएका नेपाली खेलप्रेमी बालबालिकाहरुलाई नेपाली खेलकुदसंग जोड्न बिशेष पहल गर्ने बताउँदै गैरआवासीय नेपाली संघलाई डायस्पोरा संस्थाको रुपमा संयुक्त राष्ट्र संघमा दर्ता गर्ने पनि जानकारी दिए ।

त्यस्तै नेपाल र नेपालीको सम्बृद्धिका लागि एनआरएनए फाण्डेशनको निर्माण गरी प्रवासमा रहेका सबै नेपालीहरुले लगानी गर्न सक्ने वातावरण तयारगरी देशको आर्थिक विकास र सम्वृद्धिका लागि काम गर्ने जानकारी दिए भने प्रायः जसो कार्यक्रममा चन्दा सहयोग आदि लिने गरेकोमा यस्तो परिस्थितीको अन्त्यका लागि च्यारिटि निर्माण गरी आवश्यक सहयोग गर्ने जानकारी दिए ।

एक फरक प्रशंगमा अध्यक्ष केसीले एनआरएनएलाई चुनावमुखीमात्र नवनाई जिम्मेवारमुखी बनाउनु पर्ने बताए ।
संघको ११ औ अन्तरराष्ट्रिय महाधिबेशन आगामी अक्टोवर १७ देखि २० सम्म काठमाण्डौमा हुदैछ भने तालिका अनुसार १९ मा संसारभरीबाट चुनिएका ४ हजार २०० जना महाधिबेशन प्रतिनिधिहरुले अनलाईन भोट खसाल्ने छन् ।
अध्यक्ष पदका लागि डाक्टर केसी, महेशकुमार श्रेष्ठ, राजेन्द्रकुमार शर्मा र रविना थापाले उम्मेदवारी घोषणा गरेपनी एनआरएनए मतदाताहरुको छनोट प्रतिनिधि तथा समाबेशी टिम देखिएको छ ।

Please follow and like us: