अन्तराष्ट्रिय नेपाली कलाकार समाज नेदरल्याण्डसको छैठौं महाअधिवेशन बाट डम्बर कोईराला निर्वाचित

नयाँ कुरा,सोमबार,२ अक्टुबर,आमस्ट्रडम,

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज नेदरल्याण्डसको छैठौं महाअधिवेशन आईताबर आमस्ट्रडममा समपन्न भएको छ । १ अक्टुबर २०२३ को दिन ग्लोबल इनासका अध्यक्ष पुष्प बरुवालको प्रमूख अतिथीमा नयाँ कार्यसमिती घोषणा भएको छ ।

इनास ग्लोबलका सल्लाहाकार डिपी शर्मा मैनालीको समयोजकमा रहेको निर्वाचन समितिले नेदरल्याण्डसमा रहेका नेपाली कलाकारिता क्षेत्रमा रुचि तथा लामो समय देखी कला क्षेत्रमा काम गर्नु भएका कलाकारहरु सँग को ब्यापाक छलफल पछी सर्ब सहमतीमा कार्यसमिती घोषणा गरिएको हो ।

निर्वाचन सभामा बिशेष अतिथी गैर-आवासीय नेपाली संघ नेदरल्याण्डसका अध्यक्ष थानेश्वर कँडेल ,कलाकार क्षेत्र लाई माया गर्ने नेदरल्याण्डसमा रहेका सामाजिक संघ सस्थाहरु बिधार्थी ,ब्यबसायी तथा पत्रकार महासँघ युरोप शाखाका महासचिब दोर्ण रिजालको उपस्ठिती रहेको थियो ।

एन आर एन ए नेदरल्याण्डसका अध्यक्ष थानेस्वर कंडेलले बिदेशमा रहदै गर्दा इनास नेदरल्यण्डसले नेपाली कला सस्कृति भेषभुषा लाई बिभिन्न माध्ययम बाट नेपालको पर्यटन प्रबर्धनमा पुर्‍याएको अतुलनिय भूमिकाको प्रसम्शा गर्दै बिदेशमा जन्मिएका नेपाली बालबलिकाहरु लाई धेरै भन्दा धेरै नेपाल सँग जोडन निर्वाचित कार्यसमितीलाई अबसर साथै चुनौती प्राप्त भएको बताउनु भएको छ ।

निर्वाचन समितिले नेदरल्याण्डसमा लामो समय देखी इनास नेदर्ल्याण्डसका शुभचिन्तक , बिभिन्न सामाजिक संघ सस्थामा सकृय अभियान्ता , कलाकारिता क्षेत्रमा लामो समय देखी नेपालमा रहदा तथा नेदरल्याण्डसमा बिभिन्न सामाजिक अभियान्ताको राय सल्लाहनुसार डम्बर कोइरालाको नेत्रित्वमा २०२३-२०२५ कार्यकालको लागि नयाँ कार्यसमिति चयन भएको छ ।

महाधिबेशन बाट डम्बर कोइराला- अध्यक्ष, महेश टण्ड-,वरिष्ठ उपाध्यक्ष, प्रकाश गिरी-उपाध्यक्ष,हरि गौतम-महासचिव, एडविन नेम्वाङ्ग-सचिव,प्रतिभा ढुङ्गाना- कोषाध्यक्ष ,कविना खड्का – सदस्य ,निर्मोहन घोरासैनी- सदस्य घोषणा गरिएको हो ।

समितिमा बिधानले तोकेको थप अन्य सदस्य, संरक्षक तथा सल्लाकार समितिको पहिलो बैठकबाट नियुक्त गरिने बताईएको छ ।

निर्वाचित कार्यसमितीले थानेश्वर कंडेल-सल्लाहकार , द्रोण रिजाल-सल्लाहकार एवं मिडिया संयोजक, चन्दना खड्का-संरक्षक, सरिता हुमागाई- ग्लोबल प्रतिनिधि चयन गरेको छ ।

नब निर्वाचित अध्यक्ष डम्बर कोईरालाले नेदरल्याण्डसका बिभिन्न सँग सस्थाहरुसँग मिलेर नेपाली कला सस्कृति भेषभुषा लाई प्रबर्धन तथा बिदेशमा हुर्किएका बाल बालिकाहरु सँग मिली इनास नेदरल्याण्डसले नेपाल को पर्यटन प्रबर्धनमा काम गर्ने हाम्रा समबाददाता सँग बताउनु भएको छ ।

Please follow and like us: